स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

रत्ननगर,२६ पुस । मुग्लिन मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ग१ख ५७३१ नंको ट्रकले सोही दिशामा हिँडिरहेको बा१ख ५५५० नंको प्रगति पाठशालाको स्कुल बसलाई पछाडिबाट ठक्कर ...
ओपो एसियाली बजारमा उत्कृष्ट ब्राण्ड

ओपो एसियाली बजारमा उत्कृष्ट ब्राण्ड

काठमाडौं,२६ पुस । ओपो ब्राण्डले एसियाली बजारमा १५ प्रतिशत बजार हिस्सा ओगट्दै उत्कृष्ट स्थान हात पार्न सफल भएको छ । ओपोले भिभो, सियाओमी, सामसुङ र हुआवे लगायत स्मार्टफोन निर्मातालाई पछि पार्दै अग्रणी स्थान हात पार्न सफल भएको हो । प्राविधिक मार्केट रिचर्स फर्म काउण्टरपोइन्टले आफ्नो नयाँ प्रतिवेदनमा उल्लेख गरे अनुसार ओपोलाई पछ्याउँदै १३ प्रतिशत बजार हिस्सा सहित भिभो दोस्रो स्थानमा रहेको छ भने १२ प्...
अबको दुइ साता भित्रै एकता : ओली

अबको दुइ साता भित्रै एकता : ओली

काठमाडौं,२६ पुस । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओबादी केन्द्रसँग दुइसाताभित्रै एकता हुने बताएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक जानुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकताको काम तिव्र रुपमा अघि बढीरहको बताए । दुई पार्टीको एकताबाट केहि शक्तिहरु अत्तालिएको र गठबन्धन टुटाउन धेरैतिरबाट षड्यन्त्र भइरहेको आरोप लगाउदै अध्यक...
अलैँचीका समस्या समाधान गर्न किसानको माग

अलैँचीका समस्या समाधान गर्न किसानको माग

तेह्रथुम,२६ पुस। जिल्लाका किसानले अलैँची खेतीको समस्या समाधान गरिदिन माग गरेका छन् । अलैँची खेतीमा थुप्रै सम्भावनासँगै समस्यासमेत रहेको भन्दै तिनको व्यवस्थापन गर्न एउटा छुट्टै स्वायत्त निकाय बनाइनुपर्ने किसानको माग छ । जिल्लाका किसान, व्यवसायी र सरोकारवालाबीच विश्व परिदृश्य वकालत मञ्चले गरेको अन्तक्र्रियामा सहभागीले अलैँची खेतीका समस्या समाधानका लागि अलैँची विकास बोर्ड गठन गरिनुपर्ने माग गरेका ह...
निसासिएर दुई बालिकाको मृत्यु

निसासिएर दुई बालिकाको मृत्यु

इटहरी,२६ पुस। इटहरी उपमहानगरपालिका–६ स्थित नेपाः भवन नजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका एक दम्पतीका दुई बच्चा निसासिएर गएराति मृत्यु भएको छ । अत्यधिक जाडोका कारण डेर घरको कोठामा दाउरा र भुसको आगो बालेर ढोका थुनी सुतेको अवस्थामा आलम मिया, उनका श्रीमती र दुई छोरी निसासिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई विराटनगर अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा आलमका दु...
सवारी साधन भाडामा लिई ठगी गर्ने दुईजना पक्राउ

सवारी साधन भाडामा लिई ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ, २५ पुस।  विभिन्न व्यक्तिको सवारी साधन भाडामा लिएर सोबापतको भाडा नबुझाउने दुई जना पक्राउ परेका छन् ।  सो घटनामा संलग्न काठमाडौं तारकेश्वरका शिवहरि कार्की र बालाजु माछापोखरीका दिनेश कार्की भन्ने दिनेश सार्कीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । काठमाडौं पेप्सीकोलामा रहेको ‘रामभोले भेइकल सप्लायर्स’को नाममा उनीहरुले तीन विभिन्न व्यक्तिबाट प्रतिसवारी साधन रु एक लाख प...
म बैंककबाट फर्किएपछि पार्टी एकताले गति पाउँछः ओली

