अध्यक्ष ओलीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
काठमाडौँ, १ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण थारु समुदायका दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
माघ १ गते मनाइने माघी पर्व थारु समुदायमात्रको नभई आम नेपालीको विशेष पर्व हो भन्दै शुभकामना सन्देशमा अध्यक्ष ओलीले माघे सङ्क्रान्ति पर्वका रुपमा यसलाई सबै समुदायले कुनै न कुनै रुपले सम...


























