सरकारी कर्मचारीलाई विदेश भ्रमणमा रोक

सरकारी कर्मचारीलाई विदेश भ्रमणमा रोक

काठमाण्डौ, ११ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारीको सम्पुर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई उक्त निर्देशन विहीबार पठाएको हो । यो निर्देशनसँगै आगामी एक महिनाभित्र विदेश जाने तयारीमा रहेका करिव ३ सय ५० सकारी कर्मचारीको विदेश भ्रमण स्थगित भएको छ । कर्मचा...
नुवाकोट महोत्सवमा प्याराग्लाइडिङ पनि

नुवाकोट महोत्सवमा प्याराग्लाइडिङ पनि

नुवाकोट, ११ फागुन। नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विदुरमा सञ्चालन हुने महोत्सवसम्बन्धी बिहीबार पत्रकार सम्मेलनमार्फत आवश्यक तयारी पूरा भएको र केही व्यवस्थापनको काम मात्र पूरा हुन बाँकी रहेको संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा प्रदेश नं ३ स्तरीय अव...
मन्त्रालय बाँडफाँड प्रस्ताव

मन्त्रालय बाँडफाँड प्रस्ताव

काठमाण्डौ, ११ फागुन । एमाले र माओवादीबीच मन्त्रालय बाँडफाँडमा प्रारम्भिक समझदारी भएको छ । प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले अर्थ र परराष्ट्रसहित १० र माओवादीले गृह र ऊर्जासहित ७ मन्त्रालय लिने प्रारम्भिक समझदारी गरेका हुन् । यद्यपि, छलफल अझै जारी रहेकाले अन्तिमसम्म प्रारम्भिक बाँडफाँड हेरफेर हुन सक्ने दुवै पार्टीका नेताहरूको भनाइ छ । प्रधानमन्त्रीनिवास बा...
१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण

१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण

डोटी, ११ फागुन। कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् । बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो । १३ वर्षमै उनको विवाह भएको थियो । १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान भएको उनले बताइन् । ‘सानो उमेरमै दुई सन...
२०७४ फागुन ११ गते शुक्रबारको राशिफल

२०७४ फागुन ११ गते शुक्रबारको राशिफल

वि.सं. २०७४ साल फागुन ११ गते। शुक्रबार। इश्वी सन् २०१८ फेब्रुवरी २३ तारिख। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– अष्टमी, २१:५४ बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सुखद् समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिले क...
अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या

अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या

काबुल, अफगानिस्तान, १० फागुन। अफगानी गुप्तचर निकायका पाँच अधिकारी तालिवान लडाकूको उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट मारिएका यहाँको खामा नामक समाचार संस्थाले बिहीबार जनाएको छ । उनीहरू सवै राष्ट्रिय सुरक्षा सचिवालयका अधिकारी रहेका बताइएको छ । बागराम जिल्लाको वरपर भएका विभिन्न घटनामा गुप्तचर अधिकारी मारिएका स्थानीय सरकारी अधिकारीले जनाएका छन् । बागरामका जिल्ला प्रशासन प्रमुख अब्दु...
महिलालाई दिल्ली लान खोज्ने भारतीय नागरिक पक्राउ

महिलालाई दिल्ली लान खोज्ने भारतीय नागरिक पक्राउ

सुरुङ्गा, झापा, १० फागुन। प्रलोभनमा पारी तीन महिलालाई भारतको दिल्ली लैजाँदै गर्दा प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेका छन् । पक्राउपर्नेमा भारत किसनगञ्ज जिल्ला धन्तोला ग्रामपञ्चायत महामारी गाउँका २५ वर्षीय मुख्तार आलम रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक हरित बडुवालले जानकारी दिनुभयो । झापा बजार हुँदै भारतको दीघल बैंकतर्फ लैजाँदै गरेको दे...
गुणस्तरहीन वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण

