आज ६८ औँ राष्ट्रिय  प्रजातन्त्र दिवस मनाइँदै

आज ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौँ, ७ फागुन । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्...
प्रम ओलीद्वारा प्रजातन्त्र दिवसको शुभकामना

प्रम ओलीद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन ...
राष्ट्रपतिद्वारा जनादेशअनुरुप आर्थिक समृद्धि र सुशासनको कामना

राष्ट्रपतिद्वारा जनादेशअनुरुप आर्थिक समृद्धि र सुशासनको कामना

काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले हालै भएका विभिन्न चरणमा सम्पन्न निर्वाचनमार्फत प्राप्त जनादेशअनुरुप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ । प्रजातन्त्र दिवस–२०७४ का अवसरमा आज उहाँले दिनुभएको शुभकामना सन्देशमा भनिएको छ, “हामीले प्राप्त गरेका उपलब्धिको मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगा...
२०७४ फागुन ७ गते सोमबारको राशिफल

२०७४ फागुन ७ गते सोमबारको राशिफल

वि.सं. २०७४ साल फागुन ७ गते। सोमबार। इश्वी सन् २०१८ फेब्रुवरी १९ तारिख। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– चतुर्थी, २७:४३ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। काममा हस्तक्षेप गर्नेहर...
इटहरी क्यान इन्फोटेक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने

इटहरी क्यान इन्फोटेक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने

इटहरी, ६ फागुन । सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुन गइरहेको प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने भएको छ । विश्वभर प्रयोगमा ल्याईएका सूचना प्रविधिका अत्याधुनिक प्रविधिहरूका विषयमा सर्वसाधारण उपभोक्ता लगायत विद्यार्थीइहरुलाई सूचना प्रविधिका विषयमा जानकारी दिने उद्देश्यले सञ्चालन हुन लागेको मेलामा बिश्वकै सबैभन्दा सानो मोबाइल प्रदर्शनीमा राखिन...
शर्मा प्रदेश नम्बर ४ को उपसभामुखमा निर्वाचित

शर्मा प्रदेश नम्बर ४ को उपसभामुखमा निर्वाचित

काठमाडौं, ६ फागुन ।  प्रदेश ४ को उपसभामुख चयनका लागि भएको निर्वाचनमा सिर्जना शर्मा विजयी भएकी छिन् । उपसभामुख चयनका लागि आइतबार भएको निर्वाचनमा एमाले सांसद सिर्जना शर्माको पक्षमा ३८ मत र विपक्षमा १८ मत परेको थियो । बाम गठबन्धनको भागबण्डा अनुसार एमालेको भागमा उपसभामुख परेको थियो । माओवादी केन्द्रको समेत समर्थनमा शर्मा प्रदेशको पहिलो उपसभामुख बन्न सफल भइन। एमाले प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल मह...
वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ– नेता खनाल

वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ– नेता खनाल

काठमाडौँ, ६ फागुन ।  नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य चक्रपाणि खनालले दुई वाम पार्टीबीच जनताको बहुदलीय जनवाद र जनयुद्धको समिश्रणबाट नयाँ दर्शन विकास गर्न लागिएकाले पार्टी एकतामा केही ढिलाइ भएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले एकीकृत पार्टीलाई दीर्घकालसम्म बलियो बनाउने उद्देश्यले दवै पार्टीका अध्यक्षबीच छलफल भइरहेको जानकारी दिनुभयो । छलफल त...
होटल क्षेत्रमा आठ अर्ब बराबरको लगानी

होटल क्षेत्रमा आठ अर्ब बराबरको लगानी

काठमाडौँ, ६ फागुन । लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा रु आठ अर्ब बराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रुपमा रहेको होटलमा लगानी गर्नेको संख्यासँगै लगानीको मात्रा समेत बढेको हो । सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकाँक्षी लक्ष्य अगाडि सारेर सेवा क्षेत्रमा लगानीको मात्रा बढाउन गरेको सहज व्यवस्थाका कारण नयाँ व्यवसायी समे...
अन्तर्राष्ट्रिय कृषि मेलामा १० करोडको कारोवार

अन्तर्राष्ट्रिय कृषि मेलामा १० करोडको कारोवार

काठमाडौँ, ६ फागुन ।  झण्डै ४३ हजार व्यक्तिले अवलोकन गर्दै दोस्रो अन्तर्राष्ट्रिय कृषि मेला राज्धानीको भृकुटीमण्डपमा आज सम्पन्न भएको छ । नेपाल, भारत, बंगलादेश, मलेसिया, चीन, इजराइल, इटली, जर्मनी, बेल्जियम, नेदरल्याण्डसलगायत मुलुकका विभिन्न व्यवसायीले सञ्चालन गरेको प्रदर्शनीकक्ष प्रदर्शनीमा राखिएको थियो । कृषिको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरणलाई जोड दिने उद्देश्यले बिहीबारदेखि शुरु भए...
इरानमा भएको विमान दुर्घटनामा ६६ जनाको मृत्यु

