हेटौँडा, ६ फागुन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौँडाबाट तेह्र जिल्लाको सदरमुकाम जोड्ने बाटो निर्माण मुख्य प्राथमिकतामा पर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिकाको दोस्रो नगरसभा बैठकलाई आज सम्बोधन गर्दै खानेपानी, स्वास्थ्योपचार, जडीबुटी खेती र पर्यटन विकासका लागि उच्च प्राथमिकता दिइने बताउनुभयो ।

Advertisement

नगरसभामा बैठकमा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत र उपप्रमुख मीना लामाले उपमहानगरका १९ वडामा सडक निर्माण, खानेपानी, स्वास्थ्योपचार, कृषि, सडक, कृषि उत्पादन, वातावरणमा सुधारका लागि भइरहेका कामको विवरण प्रस्तुत गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!