गुणस्तरहीन वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण

काठमाडौँ, १० फागुन । मुलुकमा उत्पादित एवं विदेशबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूल एवं पशुपक्षीलगायत गुणस्तरहीन तथा विषादीयुक्त वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण गरिने भएको छ । कृषि विकास, पशुपक्षी विकास, अर्थ र वाणिज्य मन्त्रालयका प्रमुखको आज बसेको बैठकले सरकारले तोकेको मात्राभन्दा बढी विषादीयुक्त तरकारी एवं फलफूलको उपभोग र आयातलाई निरुत्साहन गर्न त्यस्ता वस्तुलाई जफत तथा नियन्त्रण गर्ने नि...
पर्यटन बोर्डका निरौलालाई सात र दासलाई छ वर्ष कैद

पर्यटन बोर्डका निरौलालाई सात र दासलाई छ वर्ष कैद

काठमाडौँ, १० फागुन। विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारमा गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीश द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले आज निरौलालाई सात वर्ष कैद, रु ८० लाख ५१ हजार ३६२ जरिवाना ...
दैलखमा जीप दुर्घटना हुँदा ४ को मृत्यु, तीन जना घाइते

दैलखमा जीप दुर्घटना हुँदा ४ को मृत्यु, तीन जना घाइते

काठमाडौं, १० फागुन । दैलेखको गैडावाज हुँदै महाबुका लागि छुटेको बोलेरो डबल क्याप जीप ओखरेनीढुंगामा दुर्घटना भएको छ । लु१ज ३५३२ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् । अन्य तीन जना घाइते भएका छन् । चार जनाको मृत्यु भएपनि पहिचान भने हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी टोली दुर्घटना स्थलतर्फ गएको ...
कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

अबुजा, १० फागुन। नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिनुभएको छ । राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना सदस्यलाई बुधबार घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिनुभएको सरकारका प्रवक्ताले जानकारी दिनुभयो । रक्षामन्त्री मन्सुर डान अली, विदेशमन्त्री जोफ्रि ओेन्यामा र सूच...
रेडियोमा लाईभ गर्दागर्दै जन्मियो बच्चा

रेडियोमा लाईभ गर्दागर्दै जन्मियो बच्चा

काठमाडौं, १० फागुन। रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै प्रस्तोता सुत्केरी हुन्छिन् । र, उनले जन्माएको बच्चाको नाम स्रोताहरुले नै राखिदिन्छन् । तपाईंलाई यो कुरा पढ्दा र सुन्दा पक्कै अचम्म लाग्यो होला । तर अचम्म मान्नुपर्दैन । प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको कुरा सत्य नै हो । यो अमेरिकाको घटना हो । अमेरीकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्...
अब गहुँ होइन जौको रोटी खान थाल्नुस, यस्ता छन् फाइदा

अब गहुँ होइन जौको रोटी खान थाल्नुस, यस्ता छन् फाइदा

हामीकहाँ रोटी बनाउनका लागि प्राय गहुँको आँटा प्रयोग गरिन्छ । तर गहुँको आँटामा ग्लूटेन नामक तत्व हुन्छ जसलाई लामो समयसम्म सेवन गर्दा सेलियक नामक रोग लाग्न सक्ने डाक्टरहरु बताउँछन् । त्यसो त रोटी पकाउन गहुँकै आँटा चाहिन्छ भन्ने छैन । विगतमा गहुँका अलावा अरु अन्नहरु पनि प्रयोग हुन्थे । यस्तै वैकल्पिक अन्न हो जौ । रोटीका लागि जौको आँटा प्रयोग गर्नु सुरक्षित र स्वास्थ्यवर्द्धक हुन्छ । के कस्ता फाइदा...
इम्बोस्ड नम्बर प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

इम्बोस्ड नम्बर प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, १० फागुन। सर्वोच्च अदालतले सवारी साधानमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ । इम्बोस्ड नम्बर देवनागरी लिपीमा हुनु पर्ने माग गर्दै भरत बस्नेतले दायर गरेको रिटमा प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अन्तरिम आदेश दिएको हो । अदालतले नेपाली नम्बर राख्न नसकिने केही कारण छ ७ दिन लिखित जवाफसहित आउन भनेको छ । यातायात व्यवस्था विभागले भदौ ५ बाट सवारी साधनमा इम्बोस्...
मन्त्रिपरिषद्ममा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

मन्त्रिपरिषद्ममा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

काठमाडौँ, १० फागुन। महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले संविधानले व्यवस्था गरेअनुसार मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व गराउनुपर्ने बताउनुभएको हो । “संविधानले संघ र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला रहने अनिवा...
महिलाको श्रम र पहिचान स्थापनाको माग

