राहत वितरण प्रभावकारी नभएकोमा प्रजिअ असन्तुष्ट

राहत वितरण प्रभावकारी नभएकोमा प्रजिअ असन्तुष्ट

इनरुवा, २ माघ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले चिसोबाट जोगिनका लागि स्थानीयतहलाई वितरण गर्नका लागि दिइएको सरकारी राहत प्रभावकारी ढंगले वितरण नभएको गुनासो आएपछि सरोकारवाला निकायसँग छलफल गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सर्वपक्षीय बैठक डाकी सरोकारवालालाई सचेत गराउनुभएको छ । जाडोलाई लक्षित गरी उपलब्ध गराइएका सरकारी राहत वितरण प्रभावकारी नभएको गुनासो बढेपछि प्रजिअले ...
तनहुँ समाज जापान गठन

तनहुँ समाज जापान गठन

काठमाडौँ, २ माघ। तनहुँमा जन्मेर जापान पुगी विभिन्न पेशा व्यवसायमा लागेका व्यक्तिको सक्रियतामा ‘तनहुँ समाज जापान’ गठन गरिएको छ । तनहुँ जिल्लाबाट जापानमा गई बसोबास गर्ने तनहुँवासीको आइतबार जापानको टोकियोमा भेला भएर विजय थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । समाजको उपाध्यक्षमा सुमन भट्टराई र मीन गुरुङ, सचिवमा सुनिल रिजाल र कोषाध्यक्ष सुनिता कँडेल चयन हुनुभएको छ । यस्तै,...
माईखोलामा मेला शुरू, भारतबाट समेत मेला भर्न आए

माईखोलामा मेला शुरू, भारतबाट समेत मेला भर्न आए

इलाम, २ माघ। माघे सङ्क्रान्तिको अवसरमा इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा सोमबारदेखि माईबेनी मेला शुरू भएको छ । तीन दिनसम्म लाग्ने मेलामा मकर नुहाउने र मेला भर्न आउनेको घुइँचो लागेको छ । माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ सर्वसाधारण माईबेनी मेलामा मकर नुहाउन आउने गरेका छन् । यहाँ मकर स्नान गर्न छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ तथा सीमावर्ती भारतको दार...
प्रहरीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्दा

प्रहरीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्दा

भोजपुर, २ माघ।  प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ । भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरीमाथि हातपातसँगै गालीगलौज गर्ने सोही स्थानका ५५ वर्षीय हरिबहादुर प्रधान, ३४ वर्षीय विकासकुमार राई र ३२ बर्षीय प्रकाशकुमार राईलाई सार्वजनिक मुद्दा चलाइएको हो । मध्यपहाडी लोकमार्गमा गस्तीमा रहेका प्रहरीलाई रोकेर हातपात गरेको प्रहरीक...
व्यापार मेलामा एकैदिन चार करोडको कारोबार

व्यापार मेलामा एकैदिन चार करोडको कारोबार

पोखरा, २ माघ। पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन् । संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो । मेलामा करिब चार करोडको कारोबार भएको अनुमान गरिएको बताउँदै उहाँले घरायसी सामानको किनमेल गर्ने गृहिणीको विशेष आकर्षण ...
बीसौँ भूकम्पीय सुरक्षा दिवस

बीसौँ भूकम्पीय सुरक्षा दिवस

    काठमाडौँ,२ माघ। विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रमअघि नयाँ सडकको जुद्ध शालिक अघिबाट जन...
२०७४ माघ २ गते मंगलबारको राशिफल

२०७४ माघ २ गते मंगलबारको राशिफल

वि.सं. २०७४ साल माघ २ गते। मंगलबार। इश्वी सन् २०१८ जनवरी १६ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– औंसी, ३१:२२ बजेउप्रान्त औंसी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। सोचेको ...
जीतपुरमा मौलिक नृत्य प्रतियोगिता, मयुर नाचमा दर्शकको आकर्षण (भिडियोसहित)

