- ईश्वर थापा/संगालोखबर

धनकुटा, ६ फागुन ।  एकल महिला समुह धनकुटाले सञ्चालन गरेको महापुराणबाट १२ लाख रकम संकलन भएको छ ।

Advertisement

असाहय, अन्याय, जोखिम र विपतमा परेका एकल महिला र बालबालिकालाई सहयोग गर्ने अवसर कोष स्थापनार्थ सञ्चालित महापुराणबाट सो रकम संकलन भएको हो ।

धनकुटामा आज पत्रकार सम्मेलन गरी महापुराणको आयव्याय सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा प्रतिवेदन प्रस्तुत गर्दै एकल महिला समुहकी अध्यक्ष मिना राईले महापुराणबाट १२ लाख १ हजार ३ सय ९९ रकम संकलन भएको र ४ लाख ७७ हजार ८ सय ४१ रुपैया खर्च भएको जानकारी दिईन् ।

उनका अनुसार २ लाख २५ हजार ८ सय ७० रुपैया दाताहरुबाट संकलन गर्न बाँकी छ । प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले पनि ५ लाख रकम दिने प्रतिबद्घता जनाएका छन् ।

अवसर कोषको रकम २० लाख पुर्याउने लक्ष्य रहेको अध्यक्ष राईले बताईन् । गत माघ २४ देखि फागुन ४ गतेसम्म महापुराण सञ्चालन गरिएको थियो । महापुराणमा सहयोग गर्नेहरुलाई पत्रकार सम्मेलनमा सम्मान गरिएको छ ।

हरेक बर्ष पत्रकारलाई पुरस्कृत गरिने

एकल महिला समुह धनकुटाले हरेक बर्ष एक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । एकल महिला दिवसको अवसर पारेर हरेक बर्ष असार ९ गते पत्रकारलाई नगदसहित पुरस्कृत गरिने एकल महिला समुहले जनाएको छ ।

थप तस्विरहरु…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!