महिलाको श्रम र पहिचान स्थापनाको माग

काठमाडौँ, १० फागुन। महिलाको श्रम र पहिचान स्थापनाका लागि १० बुँदे घोषणापत्र तथा नौ बुँदे आचारसंहिता जारी गर्दै प्रदेश नं ३ स्तरीय सम्मेलन आज सम्पन्न भएको छ । महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालले आयोजना गरेको सो सम्मेलन फागुन ८, ९ र १० गतेसम्म काठमाडौँमा आयोजना भएको थियो । महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि, महिला मानवअधिकारकर्मी, महिलाका लाग...
इटिकेटिङ शुरु गर्दै साझा यातायात

इटिकेटिङ शुरु गर्दै साझा यातायात

ललितपुर, १० फागुन ।  साझा यातायातले ‘इटिकेटिङ’ शुरु गर्न तयारी थालेको छ । नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा इटिकेटिङ लागू गर्न लागिएको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो । इटिकेटिङ शुरु भएपछि यात्रुले भाडामा पैसाको साटो कार्डको प्रयोग गर्न सक्ने छन् । साझाका सबै बसमा उक्त नियम लागू हुने उहाँले बताउनुभयो । नियमित रुपमा यात्रा गर्ने यात्रु यो सेवाबा...
मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको जग्गा अतिक्रमणको चपेटामा

मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको जग्गा अतिक्रमणको चपेटामा

गाईघाट, उदयपुर, १० फागुन ।  उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाटस्थित थरुहट रंगशाला परिसर नजिकै रहेको मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको जग्गा केही व्यक्तिले अतिक्रमण गरेर घेराबार गर्ने तथा उपभोग गर्न थालेपछि अतिक्रमणको चपेटामा परेको छ । गाईघाटस्थित थरुहट रंगशाला परिसरको दक्षिणतर्फ रहेको उक्त जग्गामा मदनभण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन निर्माण गर्नका...
रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री हुँदै

रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री हुँदै

काठमाडौँ, १० फागुन । धितोपत्र बजारमा शुक्रबारदेखि रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर (आइपिओ) निष्कासन हुने भएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका छ लाखभन्दा बढी सञ्चयकर्ता, सञ्चयकोषका कर्मचारी तथा रसुवाका साविक गाविसका कर्मचारी र रसुवा जिल्ला ...
तीनहजार भूकम्पपीडितले अझै अनुदान पाएनन्

तीनहजार भूकम्पपीडितले अझै अनुदान पाएनन्

चरिकोट, १० फागुन । पुनःनिर्माण प्राधिकरण गठन हुनु अघि नेपाल रेडक्रस सोसाइटीमार्फत तालीम लिएर घर बनाएका दोलखाका दुई हजार ८९० घरधुरीले अझै अनुदान पाउन सकेका छैनन् । भूकम्पलगत्तै जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत १० गाविसको राहत र उद्धारको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटीले पुनःनिर्माण अभियान तत्काल शुरु गर्नुपर्छ भन्दै दिएको डकर्मी तालीम पछि बनेका दुई हजार ८९० घरधुरी पीडितले प्राधिकरणमार्फत...
समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत

समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत

काठमाडौँ, १० फागुन । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ । उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय पनि व्यक्त गरेको छ । सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भए पनि सहभागिताको अझै टुंगो लागेको छैन । सरकारमा सहभागी हुने सम्बन्धमा बुधबार भ...
प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु

प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु

काठमाडौँ, १० फागुन ।  नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ । ‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब गरौँ’ नाराका साथ आजदेखि काठमाडाँैको भृकुटीमण्डपमा स्वदेशमा उत्पादित जुत्ता चप्पल प्रदर्शनी शुरु भएको हो । विभिन्न जुत्ता चप्पल संघले जुत्ता चप्पल प्रदर्शनी गरे पनि नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले भने पहिलो पटक...
जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

भक्तपुर, १० फागुन ।  अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ । सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले यो ...
तीन जिल्ला जोड्ने सडक निर्माण  रोकिएपछी स्थानीय आन्दोलित