जीतपुरमा मौलिक नृत्य प्रतियोगिता, मयुर नाचमा दर्शकको आकर्षण (भिडियोसहित)

धनकुटा, १ माघ । महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा सोमबार मगर समुदायको मौलिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । मौलिक सँस्कृतिको माध्यमवाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले मगर संघ महालक्ष्मी नगर समितिले प्रतियोगिता आयोजना गरेको हो । जिल्लाका ९ समुह सहभागि प्रतियोगितामा मगर संस्कृतिमा आधारित मौलिक नृत्यसंगै मयुर नाचसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा दोहोरी गायक प्रसाद खप्तरी मगर र लोकगायिका...
लिबियाको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको झडपमा नौ जनाको मृत्यु

लिबियाको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको झडपमा नौ जनाको मृत्यु

त्रिपोली, १ माघ।  लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा परी नौ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षकाबीचमा झडप भएको अधिकारीहरुले बताएका छन् । मिटिगा विमानस्थलमा आक्रमण भएर झडप भएपछि विमानस्थल खाली गराइएको थियो । मारिएका मध्ये कति...
इजिप्टका १९ जना विद्यार्थीलाई पाँच बर्षको जेल सजाय

इजिप्टका १९ जना विद्यार्थीलाई पाँच बर्षको जेल सजाय

कायरो, १ माघ। मुस्लीम ब्रदरउड समुहलाई सहयोग गरेको अभियोगमा इजिप्टको एउटा अदालतले १९ जना विद्यार्थीलाई पाँच बर्षको जेल सजाय तोकेको छ ।  इस्लाम केन्द्रीत अल अजार विश्वविद्यालयका ती विद्यार्थीहरुलाई अदालतले आईतबार यस्तो फैसला गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएको छ । अल अजार विश्वविद्यालय भने अपदस्त इस्लामी राष्ट्रपति मोहमद मोर्सीसँग सम्वन्धित र अहिले प्रतिबन्धित विश्वविद्यालय हो ।  यस...
२८औँ राष्ट्रिय च्याम्पियनसिप फुटबल मंगलबारदेखि

२८औँ राष्ट्रिय च्याम्पियनसिप फुटबल मंगलबारदेखि

तुलसीपुर, दाङ, १ माघ। अठ्ठाइसौँ राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिता मंगलबारदेखि तुलसीपुरको अरनिको मैदान र घोराहीको भरतपुर खेल मैदानमा हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा यही माघ ६ गतेसम्म हुने प्रतियोगिताको अरनिको मैदानमा उद्घाटन गरिने फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले बताउनुभयो । प्रतियोगिताको उद्घाटनअघि बिहान १० बजे तुलसीपुरमा प्रभातफेरी र उद्घाटन अपराह्न १ बजे हुनेछ । प्रत...
सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि आर्मीलाई

सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि आर्मीलाई

  धनगढी, १ माघ। यहाँ भएको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिमाथि विभागीय टोली त्रिभुवन आर्मी क्लबले कब्जा जमाएको छ । स्थानीय रङ्गशालामा आज भएको फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई आर्मीले विजय प्राप्त गरेको थियो । निर्धारित समयमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत् निकालिएको थियो । आर्मीले एपिएफला...
राना थारु समुदायलाई सूचीकृत गर्न माग

राना थारु समुदायलाई सूचीकृत गर्न माग

कञ्चनपुर, १ माघ। यहाँका भूमिपुत्रका रुपमा रहेका राना थारु समुदायले आफूलाई सूचीकृत गर्न माग गरेको छ । शुक्लाफाँटा नगरपालिका–४ असैनामा राना थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले सागर ज्योति युवा क्लबको आयोजनामा सञ्चालित सातौँ माघी मिलन समारोहलाई आज सम्बोधन गर्दै अधिकांश राना थारु अगुवाले राज्यका हरेक तहमा पहुँच अभिवृद्धि गर्नका लागि सूचीकृत गरी अधिकार प्रदान गर्न माग गर्नुभयो । संविधानसभादेखि ह...
फागुनमा वाम नेतृत्वको सरकार बन्छ: पूर्वप्रधानमन्त्री खनाल

