हलेसी आसपासका २३ वटा घरटहरा भत्काइयो

हलेसी आसपासका २३ वटा घरटहरा भत्काइयो

खोटाङ, १२ फागुन ।  धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी बजार आसपासमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घरटहरा भत्काउन शुरु गरिएको छ । हलेसी गुठी संस्थानको नाममा रहेको जग्गा तथा बजार आसपासमा जथाभावी बाटै छेकेर निर्माण गरिएका घरटहरा शुक्रबारबाट हटाउन शुरु गरिएको हो । मापदण्डविपरीतका संरचना हटाउन चौथो पटक दिएको म्याद बित्दासमेत अटेर गरेपछि डोजर लगाएर घरटहरा भत्काउन थालिएको हलेसी तुवाचुङ नग...
सोमबार सबै मन्त्रीको शपथ ग्रहण हुने: अध्यक्ष दाहाल

सोमबार सबै मन्त्रीको शपथ ग्रहण हुने: अध्यक्ष दाहाल

चितवन, १२ फागुन ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताउनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो । मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै उहाँले मिडियालाई गम्भीर भएर आधिकारिकता बुझेर मात्रै ...
धनकुटासहित ३० जिल्लामा हात्तिपाइले विरुद्धको औषधी खुवाउँन सुरु

धनकुटासहित ३० जिल्लामा हात्तिपाइले विरुद्धको औषधी खुवाउँन सुरु

धनकुटा, १२ फागुन । धनकुटासहित ३० जिल्लामा आजदेखि हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउँन सुरु गरिएको छ । तीन दिनसम्म चल्ने औषधि खुवाउँने अभियानका लागि धनकुटामा दुई सय जना तालिमप्राप्त स्वास्थ्यकर्मीसहित ९ सय ३० जना स्वयंसेवक परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । निरन्तर ६ चरणसम्म हात्तिपाईले रोग विरुद्ध औषधि सेवन गरेका ब्यक्तिले थप औषधि खानु नपर्ने भए पनि धनकुटामा गरिएको नमुना रग...
प्रदेश नं १ को समृद्धि: धार्मिक पर्यटन, कृषि र औद्योगिक व्यापार

प्रदेश नं १ को समृद्धि: धार्मिक पर्यटन, कृषि र औद्योगिक व्यापार

उर्लाबारी, मोरङ, १२ फागुन । प्रदेश नं १ को प्रदेश सरकार विभिन्न शहीद भूमिमा नमूना बस्ती निर्माण गर्ने निर्णय गर्दै यस क्षेत्रको विकास, समृद्धि र सम्भावनाको अध्ययनमा जुटिसकेको छ । देशका सात प्रदेशमध्ये प्रदेश नं १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले अब्बल देखिएको छ । यहाँ कृषि, जलस्रोत र पर्यटनका सम्भावना छ । प्रदेशमा यसअघिका अञ्चल मेचीका चार, कोशीका छ र सगरमाथाका छमध्ये चार गरी १४ जिल्...
हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान

हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान

काठमाडौं, १२ फागुन। सरकारले हात्तीपाइलेरोगविरुद्धको आम औषधि सेवन अभियान आजबाट सुरु गरेको छ । अभियान १४ फागुनमा सम्पन्न हुनेछ । औषधि सेवन कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले विभिन्न निकायले भ्रामक प्रचारप्रसार गर्दै आए पनि कसैको प्रभावमा नपरी ढुक्क भएर औषधि सेवन गर्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलमेजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यका अनु...
दशरथ रंगशालाको पुनर्निर्माण चीनले गरिदिने

दशरथ रंगशालाको पुनर्निर्माण चीनले गरिदिने

काठमाडौं, १२ फागुन। भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा आफूले निर्माण गरिदिएका रंगशालाका क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिदिन चीन तयार भएको हो । यसबारे सरकारसँग सम्झौता भइसकेको छ । अहिले चिनियाँ टोली विगतमा आफूले निर्माण गरेका काठमाडौंका संरचनाको अवलोकन गरिरहेको छ । चीनले दशरथ रंगशालामा फ्रड लाइट, एथलेटिक ट्रयाक, स्क...
उच्च बाँध अध्ययनमै सीमित

उच्च बाँध अध्ययनमै सीमित

धरान,१२ फागुन। सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको अध्ययन सुरु भएको १३ वर्षमा करोडौँ रुपैयाँ सकिइसकेको छ । तर, अध्ययन अझै सकिएको छैन । गत साउनमा अध्ययनका लागि साढे दुई वर्ष समय थप गरिएको छ । आयोजना अध्ययनका लागि भारतले विराटनगरमा कार्यालय खोलेको छ । आयोजनाको डिपिआर तयार गर्न उसले एक करोड दिएको छ । कार्यालयमा खटाइएका आफ्ना १० कर्मचारीका लागि भारतले मासिक ५० लाख खर्च गर्दै आएको छ । अहिलेसम्...
२०७४ फागुन १२ गते शनिबारको राशिफल