इरानमा भएको विमान दुर्घटनामा ६६ जनाको मृत्यु

तेहरान, ६ फागुन ।  इरानको जाग्रोस पहाडी क्षेत्रमा आइतबार भएको यात्रुबहाक विमान दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्सका सार्वजनिक सम्वन्ध निर्देशक मोहम्मद ताबाताबाइले जानकारी दिनुभयो । जाग्रोस पहाडी क्षेत्रमा रहेको डेना पहाडमा विमान दुर्घटना भएको हो । घटनास्थल यासुज देखि २३ किलोमिटर र राजधानी देखि ५०० किलोमि...
जिल्ला सदरमुकामसँग यातायात जोडिने

जिल्ला सदरमुकामसँग यातायात जोडिने

हेटौँडा, ६ फागुन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौँडाबाट तेह्र जिल्लाको सदरमुकाम जोड्ने बाटो निर्माण मुख्य प्राथमिकतामा पर्ने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिकाको दोस्रो नगरसभा बैठकलाई आज सम्बोधन गर्दै खानेपानी, स्वास्थ्योपचार, जडीबुटी खेती र पर्यटन विकासका लागि उच्च प्राथमिकता दिइने बताउनुभयो । नगरसभामा बैठकमा उपमहानगरपालिका प्रमुख हरिब...
विद्युतीय मतदानको व्यवस्था गर्न सुझाव

विद्युतीय मतदानको व्यवस्था गर्न सुझाव

तेह्रथुम, ६ फागुन । आगामी दिनमा हुने निर्वाचनमा विद्युतीय मतदानकोे व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिइएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले आगामी दिनमा बदर मतको संख्या घटाउनका लागि विद्युतीय मतदान हुनुपर्ने बताउनुभयो । विसं २०१५ मा पहिलो संसदीय निर्वाचन शुरु भएको दिन फागुन ७ गतेलाई निर्वाचन आयोगल...
उपाध्यक्ष वाग्लेद्वारा राजीनामाको घोषणा

उपाध्यक्ष वाग्लेद्वारा राजीनामाको घोषणा

काठमाडौँ, ६ फागुन ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने आशयका साथ उपाध्यक्षबाट आज राजीनामा गर्ने घोषणा गर्नुभएको छ । आफ्नो छमहिने कार्यकालमा आयोगले सञ्चालन गरेका विकास निर्माणका कार्यक्रम तथा नीतिगत विषयबारे जानकारी दिँदै उहाँले पत्रकारमाझ भन्नुभयो, “प्रधानमन्त्रीज्यूलाई आज भेटेर पदबाट राजीनामा दिने जानकारी गराउँछु । नयाँ सरकार...
धनकुटामा महापुराणबाट १२ लाख संकलन

धनकुटामा महापुराणबाट १२ लाख संकलन

धनकुटा, ६ फागुन ।  एकल महिला समुह धनकुटाले सञ्चालन गरेको महापुराणबाट १२ लाख रकम संकलन भएको छ । असाहय, अन्याय, जोखिम र विपतमा परेका एकल महिला र बालबालिकालाई सहयोग गर्ने अवसर कोष स्थापनार्थ सञ्चालित महापुराणबाट सो रकम संकलन भएको हो । धनकुटामा आज पत्रकार सम्मेलन गरी महापुराणको आयव्याय सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा प्रतिवेदन प्रस्तुत गर्दै एकल महिला समुहकी अध्यक्ष मिना राईले महापुराणबाट ...
एफबिआइको अनुसन्धान एकपक्षीय भयो– राष्ट्रपति ट्रम्प

एफबिआइको अनुसन्धान एकपक्षीय भयो– राष्ट्रपति ट्रम्प

वासिङ्टन, ६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेपका विषयमा अमेरिकी संघीय अनुसन्धान ब्युरो, एफबिआइले गरेको अनुसन्धान एकपक्षीय भएको बताउनुभएको छ । सो चुनावमा राष्ट्रपति ट्रम्पको पक्षमा जनमत बनाउने काममा रुसी नागरिक र केही संस्थाकै हात रहेको आरोप उक्त ब्युरोले लगाएको थियो । संयुक्त राज्य अमेरिकामा यस विषयमा विशेष अनुस...
लुमन्तिद्वारा ३८१ आवास निर्माण