फागुनमा वाम नेतृत्वको सरकार बन्छ: पूर्वप्रधानमन्त्री खनाल

लमजुङ, १ माघ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताउनुभएको छ । लमजुङ सदरमुकाम बँेसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा उहाँले भन्नुभयो– “फागुनको तेस्रो साताभित्र नयाँ सरकार गठन हुन्छ ।” नेकपा (एमाले) वरिष्ठ नेतासमेत रहनुभएका खनालले संविधानकै प्रावधानका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको उल्लेख गर्दै सरकार गठनअघि एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता हुने ...
कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालय बन्द गराउन प्रस्ताव

कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालय बन्द गराउन प्रस्ताव

काठमाडौँ, १ माघ। कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएका स्थितिमा उच्चस्तरीय शिक्षा आयोगले यस्ता विद्यालयलाई क्रमशः बन्द गराउने प्रस्ताव गरेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्रारम्भिक सिफारिस गरेको छ । आयोगको विज्ञ समूहले तयारी गरी गत पुस ४ गते आयोगका अध्यक्ष एवं उपप्रधानमन्त्री गोपालमान श...
अमेरिका-कोरिया वार्ता सहजिकरण गर्न तयार छौँ– रुस

अमेरिका-कोरिया वार्ता सहजिकरण गर्न तयार छौँ– रुस

मस्को, १ माघ ।  रुसले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच वार्ता भएमा त्यसको सहजिकरणका लागि तयार रहेको बताएको छ । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले भन्नुभयो– यदि अमेरिका र कोरियाबीच वार्ता हुन्छ भने छ देशको प्रारुपभित्र रहेर सहयोग गर्न हामी तयार छौँ । विदेशमन्त्री लाभरोभले छ वटा आणविक शक्ति राष्ट्रको सदस्यको हैसियतमा रुसले सो प्रस्ताव गरेको जानकारी पनि दिनुभएको समाचारमा जनाइएको छ । ...
विविधताबीचको एकता नेपाली संस्कृतिको परिचय हो – प्रधानमन्त्री

विविधताबीचको एकता नेपाली संस्कृतिको परिचय हो – प्रधानमन्त्री

काठमाडौँ, १ माघ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले सबै जातजाती, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्था गरेको बताउनुभएको छ । माघे संक्रान्तिको उपलक्ष्यमा थारु कल्याणकारिणी सेवा समितिद्वारा टुडिखेलमा आज आयोजित माघी महोत्सवको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै राज्य संयन्त्रमा सबैको पहँुचलाई सुनिश्चित गरेको छ, यो हामीले प्रा...
तीन घण्टा काम छाडेर नर्सले विरोध जनाए

तीन घण्टा काम छाडेर नर्सले विरोध जनाए

काठमाडौँ, १ माघ।  पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले आज तीन घण्टा काम छाडेर विरोध जनाएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट लामो समय स्वयंसेविका रुपमा काम गराएर निष्काशित गरिएको नर्सको पुनःस्थापना लगायतका ११ बुँदे माग राखी नेपाल नर्सिङ संघले गत पुस २७ गतेबाट देशव्यापीरुपमा चरणबद्ध आन्दोलनमा ओर्लिएको...
मिनीट्रकको ठक्करबाट एकको मृत्यु

मिनीट्रकको ठक्करबाट एकको मृत्यु

नुवाकोट, १ माघ।  मिनीट्रकको ठक्करबाट बेलकोटगढी नगरपालिका–१० का यमबहादुर पाण्डेको आज मृत्यु भएको छ । घर नजिकै सडक छेउमा हिडिरहेका ६० वर्षीय पाण्डेलाई बा.४ ख ८०३० नंं को मिनीट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो ।
देवघाटस्थित त्रिशूलीमा नुहाउने क्रममा डुबेर वृद्धको मृत्यु

