नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने

नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने

काठमाडौं, २५ पुस । चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण गरिने भएको छ ।कर्णाली चिसापानीमा निर्माण गरिएभन्दा अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो । चिनियाँ प्राविधिकको सहयोगमा सडक विभाग मातहतको पुल महाखाशाले उक्त पुल निर्माणको प्रारम्भिक नमूना तयार पारिरहेको छ । उक्त पुल डबल लेनमा निर्माण गरिनेछ । उक्...
गुल्मीमा ‘लिफ्टीङ्ग सिस्टम’ले खानेपानीको  अभाव पुरा गर्दै

गुल्मीमा ‘लिफ्टीङ्ग सिस्टम’ले खानेपानीको अभाव पुरा गर्दै

गुल्मी, २५ पुस । गुल्मी जिल्लामा पहिलो पटक सदरमुकाम तम्घासबाट सुरु भएको लिफ्टीङ्ग सिस्टम खानेपानी योजना क्रमशः अन्य  क्षेत्रमा पनि फैलिएको छ । बुढापाकाहरुले कल्पनासमेत नगरेको खोलाको  पानी तलबाट माथि डाँडामा आउने कुरा अहिले सामान्य हुँदै गएको छ ।पश्चिम नेपाल ग्रामिण तथा सरसफाई परियोजना कार्यालय गुल्मीले दिएको जानकारी अनुसार पहिलो पटक गुल्मीको ठुलोलुम्पेकमा सोलारबाट  नमुना खानेपानी योजना सम्पन्न ग...
राष्ट्रियसभा निर्वाचनका लागि १० दल दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि १० दल दर्ता

काठमाडौं, २५ पुस। निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन्। माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र दल दर्ता गरेको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल्सेनाले जानकारी दिए। ठूला पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित मधेशवादी दलले पनि अझै दल दर्ता गराएका ...
एपीएफ महिला फुटबल लिगको उपाधिनजिक

एपीएफ महिला फुटबल लिगको उपाधिनजिक

काठमाडौं, २५ पुस । बिभागीय टोली सशस्त्र प्रहरीको एपीएफ राखेप च्याम्पियनसिप अन्तर्गत १६औं राष्ट्रिय महिला फुटबलको उपाधि नजिक पुगेको छ । सुपरलिगको आफ्नो दोस्रो खेलमा मंगलबार त्रिभुवन आर्मीलाई पराजित गरेपछि एपीएफको ६ अंक भएको छ भने नेपाल पुलिस र त्रिभुवन आर्मीको समान ३/३ अंक छ । लिगमा २ हार ब्यहोरेको सुदूरपश्चिमले खाता खोलेको छैन । सुपरलिगको अन्तिम चरणमा एपीएफले नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ...
नेपालको हवाई क्षेत्र कति सुरक्षित ? राजधानीमा सुरु भयो कोस्क्याप–एसएको बैठक

नेपालको हवाई क्षेत्र कति सुरक्षित ? राजधानीमा सुरु भयो कोस्क्याप–एसएको बैठक

काठमाडौँ, २५ पुस । दक्षिण एशिया हवाई उड्डयन सुरक्षामा सहकार्यात्मक विकास तथा उडान योग्यताको निरन्तरतासम्बन्धी संस्था कोस्क्याप–एसएको सञ्चालन समितिको २६औँ बैठक यहाँ शुरु भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आयोजना गरेको बैठकमा सार्कका नेपाल,भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तानका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा उड्डयन क्षेत्रमा संलग्न प्राविधि...
सन् २०१७ मा चीनमा १० हजार अश्लील घटना

सन् २०१७ मा चीनमा १० हजार अश्लील घटना

बेइजिङ– सन् २०१७ भरि चीनमा करिब १० हजार तीन सय अश्लील घटनाहरू घटेका छन् । सोमबार चीनको अश्लील सामग्री प्रदर्शन तथा अवैध प्रकाशन कार्यालयले उक्त तथ्यांक सार्वजनिक गरेको हो । यस्ता गतिविधिमा संलग्न रहेको अभियोगमा करिब १ लाख २८ हजार वेभसाइट बन्द गरिएका छन् । भने छापा माध्यममा प्रकाशन भएका करोडौ सामग्रीहरू जफत तथा मेटाउने काम गरिएको छ । उक्त कार्यालयमा १ लाख २१ हजार उजुरी परेका थिए । कार्यालयले सार...
ग्रामीण विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चैतमा

