बालुवाटारमा वाम गठबन्धनका नेताको बैठक सुुरु, आजै एकता घोषणा हुनसक्ने

बालुवाटारमा वाम गठबन्धनका नेताको बैठक सुुरु, आजै एकता घोषणा हुनसक्ने

काठमाडौं, ७ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बैठक साँझ ७ बजेदेखि बस्ने भनिए पनि राति ८ बज्नलाग्दा सुरु भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित संयोजन समितिको बैठकले आजै एकताको घोषणा गर्ने बताइएको छ। बैठकमा एमालेका तर्फबाट वरिष्ठ नेताद्वय माधव ...
प्रदेश सरकार समावेशी बन्न नसकेको गुनासो

प्रदेश सरकार समावेशी बन्न नसकेको गुनासो

सुर्खेत, ७ फागुन ।  प्रदेश नं ६ का सांसदले प्रदेश सरकार समावेशी नभएको गुनासो गरेका छन् । समावेशीको कुरा गर्ने वाम गठबन्धनको सरकार बने पनि समावेशी बन्न नसकेको सांसदले आरोप लगाएका छन् । सो प्रदेशमा गठन भएको प्रदेश सरकारका लागि नेकपा (एमाले)ले चार र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्रीसहित तीन मन्त्री पाएका छन् । माओवादी केन्द्रले आफूले पाएको भूमि व्यवस्थापन र कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी...
भूकम्पछि वल्र्डभिजनको ४१ करोड खर्च

भूकम्पछि वल्र्डभिजनको ४१ करोड खर्च

नुवाकोट, ७ फागुन । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वल्र्डभिजन इन्टरनेशनलले भूकम्प प्रतिकार्यका लागि जिल्ल्लामा रु ४० करोड ९४ लाख १४ हजार खर्च गरेको छ । विसं २०७२ वैशाखको भूकम्पपछि भूकम्प प्रतिकार्यका लागि आएको अन्तरराष्ट्रिय गैरसरकारी संस्था वल्र्डभिजनले जिल्लामा स्वास्थ्य, जीविकोपार्जन, सरसफाइ, खानेपानी, बालसंरक्षण तथा शिक्षा क्षेत्रमा काम गर्दै आएको वल्र्डभिजनका जिल्ला प्रबन्धन मानवीर विश्वकर्...
भोजपुर नगरपालिकाका मेयरद्धारा आफ्नो कुरा रेकर्ड नगर्न चेतावनी

भोजपुर नगरपालिकाका मेयरद्धारा आफ्नो कुरा रेकर्ड नगर्न चेतावनी

भोजपुर, ७ फागुन । भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले सार्वजनिक कार्यक्रममा वोल्ने क्रममा सञ्चारकर्मीलाई आफ्नो आवाज रेकर्ड नगर्न चेतावनी दिएका छन् । सोमवार प्रजातन्त्र दिवसको अवसरमा भोजपुरको सहिद पार्कमा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा वोल्ने क्रममा आफुले व्यावहारिक कुरा गर्ने भन्दै सञ्चार माध्यमले राखेका रेकर्डर हटाएका हुन् । कार्यक्रममा वोल्ने क्रममा आफुले वोलेका कुरा रेकर्ड नगर्न ...
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमति, आजै हस्ताक्षर हुनसक्ने

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमति, आजै हस्ताक्षर हुनसक्ने

काठमाडौं,७ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमति जुटेको छ । नेताहरुका अनुसार आजै सहमतिमा हस्ताक्षर हुनसक्छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको  वार्तामा पार्टी एकताको सहमति जुटेको हो । स्रोतका अनुसार दुई नेताबीच पार्टीको नाम, नेतृत्व र बैचारिक राजनीतिक विषयमा सहमति जुटेको छ । पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ भने ओली र प...
नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही तीन लाख दिने

नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही तीन लाख दिने

काठमाडौं, ७ फागुन ।  विश्वकप छनोट खेलमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ३ लाख दिने भएको छ। क्रिकेट टोलीको सम्मानमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी र प्रशिक्षकलाई ३/३ लाख दिने घोषणा गरे। यस्तै खेलाडीहरुलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि १/१ लाख रुयैयाँ दिने भएको छ। नामिवियामा भर्खरै सम्पन्न विश्व क्रिकेट लिग ...
पार्टी एकताको निर्णय सम्भवतः आजै: माधव नेपाल

पार्टी एकताको निर्णय सम्भवतः आजै: माधव नेपाल

काठमाडौं, ७ फागुन ।  एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब राष्ट्र राजनीतिक विकास एवं समृद्धिको पथमा अघि बढेको बताएका छन् । प्रेस चौतारी नेपालले रौतहटको गौरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समृद्धिको नेतृत्व पनि एमालेले गर्ने जिकिर गरे । पूर्वप्रधानमन्त्री नेपालले एमाले र माओवादी केन्द्रबीच सहकार्यको छलफल अन्तिम चरणमा पुगेकाले छिटै एकीकरण हुने दाबी गरे । उनले एकीकरणको जिम्मा दुवै प...
आलोपालो गरेर प्रधानमन्त्री बनाउन हुन्न: नेता नेपाल

आलोपालो गरेर प्रधानमन्त्री बनाउन हुन्न: नेता नेपाल

गौर, रौतहट, ७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताउनुभएको छ । पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उहाँले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताउनुभएको हो । रौतहटको गौरमा आफ्...
मालदिभ्स्मा संकटकाल लम्ब्याउन राष्ट्रपतिको आग्रह

मालदिभ्स्मा संकटकाल लम्ब्याउन राष्ट्रपतिको आग्रह

माले, ७ फागुन । मालदिभ्स्का राष्ट्रपति अब्दुल्ला यामिनले सोमबार यहाँको संसद्लाई देशमा लगाइएको संकटकालको समयावधि लम्ब्याउनको लागि अनुरोध गर्नुभएको छ । मालदिभ्स्मा जारी राजनीतिक संकटकालीन अवस्था थप १५ दिन लम्ब्याउन उहाँले आग्रह गर्नुभएको हो । मालदिभ्स्मा गत फेबु्रअरी ५ देखि संकटकाल लागू भएको थियो । यही फेब्रुअरी १ मा मालदिभ्स्को सर्वाेच्च अदालतले यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीलाई रिहा गर्न...
छुर्पीको मूल्यमा कमी आएपछि किसान चिन्तित

छुर्पीको मूल्यमा कमी आएपछि किसान चिन्तित

मंगलबारे, इलाम, ७ फागुन । जिल्लामा विगत केही महिनायता छुर्पीको मूल्यमा कमी आएपछि किसान मारमा परेका छन् । जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्यमा कमी आएपछि मारमा परेका हुन् । प्रतिमहिना तीन टन छुर्पी बाहिर निर्यात हुने गरेको भए पनि हाल त्यसमा कमी अएको व्यवसायीको भनाइ छ । विगतमा व्यवसायीलाई माग पूरा गर्न धौ धौ पर्ने गरेको थियो । व...
जलविद्युत्मा विदेशी विनिमय सुविधासम्बन्धी निर्देशिका कार्यान्वयनमा

जलविद्युत्मा विदेशी विनिमय सुविधासम्बन्धी निर्देशिका कार्यान्वयनमा

काठमाडौँ, ७ फागुन ।  सरकारले विद्युत् आयोजनाका काम गर्न आउने परामर्शदाता, विदेशी प्राविधिक तथा प्रवद्र्धकलाई विदेशी विनिमय सुविधा सिफारिसलाई व्यवस्थित र नियमित गर्न ‘विद्युत् आयोजनाका लागि विदेशी विनिमय सुविधा सिफारिससम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयनमा ल्याएको छ । ऊर्जा मन्त्रालयले गत माघको अन्तिम सातादेखि उक्त कार्ययोजना कार्यान्वयनमा ल्याएको हो । मुलुकमा निर्माणाधीन र निर्माणका क्रममा आउन ...
विश्वकप क्रिकेट छनोट खेल: नेपाली क्रिकेट टोलीको घोषणा