म बैंककबाट फर्किएपछि पार्टी एकताले गति पाउँछः ओली

काठमाडौं,२६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएका छन् । बैंकक उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, स्वास्थ्यमा कुनै समस्या छैन । तर, किड्नी ट्रान्सप्लान्ट गरेका मान्छे भएकाले चिकित्सकहरुको सल्लाह अनुसार जान लागेको हुँ ।’ केहीले एमाले र माओवादीको पार्टी एकता भाड्ने प्रयास गरेको भन्दै ओलीले त्यो असफ...
धनकुटामा आज पनि चक्काजाम

धनकुटामा आज पनि चक्काजाम

धनकुटा, २६ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आज पनि एक घण्टा चक्काजाम गरिएको छ । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड स्थित धनकुटाको जिरोपईन्टमा मध्यान्ह १२ देखि १ बजेसम्म चक्काजाम गरिएको हो । चक्काजामका कारण दर्जनौ सवारी साधन रोकिएका थिए । यसअघि हिजो पनि १ घण्टा चक्काजाम गरेर प्रादेशिक राजधानी घोषणाको माग गरिएको थियो । राजधानी बनाउँन माग गर्दै धनकुटाबासीले २७ दिनयता निरन...
ओली र प्रचण्डको निर्देशनलगत्तै कार्यदलले लियो तत्काल यस्तो निर्णय

ओली र प्रचण्डको निर्देशनलगत्तै कार्यदलले लियो तत्काल यस्तो निर्णय

भक्तपुर, २६ पुस । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम शुरु गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि भोलिबाटै कार्यदलले काम शुरु गर्ने भएको हो । ओली निवास...
यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्छः उपराष्ट्रपति

यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्छः उपराष्ट्रपति

हेटौँडा, २६ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले यातायात क्षेत्रलाई समयसापेक्ष, प्रविधियुक्त र व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।  नारायणी यातायात व्यवसायी संघको ३१ औँ वार्षिक साधारणसभाको आज हेटैँडामा उद्घाटन गर्दै उनले भने, “यातायात क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्न नीतिगत सुधारको खाँचो छ ।” उपराष्ट्रपति पुनले मुलुकको राजस्वमा १० प्रतिशत योगदान पुर्याइरहेको यो क्षेत्रको विकास र...
झापामा महिला नेतृको निधन

झापामा महिला नेतृको निधन

बनियानी,२६ पुस। झापाको महिला जागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेतृ कुन्तीदेवी बुढाथोकीको आज निधन भएको छ । आज बिहान निजी निवास भद्रपुर–८ मा ८८ वर्षको उमेरमा उनको निधन भएको हो । स्व.बुढाथोकीले बहुदल आएपछि झापामा महिला जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्थानीय पत्रकार गोपाल गिरीले जानकारी दिए । “झापाली महिलामा जागरण ल्याउन उहाँको महत्वपूर्ण भूमिका रहेको छ”, गिरीले भन...
पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु

पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु

पोखरा,२६ पुस। राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा उद्योग वाणिज्य संघको हलमा २३ औँ पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ ।  नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघको संयुक्त  आयोजनामा हुने सो प्रतियोगिता तीन दिनसम्म चल्नेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा २८ जिल्लाका गरी १८२ पुरुष तथा महिलाको प्रतियोगितामा सहभागिता रहेको छ ।...
ठूलो परिमाणमा गाँजासहित दुई भारतीय नागरिक पक्राउ