ग्रामीण विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चैतमा

काठमाडौँ, २५ पुस। ग्रामीण विकासका बहुआयामिक विषयमा सम्बन्धित विज्ञसँग छलफल गरी सुझाव लिन यहाँ आगामी चैतमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।  त्रिवि ग्रामीण विकास केन्द्रीय विभागको आयोजनामा चैत ९–११ गते सम्मेलन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सम्मेलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकार भएका, राजनीतिकर्मी, नीतिनिर्माणमा संलग्न व्यक्ति, अनुसन्धानकर्तासँगको छलफलपछि प्रा...
रुस र भेनेजुएला डिजिटल मुद्रा बनाउँदै

रुस र भेनेजुएला डिजिटल मुद्रा बनाउँदै

काठमाडौँ, २५ पुस । रुस र भेनेजुएलाले आफ्नै डिजिटल मुद्रा (क्रिप्टोकरेन्सिज) सञ्चालनमा ल्याउने घोषणा गरेका छ । दुई मुलुकले अमेरिकी वित्तीय प्रतिबन्धको सामना गर्न यो एउटा राम्रो विकल्प हुन सक्ने भन्दै उक्त मुद्रा चलनमा ल्याउने तयारी गरेका हुन् । हालै ‘बिटक्वाइन’ को सफलताले यी दुई मुलुकलाई त्यस्तै खाले मुद्रा अपनाउन हौस्याएको हो । क्रिप्टोकरेन्सीको आफ्नै कुनै आन्तरिक मूल्य नभई यो मूलत: विश्वाससँ...
धनकुटामा प्रादेशिक राजधानी माग्दै चक्काजाम (फोटो फिचरसहित)

धनकुटामा प्रादेशिक राजधानी माग्दै चक्काजाम (फोटो फिचरसहित)

धनकुटा, २५ पुस । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आन्दोलित जिल्लाबासीले आज कोशी राजमार्गमा एक घण्टा चक्काजाम गरेका छन् । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड स्थित धनकुटाको जिरोपईन्टमा मध्यान्ह १२ देखि १ बजेसम्म चक्काजाम गरिएको हो । चक्काजामका कारण दर्जनौ सवारी साधन रोकिएर बसेका थिए । फोकल्याण्डटापुदेखि रमाईलोघुम्तीसम्म सवारी साधनको लाम थियो । राजधानी घोषणा गर्न माग गर्दै २६ दिनयता न...
डा. केसीलाई तत्काल रिहा गर्न वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकको माग

डा. केसीलाई तत्काल रिहा गर्न वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकको माग

  धरान, २५ पुस। सर्वोच्च अदालतको मानहानी गरेको भन्दै सर्वोच्च अदालतको आदेसमा प्राध्यापक डा गोविन्द केसीलाई गिरफ्तार गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गठित ‘प्रा.डा. गोविन्द केसी ऐक्यवद्धता समूह’ले न्याय क्षेत्रले आफ्नो गरिमा घटाएकोमा चिन्ता र आक्रोस व्यक्त गरेको छ । समुहका संयोजक डा. नविन भट्टले नैतिकताका प्रतिमूर्ति प्रा.डा. गोविन्द केसीलाई हिरासतमा राख्न सर्वोच्च अदाल...
स्थानीय तहमा बाल संरक्षण डेस्क राखिँदै

स्थानीय तहमा बाल संरक्षण डेस्क राखिँदै

इलाम, २५ पुस। प्रदेश नम्बर १ का सबै विद्यालयमा बालक्लब गठन र संरक्षक शिक्षक अनिवार्य व्यवस्था गरिने भएको छ । प्रदेश १ का जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिले यहाँका प्रत्येक महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका कार्यालयमा बालसंरक्षण डेस्क राख्ने र ‘फोकल पर्सन’समेत व्यवस्था गर्ने प्रतिबद्धता गरेका हुन् । सदरमुकाममा आयोजित कार्यशालामा भेला भएका प्रदेशका सबैजसो जिल्लाका स्थानीय...
सरकारले भन्यो-प्रदेशको अस्थायी राजधानी तोकिन्छन्