देवघाटस्थित त्रिशूलीमा नुहाउने क्रममा डुबेर वृद्धको मृत्यु

रत्ननगर, चितवन, १ माघ।  चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित माघी मेलामा नुहाउने क्रममा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । देवघाटस्थित झोलुङ्गे पुलमुनि त्रिशूली नदीमा नुहाउने क्रममा डुबेर चितवन रत्ननगर नगरपालिका–३ का ७८ वर्षीय पदमनाथ अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । बिहान करिब १०ः३० बजे नुहाउने क्रममा अचानक ढुङ्गाबाट चिप्लिएर अधिकारी त्रिशूल...
४० हल गोरु जुधाइः बझाङी राजालाई श्रद्धाञ्जलि

४० हल गोरु जुधाइः बझाङी राजालाई श्रद्धाञ्जलि

नुवाकोट, १ माघ।  माघे संक्रान्ति पर्वका अवसरमा आज स्थानीय तारुका, वेत्रवाती र पञ्चकन्यामा चालीस हल गोरु जुधाइएको छ । हरेक वर्ष किसानले पालेका गोरु प्रतिस्पर्धाअन्तर्गतको ‘गोरु जुधाई प्रतियोगिता’लाई यस वर्ष पनि निरन्तरता दिइएको हो । हिउँदमा फुर्सदका समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रीति भए पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाइएको भनाइ छ । ...
लेगुवामा मकर मेलाको रमझम (फोटो फिचरसहित)

लेगुवामा मकर मेलाको रमझम (फोटो फिचरसहित)

धनकुटा, १ माघ । लेगुवाको राम बजार स्थित अरुण नदी किनारमा पनि आज मकर मेला लागेको छ । अरुण नदीमा बिहानै देखि मकर नुहाउँनेको भीड लागेको स्थानीय ब्यवसायी तेज प्रसाद पौडेलले संगालोखबरलाई जानकारी दिएका छन् । प्रत्येक वर्ष माघे संक्रान्तिको दिन उक्त स्थानमा मेला लाग्दै आएको छ । तस्वीरहरु हेर्नुहोस्... तस्वीरहरु : तेज प्रसाद पौडेल
मिठो सपना बोकेर गएका म्याग्देली युवाको विदेशमा बिजोग

मिठो सपना बोकेर गएका म्याग्देली युवाको विदेशमा बिजोग

बाबियाचौर, म्याग्दी, १ माघ । म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन । अवैध बाटो भएर असुरक्षित रुपमा यूरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् । राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बिताउन पाउने जस्ता मानव तस्करको मिठा प्रलोभनमा परेर यूरोप हिँडेका केहीले गन्तब्यमा नपुग्दै ज्यान गुमाएका छन् । यस्तैम...
पर्वतको महभिर खोलामा क्यानोनिङ शुरु

पर्वतको महभिर खोलामा क्यानोनिङ शुरु

फलेवास, पर्वत, १ माघ ।  साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित महभिर खोलामा शुरु भएको छ । जिल्लाकै मनोरम खोला र बाह्रैमास एकै किसिमले सञ्चालन हुने उक्त खोलामा क्यानोनिङ सञ्चालन गरिएको हो । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वञ्जीजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाल...
धनकुटाका विभिन्न स्थानमा मकर मेलाको रौनक

धनकुटाका विभिन्न स्थानमा मकर मेलाको रौनक

धनकुटा, १ माघ । मकर संक्रान्तिको अवसरमा आज धनकुटाका विभिन्न स्थानमा विशेष मेला लागेको छ । भीरगाउँको मधुगंगा, बाघे खोला स्थित धर्मगंगा, लेगुवाको राम बजार स्थित अरुण नदी किनार लगायत स्थानमा मेला लागेको छ । मुलघाटस्थित तमोर नदीमा मकर स्नान गर्नेको बिहानैदेखि घुईचो छ । नदीमा स्नान गरेर विश्रान्ति मन्दिरमा पूजा गर्ने चलन रहेको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिए । य...
कास्कीमा ६५ हजारको स्वास्थ्य बीमा