विश्वकप क्रिकेट छनोट खेल: नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, ७ फागुन ।  जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो । घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल का...
जनताको अधिकारका लागि शहीदको बलिदानी: मुख्यमन्त्री भट्ट

जनताको अधिकारका लागि शहीदको बलिदानी: मुख्यमन्त्री भट्ट

कैलाली, ७ फागुन ।  प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको अधिकारका लागि शहीदले बलिदानी दिएको बताउनुभएको छ । सोमबार ६८औँ प्रजातन्त्र दिवसको अवसर पारेर धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अधिकारका लागि गरेका विभिन्न आन्दोलन र संघर्ष जनताको अधिकार प्राप्तिका लागि रहेको बताउनुभयो । उहाँले शहीदको सपनालाई पूरा गर्नका लागि मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनका दिशामा अगाड...
चितवनमा अर्का वडाध्यक्ष अधिकारीको पनि मृत्यु, फरार चालक पक्राउ

चितवनमा अर्का वडाध्यक्ष अधिकारीको पनि मृत्यु, फरार चालक पक्राउ

रत्ननगर, चितवन, ७ फागुन । चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको आज उपचारका क्रममा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान १०ः१५ बजे खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । गएराति ८ः३० बजे भएको सो दुर्घटनामा परी स...
पूर्वमा मिटरब्याजविरुद्ध सीआईबीको अप्रेशन, पक्राउ परे ८ व्यवसायी

पूर्वमा मिटरब्याजविरुद्ध सीआईबीको अप्रेशन, पक्राउ परे ८ व्यवसायी

काठमाडौं, ७ फागुन ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वको विभिन्न ठाउँमा नेपाल राष्ट्रिय बैंक तथा सहकारी विभागबाट अनुमति समेत नलिइ चर्को ब्याजदरमा ऋण प्रवाह गर्ने विरुद्ध अप्रेशन चलाएको छ । प्रदेश नं. १ को क्षेत्रीय अनुसन्धान टोली (आरआईटी) सँगको सहकार्यमा सीआईबीले चलाएको अप्रेशनको क्रममा ८ जना व्यवसायी पक्राउ परेका छन् । वित्तिय कानुन विपरित कार्य गरेको आरोपमा उनीहरु पक्राउ परे...
कपिलवस्तुमा बुद्धपथ निर्माण गरिने

कपिलवस्तुमा बुद्धपथ निर्माण गरिने

कपिलवस्तु, ७ फागुन ।  कपिलवस्तु नगरपालिकाले स्थानीय बौद्ध सम्पदालाई समेटेर बुद्धपथ निर्माण गर्ने भएको छ । प्रथम चरणमा तिलौराकोट, कुदान, गोटिहवा, निगालिकोटलगायत सम्पदाको संरक्षण तथा व्यवस्थापन गरी पथको सञ्जाल जोड्ने योजना नगरपालिकाको छ । तिलौराकोटदेखि गोबरी, सेमरी हुँदै लक्ष्मीनगरको मार्ग, कुदानदेखि गोटिहवा हँुदै चौबीस हजारी र गोटिहवादेखि छोट्की तौलिहवा हुँदै बर्दहवाको मार्गलाई स्तरोन्नति गरी...
वैदेशिक रोजगारसम्बन्धी तालीम सेन्टर सञ्चालनमा

वैदेशिक रोजगारसम्बन्धी तालीम सेन्टर सञ्चालनमा

सुनसरी, ७ फागुन । वैदेशिक रोजगार तथा स्वरोजगार बजारलाई दक्ष जनशक्ति दिने उद्देश्यले सुनसरीको इटहरीमा अञ्जली ग्रुपद्वारा प्रवद्र्धित अञ्जली टेक्निकल इष्टिच्यूटको शाखा सञ्चालनमा ल्याइएको छ । झापाको बिर्तामोडमा मुख्य कार्यलय रहेको इष्टिच्यूटले यसअघि राजधानी काठमाडौँमा शाखा सञ्चालनमा ल्याइसकेको छ । अञ्जली अस्पताल, पास इन्टरनेसनल प्रालि, अञ्जली ओभरसिज, मेचीकाली टाभल्स एण्ड टुर्स, अञ्जली एड एजेन्स...
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ: प्रम ओली