२०७४ फागुन १२ गते शनिबारको राशिफल

बि.स.२०७४ फाल्गुन १२ गते । शनिबार । ईश्वी सन् २०१८ फेब्रुवरी २४ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । फाल्गुन शुक्ल पक्ष । तिथि नवमी ३२ घडी ४८,बेलुकी ७ बजेर ४३ मिनेट उप्रान्त दशमी । नक्षत्र रोहिणी ६ घडी ०१ पला,बिहान ९ बजेर ० मिनेट उप्रान्त मृगशिरा । योग विष्कुम्भ ४० घडि २९ पला,रातको १० बजेर ४८ मिनेट उप्रान्त प्रिती । करण वालव,बिहान ८ बजेर ५० मिनेट उ...
बालुवाटारमा प्रमको जन्मोत्सव

बालुवाटारमा प्रमको जन्मोत्सव

काठमाडौँ, ११ फागुन। प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ६७औँ जन्मदिन आज प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको छ । पार्टीका नेता, मन्त्रीगण, राजदूतका साथै परिवारका सदस्य, कार्यकर्ता र शुभेच्छुकको उपस्थितिमा केक काटेर प्रधानमन्त्री ओलीको जन्मदिन मनाइएको थियो । विसं २००८ फागुन ११ मा तेह्रथुममा जन्मनुभएका ओलीलाई नयाँ सरकारको सफलताका साथ दीर्घायुको कामना गर्दै सांगीतिक प्र...
प्रादेशिक महोत्सव शुरु

प्रादेशिक महोत्सव शुरु

इटहरी, ११ फागुन। सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि धरान १२, पब्लिक माविको खेल मैदानमा प्रादेशिक महोत्सव शुरु भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महोत्सव उद्घाटन गर्दै प्रदेश सरकार निजी क्षेत्रसँग विकासका हरेक विषयमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महोत्सवमा प्रत्येक दिन फरक फरक जातजातिको नृत्य तथा झाँकीका साथै राष्ट्रियस्तरका कलाकारले आफ्नो प्रस्तुति...
त्रिशूली बचाउन आग्रह

त्रिशूली बचाउन आग्रह

मलेखु, धादिङ, ११ फागुन। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई त्रिशूली बचाऊ अभियानले नदी र पर्यावरण जोगाउन तथा फियान नेपालले भूमि, वन, जीविकोपार्जन, आवास तथा पुनःनिर्माण विषयमा नागरिकले भोगिरहेका समस्या समाधान गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका छन् । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले आज उहाँ र स्थानीय मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेल र भौतिक पूर्वाधारमन्त्री केशव स...
पहिरोमा पुरिएका आठ शव निकालियो

पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता, १२ फागुन। इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । यस पहिरोमा अझै १३ जना किसान पुरिएर रहेका अधिकारीहरुले जानकारी दिएका छन् । पहिरोमा अरु पनि केही व्यक्ति पुरिएको अनुमान गरिएको छ । यसमा परेकाहरुको उद्धारकार्य जारी रहेको जाकार्ताबाट प्राप्त समाचारमा जनाइएको छ । यहाँको बे्रबस जिल्लाको पासिर पान्जाङ गाउँमा ग...
लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

बेसीशहर, लमजुङ, ११ फागुन। लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । उदीपुरदेखि दमौली जोड्ने ३३ केभी प्रशारण लाइन फागुन १३ र १५ गते पूर्णरुपमा बन्द हुने भएको हो । मध्यमस्र्याङ्दीदेखि तल्लो मस्र्याङ्दीसम्मको १३२ केभी प्रशारण लाइनको दोस्रो सर्किटको टावर नं २ देखि टावर नं १ सम्मको तार तन्काउने कामका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण लमजुङ शाखाका प्रमुख दीपक...
सैनिक प्रशिक्षार्थीबाट राससको अवलोकन

सैनिक प्रशिक्षार्थीबाट राससको अवलोकन

काठमाडौं, ११ फागुन। नेपाली सेनाको १३ औँ शृंखलाको जनसम्पर्क तालीममा सहभागी प्रशिक्षार्थीले आज सिंहदरबारस्थित राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यालयको अवलोकन गरी संस्थाद्वारा प्रवाहित सेवाबारे जानकारी हासिल गरे । सरकारी समाचार संस्थाहरुबाट भइरहेको समाचार संकलन, सम्पादन र सम्प्रेषणबारे जानकारी लिन सैनिक प्रशिक्षार्थी पहिलो पटक रासस आएका हुन् । राससमा आज आयोजित कार्यक्रममा अध्यक्ष कुलचन्द्र...
जंगली हात्तीले गहुँबाली क्षति ग¥यो