कास्कीमा ६५ हजारको स्वास्थ्य बीमा

पोखरा, १ माघ। कास्कीमा एक वर्षको अवधिमा ६५ हजार नागरिकले स्वास्थ्य बीमा दर्ता गराएका छन् । गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बीमा दर्ता प्रक्रिया शुरु गरेकामा पुस मसान्तसम्ममा १२ हजार ६९५ परिवार बीमामा आबद्ध भएका छन् । बीमा दर्ता गरेबापत समितिले रु तीन करोड ७० लाख संकलन गरेको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । सो अवधिमा बीमा दर्त...
सिस्नु हानाहान गरी मागी मनाउँदै

सिस्नु हानाहान गरी मागी मनाउँदै

जाजरकोट, १ माघ।   यहाँको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाउन शुरु भएको छ । जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइन्छ । मामा छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ । सिस्नु हानाहान गर्नका लागि अन्य जिल्लाका स्थानीयवासी यहाँ आउने गर्छन् । आजको दिन सिस्नुले नहान...
गोदावरी धाममा भक्तजनको भीड

गोदावरी धाममा भक्तजनको भीड

धनगढी, १ माघ ।  कैलालीको पवित्र तीर्थस्थल गोदावरी धाममा मकर सङ्क्रान्तिका अवसरमा स्नान गर्ने र पूजा गर्ने भक्तजनको आज भीड लागेको छ । हरेक बर्ष मकर सङ्क्रान्तिका दिन गोदावरी धाममा लाग्ने मेलामा स्नान गर्ने र पूजा गर्न भक्तजनको भीड लाग्ने गर्छ । मकर सङ्क्रान्तिका दिन गोदावरी नदीमा स्नान गरेमा सम्पूर्ण पापबाट मुक्त भई पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । मकर सङ्क्रान्तिको अवसरमा गोदावरीमा ब...
वन कार्यालयमा चौध मुद्दा दर्ता

वन कार्यालयमा चौध मुद्दा दर्ता

काठमाडौँ, १ माघ ।  जिल्ला वन कार्यालय काठमाडौँमा यस वर्ष वन्यजन्तु तथा जडीबुटी ओसारपसारसम्बन्धी १४ मुद्दा दर्ता भएका छन् । देशका विभिन्न भागबाट चोरी गरी बिक्री वितरणका लागि काठमाडौँमा ल्याउँदा पक्राउ परेका आखेटोपहार र जडीबुटीका १४ मुद्दा दायर भएका हुन् । जिल्ला वन कार्यालयका सूचना अधिकारी गुरुप्रसाद दाहालले काठमाडौँ आखेटोपहारको हव भएकाले यस क्षेत्रमा धेरै वन्यजन्तुका अवशेष र जडीबुटी पक्राउ...
बाढी पीडितका लागि ४९९ टहरा निर्माण

बाढी पीडितका लागि ४९९ टहरा निर्माण

पथरी, मोरङ, १ माघ।  साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र, विराटनगर र ह्यावीटेट फर ह्युमेनिटीज नेपालको संयुक्त साझेदारीमा मोरङ, झापा र सुनसरीमा बाढी पीडितका लागि ४९९ अस्थायी टहरा निर्माण गरिएको छ । झापाको क्याम्पमा १३९, मोरङको कटहरीमा ८९, विराटनगर वडा नं १९ मा १५०, इटहरीमा ७१ घरटहरा निर्माण गरिएको साहारा सहकारी संस्थाका प्रमुख घनश्याम अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार...
कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

सप्तरी, १ माघ।  हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वको अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेको भीड लागेको छ । आजको दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ । उक्त नदीमा सुनसरी र सप्तरी जिल्ला तथा छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गत सुपोल जिल्लाका विभिन्न गाउँ र शहरका वृद्धवृद्धा, बालबालिका तथा महिलाको सप्तकोशी नदीमा नुहाउनका लागि भीड लागे...
error: Content is protected !!