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ: प्रम ओली

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ । तीन...
धनकुटामा पनि मनाइयो प्रजातन्त्र दिवस

धनकुटामा पनि मनाइयो प्रजातन्त्र दिवस

धनकुटा, ७ फागुन । धनकुटामा पनि बिभिन्न कार्यक्रम गरेर ६८ औं प्रजातन्त्र दिवस मनाईएको छ । प्रजातन्त्र दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसरमा सोमबार प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरिएको छ । भीमनारायण चोकदेखि सुरु भएको प्रभातफेरी भीमसेन थान, परिचय मोड, चुवाको बोट, मदन चौक हुँदै त्रिवेणी माविको प्राङ्गणमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । कार...
अठसट्ठिऔँ प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक

अठसट्ठिऔँ प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक

काठमाडौँ, ७ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारी ६८औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभयो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिपरिषद् सदस्य, मुख्यसचिव, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिक...
इरानमा भएको विमान दुर्घटनाबाट राष्ट्रसंघीय महासचिव स्तब्ध

इरानमा भएको विमान दुर्घटनाबाट राष्ट्रसंघीय महासचिव स्तब्ध

संयुक्त राष्ट्रसंघ, ७ फागुन । इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताउनुभएको छ । इरानको जाग्रोसस्थित पहाडी क्षेत्रमा आइतबार सो विमान दुर्घटनाग्रस्त भएको थियो । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्स दुर्घटनाग्रस्त भएको छ । सो विमान दुर्घ...
क्यानडाली प्रधानमन्त्री भारत भ्रमणमा

क्यानडाली प्रधानमन्त्री भारत भ्रमणमा

ओटावा, क्यानडा, ७ फागुन ।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सात दिन लामो भ्रमणका सिलसिलामा आइतबार भारत आउनुभएको छ । भारतमा रहँदा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च पदस्थ सरकारी उच्च पदस्थ अधिकारी तथा तथा निजी क्षेत्रका व्यवसायीसँग भेटघाट गर्नुहुने छ । प्रधानमन्त्री ट्रुडोले ट्वीटरमा जनाए अनुसार उहाँको भ्रमण मुख्यतः भारत र क्यानडाबीचको सम्बन्ध सुधार तथा रोजगारीका अव...
कांग्रेस संसदीय दलको नेतामा प्रकाशमानको दावी

कांग्रेस संसदीय दलको नेतामा प्रकाशमानको दावी

काठमाडौं,७ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले औपचारिक रुपमा संसदीय दलको नेतामा आफ्नो दावी सार्वजनिक गरेका छन् । यसअघि कांग्रेसका अन्य नेताहरुले सर्वसम्मत हुने भए महामन्त्री शशांक कोइरालालाई र निर्वाचन लड्ने अवस्था आए प्रकाशमान सिंहलाई संसदीय दलको उम्मेदवार बनाउने बताएका थिए । तर, सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले संसदीय दलको नेतामा आफ्नो दावी रहेको बताएका हुन् । ...
खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्यान्न माग

खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्यान्न माग

बाजुरा, ७ फागुन ।  बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रका लागि खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धर समिति बाजुराले जनाएको छ । लामो समयदेखि खडेरी प्रभावित हुँदै आएका स्वामीकार्तिक गाउँपालिकाको वाई, साप्पाटालगायतका क्षेत्रका लागि जिल्ला दैवी प्रकोप समितिको बैठकले २५ हजार क्विन्टल खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लुकबहा...
संघीय संसद्को प्रथम अधिवेशन आह्वान

संघीय संसद्को प्रथम अधिवेशन आह्वान

काठमाडौँ, ७ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा यही फागुन २१ गते सोमबार संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा सो दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा संसद्को अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले ज...
प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकस

प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकस

जाजरकोट, ७ फागुन । विद्यालयमा हुने विभिन्न खालका स्वास्थ्य समस्यालाई समाधान गर्न प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकसको स्थापना गरिने भएको छ । जिल्लाको नलगाड नगरपालिकाभित्र रहेका सबै विद्यालयमा तालीम प्राप्त शिक्षकको व्यवस्थासहित प्राथमिक बाकसको व्यवस्था गर्न लागेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । एक महिनाभित्र प्राथमिक उपचार बाकसका लागि शिक्षकलाई स्वास्थ्यसम्बन्धी त...
प्रजातन्त्र, यसप्रतिको आस्था र जनसरोकार

प्रजातन्त्र, यसप्रतिको आस्था र जनसरोकार

सुर्खेत, ७ फागुन ।  बुझाइमा प्रजातन्त्र र लोकतन्त्रमा भिन्नता देखिए पनि सामान्यत त्यसको अर्थमा विविधता छैन । अंग्रेजीमा लोकतन्त्र र प्रजातन्त्र दुबैलाई ‘डेमोक्रेसी’ नै भनिन्छ । तर नेपालीमा प्रजातन्त्रभन्दा लोकतन्त्रलाई परिस्कृत शासन व्यवस्थाका रुपमा लिइने गरिएको छ । राजा र प्रजाको ठूलो संघर्षबाट नेपालमा जहाँनिया राणाशासनको अन्त्य गरी २००७ मा स्थापना गरेको प्रजातान्त्रिक व्यवस्था ऐतिहासिक महत्वक...
२५ औं राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङमा हुने

२५ औं राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङमा हुने

खोटाङ, ७ फागुन । २५औं राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङमा हुने भएको छ । नेपाल बालसाहित्य समाज काठमाडौंको आयोजनामा फागुन २४, २५ र २६ गते दिक्तेलमा बालसाहित्य सम्मेलन गर्ने टुंगो गरिएको हो । बालसाहित्यमा लोकसाहित्यको प्रभाव, अभिभावक र बालसाहित्य, बालसाहित्यमा बालअधिकार र कर्तव्यलगायतका विषयमा कार्यपत्र प्रस्तुति, शिक्षक तथा अभिभावकसँग अन्र्तक्रिया एवं बालपुस्तकको प्रदर्शनी गरिने समाजले जनाएको छ । ...
विकासशील मुलुक बन्न योग्यता पुग्यो तर, तयार छैन नेपाल

विकासशील मुलुक बन्न योग्यता पुग्यो तर, तयार छैन नेपाल

काठमाडौं, ७ फागुन । अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने योग्यता पुगे पनि नेपालले तत्काल स्तरोन्नति नहुने बताएको छ । संयुक्त राष्ट्रसंघको अतिकम विकसित राष्ट्र, भूपरिवेष्टित विकासशील राष्ट्र र साना टापु विकासशील राष्ट्रहरूको प्रतिनिधिको कार्यालय (युएनओएचआरएलएलएस) मा आफ्नो धारणा राख्दै नेपालले यस्तो बताएको हो । आगामी मार्चमा बस्ने युएनओएचआरएलएलएसको बैठकले नेपाल स्तरोन्नति हुने कि ...
विज्ञान प्रदर्शनीको पाँच हजारभन्दा बढीले अवलोकन

विज्ञान प्रदर्शनीको पाँच हजारभन्दा बढीले अवलोकन

उर्लाबारी, मोरङ, ७ फागुन । विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् । शनिबार र आइतबार गरी विद्यालय परिसरमा विद्यार्थीद्वारा निर्मित विज्ञान तथा कला प्रदर्शनी भएको थियो । प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित आकर्षक स्मार्टसिटी, बोट...
अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाखमा

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाखमा

खोटाङ, ७ फागुन । वैशाख तेस्रो साता खोटाङमा खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण सञ्चालन हुने भएको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा २०७३ साल जेठ २० देखि २२ गतेसम्म सञ्चालन गरिएको प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकै निरन्तरता स्वरुप आगामी वैशाख २०, २१ र २२ गते दिक्तेलमा जिल्लाको हालसम्मकै ठूलो धनराशिको दोस्रो खोटाङ–हलेसी खुला अन्त...
error: Content is protected !!