ठूलो परिमाणमा गाँजासहित दुई भारतीय नागरिक पक्राउ

रत्ननगर,२६ पुस । भरतपुरबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ । गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकसमेत पक्राउ गरिएको जिल्ला प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।  मंगलबार प्रहरी सहायक निरीक्षक अक्षयकुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडा नं ९ गोन्द्राङमा गाडीभित्र जाँच गर्दा ८६ किलो ४७० ग्राम गाँजा बरामद गरेको हो । चितवनबाट वीरगञ्ज हुँदै भारत जान लागेको जेएच...
नगरपालिकाको अकर्मण्यताले सधैँ दुर्गन्धित मेलम्ची

नगरपालिकाको अकर्मण्यताले सधैँ दुर्गन्धित मेलम्ची

मेलम्ची,२६ पुस। सिन्धुपाल्चोक जिल्लाको मुख्य बजारका रुपमा चिनिँदै आएको मेलम्ची बजारबाट संकलित फोहरमैलाको उचित व्यवस्थापन नहुँदा बजारमा निकै दुर्गन्ध फैलन थालेको छ । मेलम्ची नगरपालिकाका १३ वटा वडामै फोहर उठाउन न नगरपालिका पुगेको छ न कुनै सामाजिक संस्थाले नै चासो दिएका छन् । घर तथा होटल सञ्चालनबाट संकलित भएको फोहरको व्यस्थापन नभएकै कारण धेरै समस्या भोग्नु परेको स्थानीयले गुनासो गर्न थालेका छन् । ...
रोल्पामा मादक पदार्थ सेवनले मृत्यु र हिंसाका घटना बढे

रोल्पामा मादक पदार्थ सेवनले मृत्यु र हिंसाका घटना बढे

रोल्पा,२६ पुस । रोल्पामा मादक पदार्थ सेवनले वर्षेनी थुप्रै मानिसको ज्यान जानुका साथै घरेलु हिंसाका घटना समेत बढिरहेका छन् । जिल्लामा मादकपदार्थ सेवनपश्चात लडेर मर्नेको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । २०७२ सालमा यसरी मृत्यु हुनेको संख्या ३४ जना रहेको थियो । मादक पदार्थ सेवनकै कारण विभिन्न घटनामा परी २०७३ सालमा २९ जनाको मृत्युभएको थियो । चालु वर्षको मंसिर मसान्तसम्म यो संख्या १५ जना रहेको ज...
विद्यालयलाई रु तीन लाख सहयोग

विद्यालयलाई रु तीन लाख सहयोग

पाल्पा,२६ पुस।  जनशान्ति माध्यमिक विद्यालय, रामपुर नगरपालिका–९, पाल्पालाई रु तीन लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ । ब्रिटिस गोर्खा संस्थाले विद्यालयको फर्निचर खरिदका लागि सो रकम सहयोग गरेको हो । विद्यालयमा फर्निचरको अभावमा पठनपाठनमा केही समस्या परेपछि ब्रिटिस गोर्खा संस्थाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर चौहान र प्रधानाध्यापक ढकबहादुर सिंजालीलाइ फर्निचर खरिदका लागि सो र...
छोरी जन्मिए अब एक हजार भत्ता

छोरी जन्मिए अब एक हजार भत्ता

बैतडी,२६ पुस। बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको छ ।  नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४ सय दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको हो । छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता...
ट्रकमा ठोक्किएर मोटरसाइकल चालक महर्जनको मृत्यु

ट्रकमा ठोक्किएर मोटरसाइकल चालक महर्जनको मृत्यु

काठमाडौँ,२६ पुस । रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।  गएराति ११ः४५ बजे काठमाडौँको टेकुमा रोकी राखेको ना५ख १६४३ नंको ट्रकमा बा३०प ६११९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा मोटरसाइकल चलाउँदै गर्दा ट्रकमा ठोक्किएर मृत्यु भएको जा...
दोस्रो चौमासिकको तलब नपाउँदा जुम्लाका शिक्षक मर्कामा

