काठमाडौं,२३ माघ । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको करिव सवा २ अर्ब रकम नरोक्न अन्तरिम आदेश दिएको छ ।

Advertisement

राष्ट्र बैंकले गरेको रोक्का फुकुवाको माग गर्दै सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम आइतबार सर्वोच्च गएको थियो ।

मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले उद्योगमा लगाउन विदेशबाट ल्याएको ऋण नरोक्न भनेको अधिवक्ता रामनारायण विडारीले जानकारी दिए ।

रकम रोक्का गर्ने कानुनी आधार र कारण नभएको तथा उद्योगलाई क्षति पुगेको सर्वोच्चको ठहर छ ।

सर्वोच्चले फागुन २ गते दुबै पक्षलाई बोलाएको छ भने विपिक्षीलाई लिखित जवाफ पेश गर्न भनेको छ ।

राष्ट्र बैंकले युवराज खतिवडा गभर्नर हुँदा नै सुमार्गी र उनी संलग्न कम्पनीको नाममा आएको ३ अर्ब बढी रकमको स्रोत खुल्न नसकेको भन्दै रोक्का गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!