सरकारले भन्यो-प्रदेशको अस्थायी राजधानी तोकिन्छन्

काठमाडौं, २५ पुस। सरकारले प्रदेशको अस्थायी राजधानी तोकिने बताएको छ । मन्त्रीपरिषद्को कार्यालयले हिजो साँझ विज्ञप्ती जारी गरेर अस्थायी राजधानी तोकिने जनाएको हो । तत्काल अस्थायी राजधानी नतोक्ने र प्रदेश सभाका सांसदलाई काठमाडौंमै सपथ खुवाउने तयारी भैरहेका समाचार आईरहँदा प्रधानमन्त्री कार्यलयले अस्थायी राजधानीबारे आफ्नो धारणा बाहिर ल्याएको हो । नेपालको संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राज...
सियोल ओलम्पिकमा टोली पठाउन उत्तर कोरिया सहमत

सियोल ओलम्पिकमा टोली पठाउन उत्तर कोरिया सहमत

काठमाडौं, २५ पुस । उत्तर कोरियाले २०१८ को शीतकालीन ओलम्पिकमा टिम पठाउने भएको छ । पछिल्लो दुई वर्षमा पहिलो पटक दक्षिण कोरियासँग भएको उच्चस्तरीय वार्ता भएपछि उत्तरको यो घोषणा आएको हो । उत्तर कोरियाले पठाउने टोलीमा खेलाडीका साथै समर्थक पनि हुनेछन् । शीतकालीन ओलम्पिक अर्को महिला सियोलमा हुनेछ । दुई कोरियाबीच वार्ता दुई देशको अन्तराष्ट्रिय सीमामा पर्ने पनमुनजोम गाउँको ‘पिस हाउस’मा भएको थियो । वार्ता...
डा. केसीको समर्थनमा नेविसंघको विरोध प्रदर्शन, निसर्त रिहाई गर्न माग

डा. केसीको समर्थनमा नेविसंघको विरोध प्रदर्शन, निसर्त रिहाई गर्न माग

काठमाडाैं,२५ पुस। त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी लाई गिरफ्तारी गरिएको विरोधमा नेपाल बिद्यार्थी संघले काठमाडौंमा प्रर्दशन गरेको छ । मंगलबार दिउँसो माइतीघर चोकमा नेविसंघले विरोध प्रदर्शन गरेको हो । केसी निष्ठा र इमान्दारिताका प्रतिमूर्ति भएको भन्दै उनको निसर्त रिसाई गरिनु पर्ने नेविसंघको माग छ ।यसअघि सोमबार साँझ डा. केसी अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका थिए ।
गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीसमेत सडकमा

गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीसमेत सडकमा

काठमाडौं,२५ पुस । अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उनका समर्थकले माइतीघर मण्डल...
सवारी लाइसेन्स अब सातै प्रदेशबाट

सवारी लाइसेन्स अब सातै प्रदेशबाट

काठमाडौँ, २५ पुस। सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले प्रदेश सरकारमातहत रहने यातायात कार्यालयबाट लाइसेन्स वितरण थालिने जानकारी दिए । काठमाडौं र देशका केही सीमित सहरबाट वितरण हुँदै आएका कारण सवारीचालक अनुमतिपत्रका लागि सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । बर...
होटेल मल्लको क्यासिनो बन्द नगर्न सर्वोच्चको आदेश

होटेल मल्लको क्यासिनो बन्द नगर्न सर्वोच्चको आदेश

काठमाडौं, २५ पुस। सर्वोच्च अदालतले काठमाडौंको होटेल मल्लमा सञ्चालनमा रहेको क्यासिनो बन्द गर्न पर्यटन विभागले पठाएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । विभागको उक्त निर्णयविरुद्ध बेल्लिज नेपाल २० पुसमा सर्वोच्च गएको थियो । रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशीको एकल इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म क्यासिनो सञ्चालनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न–नगर...
एयर एसियाले झुक्यायो

एयर एसियाले झुक्यायो

काठमाडौं, २५ पुस। बारम्बार ताकेता गर्दा पनि ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा एयर एसिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई झुक्याएको छ । एयर एसिया एक्सले आइतबार २ करोड रुपैयाँ चुक्ता गर्दै सोमबार १० करोड रुपैयाँ तिर्ने प्रतिबद्धता जनाएको थियो । तर उसले प्रतिबद्धताविपरीत १ करोड ३० लाख रुपैयाँ मात्र चुक्ता गरेको छ । अझै उसले १९ करोड ७० ...
मध्यपहाडी लोकमार्ग कालोपत्रेका काममा ढिलासुस्ती