दोस्रो चौमासिकको तलब नपाउँदा जुम्लाका शिक्षक मर्कामा

जुम्ला, २६ पुस। यहाँको कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले दोस्रो चौमासिकको तलब भत्ता खान पाएका छैनन् । गाउँपालिकाले शिक्षकको तलबको स्रोत जुटाउन नसकेकाले तलब खान नपाएका हुन् । दोस्रो चौमासिकको तलब भत्ता खान नपाउँदा शिक्षकले आफू मर्कामा परेको बताएका छन् । वर्षेनी दोस्रो चौमासिक तलब भत्ता पुसको दोस्रो साताभित्र खाएर घर व्यवहार चलाउँदै आएको तर यो वर्ष गाउँपालिकाले झण्डै फागुनतिर पाउने भनेपछि...
विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू

विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू

काठमाडौं, २६ पुस । वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् । विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ...
मानव बेचबिखन आरोपमा होटल सञ्चालक पक्राउ

मानव बेचबिखन आरोपमा होटल सञ्चालक पक्राउ

भद्रपुर,२६  पुस। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ। सञ्चालकले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र निजले कमाएको रु चार लाख रुपैयाँ पनि सञ्चालकले नै राखी, नदिएका कारण ती युवतीले प्रहरीलाई जानका...
ट्रम्प प्रशासनको निर्णय अदालतले उल्टायो, ८ लाख युवा आप्रवासी देश निकालाबाट बचे

ट्रम्प प्रशासनको निर्णय अदालतले उल्टायो, ८ लाख युवा आप्रवासी देश निकालाबाट बचे

  काठमाडौं, २६ पुस । युवा आप्रवासीहरुलाई देशनिकालाबाट जोगाउने एउटा कार्यक्रम अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णयलाई संघीय अदालतले अस्थायी रुपमा उल्टाइदिएको छ । क्यालिफोर्निया र अन्यवादीहरुले डीएसीए कार्यक्रम अन्त्य गर्नबाट राष्ट्रपति ट्रम्पलाई रोक्न अनुरोध गर्दै हालेको रिट निवेदनमाथि न्यायाधीश विलियम एल्सुपले यस्तो आदेश दिएका हुन् । डीएसीएको पक्षमा रहेका वकिल...
प्रहरीविरुद्ध मानव अधिकार आयोगमा अनेरास्ववियुकाे उजुरी

प्रहरीविरुद्ध मानव अधिकार आयोगमा अनेरास्ववियुकाे उजुरी

काठमाडौं, २६ पुस। शान्तिपूर्ण जुलुसमा अत्यधिक बल प्रयोग गरी प्रहरीले आफ्ना नेता-कार्यकर्तालाई घाइते बनाएको भन्दै अनेरास्ववियुले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ । दुई डिएसपी र एक निरीक्षकका विरुद्ध अनेरास्ववियुले उजुरी दिएको हो । अखिलका सचिव आरसी लामिछानेका अनुसार महानगरीय प्रहरी दरबारमार्ग वृत प्रमुख डिएसपी तिलक भारती र इन्स्पेकटर निशान थापा, महानगरीय परिसर कमलपोखरी वृत्तका डिएसपी कु...
चटपटे र पानीपुरीमा भेटियो हानिकारक तेल

चटपटे र पानीपुरीमा भेटियो हानिकारक तेल

काठमाडौं, २६ पुस । यदि तपाईंले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नु भएको छ भने सावधान रहनु होला । किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गर्ने गरेको पाइएको छ ।आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला पारेको हो । विभागका शाखा अधिकृत दिपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोली...
उच्च अदालत भएको ठाउँमा प्रदेश कार्यालय खोल्ने तयारी

उच्च अदालत भएको ठाउँमा प्रदेश कार्यालय खोल्ने तयारी

काठमाडौं, २६ पुस । सरकार प्रदेशको अस्थायी मुकाम नभनी राजधानीका लागि सम्भावित स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने गृहकार्यमा जुटेको छ । सातवटै प्रदेश प्रमुखको कार्यालय राजधानीमा तोक्ने तयारीबाट पछि हटेर सरकार नयाँ विकल्पमा जुटेको हो । सरकारले उच्च अदालत रहेका स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने तयारी गरेको छ । यसअघि सर्वदलीय बैठकमा एमाले र माओवादी केन्द्रले अस्थायी मुकाम तोक्नेबारे सुझ...
व्यापार घाटा दैनिक दुई अर्ब ६६ करोड