लुमन्तिद्वारा ३८१ आवास निर्माण

रसुवा, ६ फागुन ।  भूकम्पपछि यहाँ एक गैरसरकारी संस्थाले ३२१ वटा आवासको निर्माण सम्पन्न गरेको छ । उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार लुमन्ति नामक गैससले उत्तरगयाको लहरेपौवा तथा ढुंगे क्षेत्रमा १५५ आवास निर्माण सम्पन्न गरेको हो । यसैगरी, आवास निर्माणका लागि सहयोगी समूह लुमन्तिले कालिका गापाको इटपारे, धारापानी र कटुन्जे गाउँ क्षेत्रमा २२६ वटा भूकम्प प्रभावितका लागि आवास निर्माण...
सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

रामपुर, पाल्पा, ६ फागुन ।  कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ । सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै विभिन्न पेशा, व्यवसाय, रोजगार छाडेर गाईपालनमा लागेका हुन् । कृषकको आम्दानी उकास्न र ...
उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ

उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ

गाईघाट, उदयपुर, ६ फागुन । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । बेलका नगरपालिकाअन्तर्गत कोशी टप्पु क्षेत्र र सप्तकोशी क्षेत्रलाई व्यापक रुपमा बोटिङ र प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यका साथ पहिलो पटक प्याराग्लाइडिङ परीक्षण गरिएको बेलका नगरपालिका...
जिउ भन्दा टाउको ठुलो: नोबेलले निःशुल्क अप्रेशन गरी बचाईदियो ज्यान (भिडियाे रिपाेर्ट)

जिउ भन्दा टाउको ठुलो: नोबेलले निःशुल्क अप्रेशन गरी बचाईदियो ज्यान (भिडियाे रिपाेर्ट)

विराटनगर, ६ फागुन । दुई बर्षअघि जन्मिएकी छोरीको टाउको अस्वभाविक रुपमा ठुलो हुँदै गएपछि चिन्तित बनेका झापा दमकका सुवास कुमार चौधरीको परिवारमा अहिले पुनः खुशी फर्किएको छ । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले दुई बर्षीया बालिका पवित्रा चौधरीको टाउकोको शल्यक्रिया निःशुल्क गरेपछि चौधरी परिवारमा दुई बर्षपछि पुनः खुशी फर्किएको हो । दयनीय आर्थिक अवस्थाका चौधरीलाई छोरीको उपचार कसरी गर्ने ...
विपन्न समुदायका १५ घरधुरीलाई घर निर्माण

विपन्न समुदायका १५ घरधुरीलाई घर निर्माण

नवलपरासी, ६ फागुन । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका लागि घर निर्माण गरिएको छ । कावासोती नगरपालिका र डब्लुडब्लुएफको संयुक्त आर्थिक लगानीमा अति विपन्न र वन्यजन्तुबाट पीडित हुनाका साथै आफ्नो जीविकोपार्जन गर्न समेत नसक्ने अवस्थाका विपन्न मुसहर समुदायका १५ परिवारका लागि घर निर्माण गरिएको हो । नगरपालिकाका तर्फबाट गरिब विपन्न आव...
एकै व्यक्तिलाई चार पटकसम्मको फाँसी सजाय

एकै व्यक्तिलाई चार पटकसम्मको फाँसी सजाय

लाहोर, पाकिस्तान, ६ फागुन । पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ । सो अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको थियो । एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसी दिइएको थियो । इम्रान अलि नामक २४ वर्षीय यी व्यक्तिले छ वर्षीया एक बालिकालाई बलात्कार गर्नुका साथै उनको हत्या गरेका थिए । शहरको पूर्वी भागमा छ वर्षीया जाइनाब फतिमा नाम गरेकी ती बा...
भारतीय प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच भेटवार्ता, नौ वटा सम्झौता

भारतीय प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच भेटवार्ता, नौ वटा सम्झौता

नयाँदिल्ली,  ६ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानका राष्ट्रपति हसन रुहानीबीच शनिबार भेटवार्ता भएको छ । भारत भ्रमणमा रहनुभएका इरानी राष्ट्रपतिसँग मोदीले दुईपक्षीय हित र आपसी सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो । उहाँहरुबीचको वार्ता ऊर्जा, व्यापार र अन्य विभिन्न विषयमा केन्द्रित भएको अधिकारीहरुले जानकारी दिएका छन् । चाबहारमा बन्दरगाह स्थापना गर्ने विषयलगायत भारत र इरानबीच नौ...
इलाममा अढाई लाख मानिसलाइ हात्तीपाइलेको औषधि खुवाइने

