रसुवा, ६ फागुन ।  भूकम्पपछि यहाँ एक गैरसरकारी संस्थाले ३२१ वटा आवासको निर्माण सम्पन्न गरेको छ ।

उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार लुमन्ति नामक गैससले उत्तरगयाको लहरेपौवा तथा ढुंगे क्षेत्रमा १५५ आवास निर्माण सम्पन्न गरेको हो ।

Advertisement

यसैगरी, आवास निर्माणका लागि सहयोगी समूह लुमन्तिले कालिका गापाको इटपारे, धारापानी र कटुन्जे गाउँ क्षेत्रमा २२६ वटा भूकम्प प्रभावितका लागि आवास निर्माण गरिदिएको कालिका गापाका अध्यक्ष सीता अधिकारीले बताउनुभयो ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको सहमति र नेदरल्याण्ड्सको कोराड नामक संस्थाको आर्थिक सहयोगअन्तर्गत रु १२ करोड २१ लाखको लागतमा ३८१ वटा आवास निर्माण गरी संस्था रसुवा जिल्लाबाट बाहिरिएको लुमन्तिका परियोजना संयोजक प्रवेश खनालले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय तहलाई विपद् व्यवस्थापनअन्तर्गत रु ९२ लाख ५६ हजार र सहकारी संस्थालाई सहयोगस्वरुप रु नौ लाख ९३ हजार आर्थिक सहयोग समेत प्रदान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!