जंगली हात्तीले गहुँबाली क्षति ग¥यो

कञ्चनपुर, ११ फागुन। शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी आशिष टोलमा जंगली हात्तीको झुण्डले स्थानीय बासिन्दाका आठ घरमा क्षति पु¥याएको छ । गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको झुण्डले स्थानीय बासिन्दाका घर भत्काउनाका साथै घरभित्र भण्डारण गरेको अन्न खाएको छ । तीसवटा परिवारको झण्डै ३१ बिघा खेतमा पाक्नै लागेको गहुँबाली खाएर नोक्सानी पु¥याएको नगरपालिकाका वडाध्यक्ष नरेन्द्रप्रसाद ...
अमेरिकी राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई बधाई

अमेरिकी राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई बधाई

काठमाडौँ, ११ फागुन।अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आज प्रधानमन्त्री ओलीलाई पठाउनुभएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको बताउनुभएको छ । अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त...
सामुदायिक वनद्वारा डोको उद्योग सञ्चालन

सामुदायिक वनद्वारा डोको उद्योग सञ्चालन

म्याग्दी, ११ फागुन। रघुगंगा गाउँपालिका–३ मा कलेजाबाङ वाखेत सामुदायिक वनले निगालो उद्योग सञ्चालन गरेको छ । वनमा खेर गएको निगालो सदुपयोग गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र वनको आम्दानी बढाउनका लागि निगालोको चोयाबाट डोको बुनाई शुरु गरिएको हो । सामुदायिक वनभित्रै ‘गोर्जुरे’ मा गत माघ २८ गतेदेखि निगालोको चोयाबाट डोको बुनाइ थालिएको कलेजाबाङ वाखेत सामुदायिक वनका अध्यक्ष जितबहादुर खत्रीले बत...
भैँसीपालनबाट मासिक ४५ हजार आम्दानी

भैँसीपालनबाट मासिक ४५ हजार आम्दानी

रुकुम, ११ फागुन । रुकुम पश्चिमको मुुसिकोट नगरपालिकाका एक युवाले भैँसीपालनबाट मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले चार वर्षदेखि भैँसीपालनबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । विसं २०७० देखि भैँसीपालन व्यवसाय शुरु गर्नुभएका उहाँले चार वर्षको अवधिमा रु ३० लाखभन्दा बढी आम्दानी गरिसकेको बताउनुभयो । सदरमुकाम खलंगा बजारमा दूध बिक्री गर्ने उद्देश्यले...
पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो

पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो

काठमाडौँ, ११ फागुन । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युत्बाट चल्ने सवारी साधनको सञ्चालन खर्च प्रतिकिलोमिटर रु चार सस्तो पर्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको अनौपचारिक अध्ययनअनुसार हाल सञ्चालनमा रहेका बसको डिजल इन्जिनले प्रतिकिलोमिटर १६ रुपैयाँ ८० पैसाको इन्धन खपत गर्छ भने विद्युत्बाट चल्ने बसले प्रतिकिलोमिटर १२ रुपैयाँ ९६ पैसाको विद्युत् खपत गर्छ । पेट्रोलियम प...
माधुर्यता र प्रेमभावका होली गीत लोप हुँदै

माधुर्यता र प्रेमभावका होली गीत लोप हुँदै

वीरगञ्ज, ११ फागुन। ‘शिव मठ पर राम खेलैए होली......’ वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलको घर, गाउँ, टोल र छिमेकमा यस्ता माधुर्यता र प्रेमभावका यस्ता होली गीत गाउने चलन हराउँदै गएको छ । पश्चिमी पर्साको बन्जारे बस्ने ६० वर्षीय राम अधिन पुख्र्यौली मृदंग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुःखी छन् । उनी भन्छन् – “पहिले पहिले वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि टोल टो...
प्रहरी हुँ भन्दै लुट्ने दुईजना पक्राउ

प्रहरी हुँ भन्दै लुट्ने दुईजना पक्राउ

चितवन, ११ फागुन। आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन गुरुङ रहेका छन् । उनीहरुलाई भरतपुरको जागृतिचोकबाट पक्राउ गरिएको हो । उनीहरु...
मन्त्री चयन गर्ने अधिकार एमाले अध्यक्ष ओलीलाई