इलाममा अढाई लाख मानिसलाइ हात्तीपाइलेको औषधि खुवाइने

इलाम, ६ फागुन । इलाममा यो वर्ष अढाई लाख बढी जनसंख्यालाई हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने भएको छ । जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले दुई वर्षदेखि माथि ७० वर्षसम्मका दुई लाख ६६ हजार ८३३ जनालाई फागुन १२ देखि १४ गतेसम्म हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउन लागिएको जानकारी गराउनुभयो । हात्तीपाइले रोगलाई नेपालबाटै उन्मूलन गर्ने उद्देश्यले विगत छ वर्षदेखि सञ्चालन भइरहेको हात्तीपाइले रोगविरूद...
तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

बेनी, म्याग्दी ६ फागुन ।  म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक/शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ । प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दी नदीको किनारमा रहेको सो कुण्डमा बिरामीले स्नान गरे वापत लिइने शुल्कले शिक्षकको तलब, भौतिक पूर्वाधारलगायत विभिन्न शैक्षिक गतिविधिमा खर्च गर्ने गरिएको हो । समुदायको सक्रियतामा स्थापना भएक...
लागुऔषधसहित तीन जना पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ

राजविराज, ६ फागुन । ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उनीहरुका साथबाट स्पासमा पाइभन २४०, नाइट्रोशन–टेन १४०, नाट्रभल...
अध्यक्ष दाहाल संसदीय दलका नेतामा निर्वाचित

अध्यक्ष दाहाल संसदीय दलका नेतामा निर्वाचित

काठमाडौँ, ६ फागुन । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ । माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले राससलाई जानकारी दिनुभयो । बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने र पार्टी एकता तथा सरकारमा हुने सह...
मेडिकल कलेज सरकारले नै चलाउने योजना

मेडिकल कलेज सरकारले नै चलाउने योजना

काठमाडौं, ६ फागुन । वाम गठबन्धनको सरकारले सरकारी अस्पताललाई नै मेडिकल कलेज सञ्चालनको अनुमति दिने योजना अघि सार्ने भएको छ । एमाले र माओवादी सम्मिलित कार्यदलले सरकारले गर्नुपर्ने तत्कालिन र दीर्घकालीन कामको सन्दर्भमा मेडिकल कलेज सरकारले नै चलाउनुपर्ने सुझाव तयार पारेको छ । पार्टी एकता संयोजन समितिले एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले वाम गठबन...
ऐन नहुँदा प्रदेश सुरक्षाको योजनै बनेन

ऐन नहुँदा प्रदेश सुरक्षाको योजनै बनेन

काठमाडौं, ६ फागुन । संघीय संरचनाअनुरूप प्रदेश सरकार गठन भइसक्दा पनी  पनि त्यहाँको गृह प्रशासन सञ्चालन र आन्तरिक सुरक्षा योजना बन्न सकेको छैन । स्थानीय प्रशासन ऐन र संघीय प्रहरी ऐन नबन्दा नीतिगत अन्योल देखा परेको हो । गृह मन्त्रालयको प्रस्ट निर्देशन नहुँदा प्रदेशको आन्तरिक मामिला (गृह प्रशासन) हाँक्ने जिम्मेवारी पाएका सहसचिवहरूको भूमिकासमेत प्रभावकारी हुन सकेको छैन । प्रदेशहरूमा मन्त्रिपरिष...
विषादीयुक्त भारतीय तरकारी परीक्षणबिनै खुलेआम भित्रदै

विषादीयुक्त भारतीय तरकारी परीक्षणबिनै खुलेआम भित्रदै

काठमाडौं, ६ फागुन । नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ । मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री–वितरण भइरहेको  छ । अत्यधिक परिमाणमा भेटिएको विषादी र आर्सेनिकयुक्त तरकारी–फलफूलको नियमित सेवनले बाँझोपन, क्यान्सर, ट्युमर, मिर्...
नेविसंघलाई चलायमान बनाउनुपर्ने निर्णय

नेविसंघलाई चलायमान बनाउनुपर्ने निर्णय

विराटनगर, ६ फागुन । नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुुदृढ बनाउनुपर्ने निर्णय गर्दै प्रदेश नं. १ स्तरीय नेविसंघको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । भातृ संगठन कमजोर भएका कारण नेपाली काँग्रेसले निर्वाचनमा हार व्योहर्नुु परेकाले भातृसंघ संगठनका भावना बुुझ्ने नेतृत्व आवश्यक रहेको सहभागीहरुको भनाई छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, गुुरुराज घिमिरे तथा नेविसंघका ...
स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या

स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या

तेह्रथुम, ६ फागुन । स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । तेह्रथुममा रहेका छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि सरकारी कारोबार गर्न स्वीकृति छैन । सरकारी कारोबार गर्ने बैंक नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्र...
error: Content is protected !!