मध्यपहाडी लोकमार्ग कालोपत्रेका काममा ढिलासुस्ती

खोटाङ, २५ पुष। मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको बिजुले-हुर्लुङ र हुर्लुङ-दिक्तेल सडक खण्डको कालोपत्रेको काममा ठेकेदारले चरम ढिलासुस्ती गरेको पाइएको छ । हलेसी–दिक्तेल सडक खण्ड अन्तर्गत हुर्लुङ–दिक्तेल ११.४३ किलोमिटर सडक कालोपत्रेको काम गरिरहेको ठेकेदार कम्पनी लामा–नागार्जुन–त्रिसुली जेभीले एकपटक थप भएको म्याद सकिदा पनि सन्तोषजनक प्रगति गर्न सकेको छैन । परामर्शदाता कम्पनी एमएसभी इन्टरनेसनल एन्...
उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग ज्ञानेन्द्रको वार्ता

उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग ज्ञानेन्द्रको वार्ता

काठमाडौं, २५ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ । मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए । पूर्वराजाले आदित्यनाथको सरकारी निवास ५ कालिदासमार्गमा सोमबार बिहान ९ देखि साढे १० बजेसम्म भेटवार्ता गरेका हुन् । मुख्यमन्त्री आदित्यनाथले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र...
कांग्रेसमा विवाद चुलिदै, पौडेल समूहको छुट्टै बैठक

कांग्रेसमा विवाद चुलिदै, पौडेल समूहको छुट्टै बैठक

काठमाडौं,२५ पुस । निर्वाचन पराजयसँगै सत्तारुढ दल कांग्रेसभित्र गुटगत विवाद चुलिएको छ । प्रत्यक्षतर्फ नराम्ररी पराजय भएपछि विशेष महाधिवेशन बोलाउन माग गर्दै आएको पौडेल समूहले सोमबार छुट्टै बैठक गरी नेतृत्व, संगठन र सिद्धान्त परिमार्जनका विषयमा छलफल गरेको छ । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंहसहित १४ नेता सहभागी बैठकले नेतृत्वलाई पार्टी विधानअनुसार चल्न दबाब दिने सहमति गर...
२०७४ पुस २५ गते मंगलबारको राशिफल

२०७४ पुस २५ गते मंगलबारको राशिफल

वि.सं. २०७४ साल पुस २५ गते। मंगलबार। इश्वी सन् २०१८ जनवरी ९ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– अष्टमी, २०:५० बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। ...
धनकुटा आन्दोलनको फेरियो स्वरुप, अव यस्तो हुदैछ आन्दोलन

धनकुटा आन्दोलनको फेरियो स्वरुप, अव यस्तो हुदैछ आन्दोलन

धनकुटा, २४ पुस । प्रादेशिक राजधानीको माग गर्दै धनकुटामा जारी आन्दोलनको स्वरुप परिवर्तन गरिएको छ । सोमबार अपरान्ह बसेको आन्दोलन परिचालन समितिको बैठकले आन्दोलनको रुवरुप परिवर्तन गरेको हो । सरकारले तत्काल प्रादेशिक राजधानी नतोक्ने देखिएपछि सर्वसाधरणको समस्यालाई मध्यनजर गर्दै आन्दोलनलाई सामान्यकरण गरिएको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार दिउँसो ...
नोटमा पृथ्वीनारायणको तस्वीर राख्न  यस्तो सुझाव

नोटमा पृथ्वीनारायणको तस्वीर राख्न यस्तो सुझाव

काठमाडौँ, २४ पुस । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सबै मिलेर वैदेशिक हस्तक्षेपलाई चिर्नुपर्ने बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानले २९६ औँ पृथ्वीजयन्तीको अवसरमा यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उनले इतिहासमा स्वतन्त्र अस्तित्व कायम गरेको नेपालको राष्ट्रियतामा चुनौती रहेको बताउँदै भने, ‘पृथ्वीनारायण शाहको सपनालाई सार्थक पार्ने कार्ययोजना अहिलको संविधानमा व्यवस्था गरिएको छ, अब देशलाई समृद्धि...
सर्वोच्चको आदेशपछि डा. गोविन्द केसी पक्राउ