मन्त्री चयन गर्ने अधिकार एमाले अध्यक्ष ओलीलाई

काठमाडौँ, ११ फागुन। नेकपा (एमाले)ले स्थायी समितिको बैठकले मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी समिति बैठकले भूगोल, समावेशीता र क्षमता हेरेर यथाशक्य चाँडो मन्त्री चयन गर्ने अधिकार दिएको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आजको बैठकले मन्त्रिमण्डल...
फागु पर्व आजदेखि प्रारम्भ

फागु पर्व आजदेखि प्रारम्भ

काठमाडौँ, ११ फागुन। प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि शुरु हुने फागु पर्व आजदेखि प्रारम्भ भएको छ । वसन्तपुर अगाडि विधिवत् रुपमा आज चिर उठाएपछि फागु शुरु भएको मानिन्छ । बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको हो । चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो । यही फागुन १७ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर पर्व म...
तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो

तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो

ताप्लेजुङ, ११ फागुन। ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्य अहिले तीव्रता पाएको हो । टेका लगाएर पुल जडान गर्ने कार्य भइरहेको छ । अहिलेसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ भने बाँकी ३० प्रतिशत काम यो महिनाभित्र...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुरुङ्गा, झापा, ११ फागुन। झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन् । मे ६ प १८६९ नम्बरको मोटरसाइकलमा लक्ष्मीपुरबाट दक्षिण जाँदै गरेका उनलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ९१७८ नम्बरको ट्रकले उछिन्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्र...
छोराले रड प्रहार गर्दा आमाको मृत्यु, बहिनी गम्भीर घाईते

छोराले रड प्रहार गर्दा आमाको मृत्यु, बहिनी गम्भीर घाईते

लहान, ११ फागुन । छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए । रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घा...
प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल

प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल

काठमाडौँ, ११ फागुन। मन्त्रिपरिषदकाे आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिमाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो । बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी...
सूर्योदयका ऐन, नियम राजपत्रमा प्रकाशित

सूर्योदयका ऐन, नियम राजपत्रमा प्रकाशित

इलाम, ११ फागुन । इलामको सूर्योदय नगरपालिकाले ऐन, नियमावली र कार्यविधि आफ्नै राजपत्रमा प्रकाशित गरेको छ । नगरपालिकाले नगरसभाबाट पारित भएका चारवटा ऐन, तीनवटा नियमावली, तीनवटा कार्यविधि, नीति तथा कार्यक्रम र योजना तथा बजेट तर्जुमा दिग्दर्शन राजपत्रमा प्रकाशन गरेको हो । स्थानीय राजपत्रमा प्रकाशित ती कानून अब सूर्योदय नगरपालिकाका लागि मूल कानूनसरह बनेका छन् । सूर्योदय नगरपालिकाले स्थानीय राजपत्रको ...
दशगजाको फोहर व्यवस्थापन हुन नसक्दा कृष्णनगर नै प्रदूषित

दशगजाको फोहर व्यवस्थापन हुन नसक्दा कृष्णनगर नै प्रदूषित

जितपुर, कपिलवस्तु, ११ फागुन। नेपाल–भारतको सीमानाकामा पर्ने यहाँको दशगजास्थित कृष्णनगर क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा बजारनै प्रदूषित बन्न थालेको छ । दुवै देशको सीमामा रहेको दशगजा खुल्ला भएपछि यहाँका व्यवसायी र स्थानीयले सोही क्षेत्रमा दिनहुँ फोहर फाल्ने र त्यसको प्रभावकारी व्यवस्थापन हुन नसक्दा यहाँको बजारनै दुर्गन्धित हुन पुगेको हो । यसले गर्दा दुवै देशका नागरिक फोहरबाट निस्कने दुर्गन्धले ...
सवारी चालकको आँखा परीक्षण गरिने

सवारी चालकको आँखा परीक्षण गरिने

पोखरा, ११ फागुन। बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ । हिमालयन आँखा अस्पताल, घारीपाटन, पोखराको रजतमहोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा फागुन १३ गते हुने शिविरमा आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिने बिहीबार यहाँ आयोजित छलफल कार्यक्रममा जानकारी दिइय...
धनकुटाका पत्रकार अधिकारीलाई पुरस्कृत गरिने

धनकुटाका पत्रकार अधिकारीलाई पुरस्कृत गरिने

धनकुटा, ११ फागुन । धनकुटामा क्रियासिल पत्रकार रमेशचन्द्र अधिकारीलाई यस वर्षको हरिनारायण विष्णुमाया पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । झापाको अर्जुनधारास्थित जंगबीर गोभाजु श्रेष्ठ प्रतिष्ठान बुट्टाबारीले प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ । प्रतिष्ठानको आठौं वार्षिकीको अवसर पारेर फागुन १९ गते झापामा उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका संस्थापक बाबुराम श्रेष्ठ (वर्षा) ...
error: Content is protected !!