पाथीभरा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गरिने
काठमाडौँ, २२ माघ । ताप्लेजुङस्थित पाथीभरा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गरिने भएको छ ।
आगामी फागुन १ देखि ३ गतेसम्म हुने पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथनको राष्ट्रपतिबाट उद्घाटन हुँदैछ । महोत्सवमा कृषि उत्पादन, औद्योगिक हस्तकला तथा शिल्पकला, खाद्य परिकार उत्सव, सांस्कृतिक कार्यक्रम, प्याराग्लाइडिङ, भलिबल प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।
...




