सर्वोच्चको आदेशपछि डा. गोविन्द केसी पक्राउ

काठमाडौं,२४ पुस । प्रहरीले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा. केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो । केसीलाई प्रहरीले पक्राउ गरेको डा. जीवन क्षत्रीले अनलाइनखबरलाई जानकारी दिए ।
युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेविसंघ

युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेविसंघ

काठमाडौं, २४ पुस । युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री शेरबहादुर देउवासामु आठ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सोमबार नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान–२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत नियमित विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न माग गरेको हो ...
सुन्दरबजारमा जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रसित

सुन्दरबजारमा जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रसित

लमजुङ, २४ पुस । लमजुङको सुन्दरबजारमा वस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त भएका छन् । सुन्दरबजार नगरपालिका-९ सिउडीबारको वस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो । स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासी त्रस्त भएका हुन् । गत मंगलबारबाट सामान्य धुवाँ निस्किएको देखिएको थियो । पछिल्ला दिनमा धुवाँको मुस्लो बढ्...
सिरियाको इद्लिवमा २१ सर्वसाधारण मारिए

सिरियाको इद्लिवमा २१ सर्वसाधारण मारिए

  बेरुत, २४ पुस । सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिवमा विद्रोहीहरूको अखडालाई लक्षित गरेर गरिएको हवाई कारबाहीमा परी कम्तीमा पनि २१ सर्वसाधारणको मृत्यु भएको छ । यस आक्रमणमा मारिएकामा आठजना बालबालिकासमेत रहेका मानवअधिकारवादी समूहले सोमबार जनाएको छ। दक्षिणपूर्वी प्रान्तको शहर सिन्जारमा रुससँग आबद्ध हवाई कारबाहीमा मारिएक ती व्यक्तिहरू आठ बालबालिका र ११ जना भने एकै परिवारका सदस्य रहेका सिरिय...
शीतलहर र महामारीले दिनहुँ सर्वसाधारणको मृत्यु हुन थालेपछि राष्ट्रपति भण्डारीले मुख खोलिन्

शीतलहर र महामारीले दिनहुँ सर्वसाधारणको मृत्यु हुन थालेपछि राष्ट्रपति भण्डारीले मुख खोलिन्

  काठमाडौं, २४ पुस । राष्ट्रपति विद्या भण्डारीले मुलुकका केही स्थानमा केही दिनदेखि बढ्दै गएको शीतलहर र महामारीका कारण प्रभावित जनतालाई तत्काल राहत उपलव्ध गराउन र पीडितको उद्धारमा जुट्न सरकारको ध्यानाकर्षण गराएकी छन् । आज राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालमार्फत एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले सरकार, गैरसरकारी संस्था, नागरिक समाज लगायतका निकायहरुसँग उचित प्रवन्ध मि...
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै डा. केसीको १४ औं अनशन

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै डा. केसीको १४ औं अनशन

काठमाडौं, २४ पुस । चिकित्शा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी पुन अनशन बस्ने भएका छन्। डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै १४ औं पटक अनशन बस्न लागेका हुन्। सोमबार पत्रकार सम्मेलन गर्दै केसीले प्रधानन्यायाधीश पराजुलीमाथी छानविनको माग समेत गरेका छन्। उनले आज ४ बजेदेखि अनशन थाल्ने जनाएका छन्। सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थान (...
सिंहदरबार नै असुरक्षित ! मन्त्रालयको क्यान्टिनबाट चोरी

सिंहदरबार नै असुरक्षित ! मन्त्रालयको क्यान्टिनबाट चोरी

काठमाडौं, २४ पुस । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार नै असुरक्षित बन्दै गएको छ । पछिल्लो समय सिंहदरबारभित्रै चोरीका घट्ना बढ्दै जानुले त्यहाँको सुरक्षा ‘लापरबाही’ लाई चित्रित गर्छ । स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको हाइलक्स गाडीको चार वटै टायर चोरी भएको घटना सेलाउन नपाउँदै फेरि अर्को चोरीको घटना भएको छ । गएराति सिंहदरबारभित्र रहेको शान्ति तथा पुनर्निमाण मन्त्रालय छेउमा रहेक...
error: Content is protected !!