संगालोखबर सम्वाददाता

धनकुटा, ११ फागुन । धनकुटामा क्रियासिल पत्रकार रमेशचन्द्र अधिकारीलाई यस वर्षको हरिनारायण विष्णुमाया पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । झापाको अर्जुनधारास्थित जंगबीर गोभाजु श्रेष्ठ प्रतिष्ठान बुट्टाबारीले प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

पत्रकार रमेशचन्द्र अधिकारी ।

प्रतिष्ठानको आठौं वार्षिकीको अवसर पारेर फागुन १९ गते झापामा उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका संस्थापक बाबुराम श्रेष्ठ (वर्षा) ले जानकारी दिएका छन् । उनका अनुसार दुई दशक बढि अवधि पत्रकारिताको माध्यमबाट सेवा पुर्याए वापत अधिकारीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

Advertisement

यसैगरी प्रतिष्ठानले हरिनारायण विष्णुमाया बाल साहित्य पुरस्कार २०७३ प्राडा सुष्मा आचार्य काठमाडौं र २०७४ को उक्त पुरस्कार कवि तथा गजलकार देवी पन्थी विराटनगरलाई प्रदान गर्ने भएको छ । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार अधिकारी संगालोखबरका सल्लाहकारसमेत हुन् ।

यस्तै खड्गप्रसाद पदममाया बाल प्रतिभा पुरस्कार लीलाकुमारी श्रेष्ठ, समाजसेवा सम्मानबाट दिनबन्धु अग्रवाल गोयल विराटनगर, शसस्त्र प्रहरी जवान विनोद राई ताप्लेजुङ तथा जेष्ठ नागरिक सम्मान छविलाल श्रेष्ठ, नेगुनारायण श्रेष्ठ र राजेन्द्रमान श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!