व्यापार घाटा दैनिक दुई अर्ब ६६ करोड

काठमाडौं, २६ पुस । वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना (साउन-मंसिर)को तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो। गत वर्षको सोही अवधिमा दैनिक व्यापार घाटा दुई अर्ब ३४ करोड थियो। चालु आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा तीन खर्ब ९८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यही समयम...
२०७४ पुस २६ गते बुधबारको राशिफल

२०७४ पुस २६ गते बुधबारको राशिफल

वि.सं. २०७४ साल पुस २६ गते। बुधबार। इश्वी सन् २०१८ जनवरी १० तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– नवमी, २१:०९ बजेउप्रान्त दशमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र ...
नयाँ दिल्ली प्रस्थान गर्न लागेको प्रबुद्ध समूहलाई प्रधानमन्त्री देउवाको निर्देशन

नयाँ दिल्ली प्रस्थान गर्न लागेको प्रबुद्ध समूहलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ, २५ पुस।  प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र जनताको हितमा रहेर अघि बढ्न प्रबुद्ध व्यक्तिहरूको समूहलाई निर्देशन दिएका छन् ।  नेपाल–भारतबीचको समग्र सन्धि, सम्झौता र सहमति पुनवरालोकन गर्न गठित उक्त समूहका नेपाली सदस्यहरूसँग आज भएको भेटमा उनले भने, “देश र जनताको हितमा तपाइँहरूले अघि बढाउने काममा हाम्रो सहयोग र साथ रहनेछ ।” नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूहको छैटौँ बैठक आगामी बिहीब...
एमाले – माओवादी बैठकः प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन

एमाले – माओवादी बैठकः प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन

काठमाडौं, २५ पुस । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले राष्ट्रियसभा र प्रदेश सरकार गठनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । तर, एकतापछि सरकार र पार्टीको नेतृत्व लगायतका विषयमा कुनै सहमति भएको छैन । प्रदेश र प्रतिनिधिसभा चुनावपछि एमाले र माओवादीको एकता संयोजन समितिको बस्न सकेका थिएन । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासम बालकोटमा मंगलबार बसेको तीन घन्टा भन्दा बढी चलेको थियो । ब...
भारत लैजाँदै गरेका २० बालकको  यसरी भयो उद्धार

भारत लैजाँदै गरेका २० बालकको यसरी भयो उद्धार

जुम्ला, २५ पुस । तिला गाउँपालिकास्थित कुडारी प्रहरी चौकी जुम्लाले भारत लैजाँदै गरेका २० जना बालकको आज दिउँसो उद्धार गरेको छ ।  उद्धार गरिएका सबै बालक जुम्ला पातारासी गाउँपालिका ७ र ८ हुरी, महरी, पेरे र तल्फी गाउँका रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त प्रहरी नायब उपरीक्षक चुडामणि पुनले जानकारी दिए । यता कुडारी प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक हिरालाल बस्नेतले नेपालगन्ज जाँदै गर...
खोटाङको भिरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण

खोटाङको भिरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण

खोटाङ, २५ पुस । खोटाङको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ गाउँपालिकामा गरिएको प्याराग्लाइडिङको परीक्षण सफल भएको छ । पर्यटन प्रवद्र्धन गरी गाउँमै स्वरोजगारको वातावरण सिर्जना गर्ने उद्देश्यले दिप्रुङ गाउँपालिकाले आज बतासेको भिरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेको हो । भिरचुङ्माडाँडाबाट उडेको प्याराग्लाइडर बतासेकै सुनकोशी किनारमा रहेको सानो भँडारेघाटमा झार्ने गरी प्याराग्लाइडिङको परीक्षण...
error: Content is protected !!