तीन जिल्ला जोड्ने सडक निर्माण रोकिएपछी स्थानीय आन्दोलित

भक्तपुर, १० फागुन । भक्तपुर, काभ्रे र ललितपुर जोड्ने सडक विस्तार कार्य रोकिएको छ । जिल्ला वन कार्यालय भक्तपुरले वन क्षेत्रमा सडक परेको भन्दै रोक लगाएपछि सूर्यविनायक नगरपालिका–८ सिपाडोलको घ्याम्पेडाँडादेखि पार्टी भन्याङसम्मको दुई किलोमिटर सडक विस्तारका कार्य रोकिएको हो । सडक विस्तारका क्रममा वन क्षेत्रमा पर्ने ५० मिटर सडक निर्माणमा कार्यालयले रोक लगाएपछि आक्रोशित स्थानीयले उक्त सडकमा दुई दि...
अर्काे विश्वयुद्ध रोक्न संयुक्त राष्ट्रसंघ सफल– बान कि मुन

अर्काे विश्वयुद्ध रोक्न संयुक्त राष्ट्रसंघ सफल– बान कि मुन

संयुक्त राष्ट्रसंघ, १० फागुन ।  संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्काे विश्वयुद्ध रोक्न सफल भएको प्रतिक्रिया दिएका छन । संयुक्त राष्ट्रसंघको स्थापना भएपछि उसको सक्रियताका कारण नै गएको ७० वर्षमा अर्काे विश्वयुद्ध रोक्ने काममा सफलता प्राप्त भएको बुधबार संयुक्त राष्ट्रसंघमा उहाँले बताउनु भएको छ । पूर्व महासचिव मुनले भन्नुभयो– राष्ट्रसंघको स्थापनापछि नै विश्व...
शाहसिक खेल प्याराग्लाइडिङ शुरु भएसँगै धरानमा पर्यटकको आकर्षण बढयो

शाहसिक खेल प्याराग्लाइडिङ शुरु भएसँगै धरानमा पर्यटकको आकर्षण बढयो

इनरुवा, १० फागुन ।  शाहसिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् । पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा शुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको हो । धरान तथा भेडेटार घुम्न आउने पर्यटक प्याराग्लाइडिङमा पनि रमाउन थालेका छन् । मौसम अनुकूल रहेको समयमा धरानको आकाशमा दैनिक पर्यटकले उड...
नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला

नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला

इस्लामावाद, १० फागुन । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहीरहन नमिल्ने फैसला सुनाएको छ । सत्तारुढ दल पाकिस्तान मुस्लीम लिग — नवाज (पीएमएल—एन)को अध्यक्षका रुपमा उहाँले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले स्पष्ट पारेको छ । स्थानीय सञ्चारमाध्यम उर्दु दुन्या टीभीका अनुसार यो फैसला गर्ने तीन जना न्यायाधीश रहेको सर्वोच्च अदालतको बेन्चको नेतृत...
निजीका कारण सरकारी विद्यालयमा विद्यार्थी घट्दै

निजीका कारण सरकारी विद्यालयमा विद्यार्थी घट्दै

पथरी, मोरङ, १० फागुन । वरपरका निजी विद्यालयमा विद्यार्थी भरिभराउ भइरहँदा उर्लाबारीका सामुदायिक विद्यालयमा संख्या पातलिएको छ । शहरका तुलनामा गाउँका विद्यालयमा विद्यार्थी थोरै पाइएको हो । प्रायः अभिभावकको आकर्षण निजी विद्यालयप्रति बढ्दै गइरहेको छ । निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको हो । निजीको तुलनामा सरकारी विद्यालयको पूर्वाधार राम्रो ब...
सुन्दरी चोकलाई परम्परागत स्वरुपमा फर्काइँदै

सुन्दरी चोकलाई परम्परागत स्वरुपमा फर्काइँदै

ललितपुर, १० फागुन ।  लामो समयसम्म बन्द रहेको सुन्दरी चोकलाई परम्परागत स्वरुपमा नै फर्काउन पाटन सङ्ग्रहालय लागेको छ । पाटन दरबार क्षेत्रमा रहेका चारवटा चोकमध्ये सुन्दरी चोक सबैभन्दा कलात्मक चोक रहेको सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले बताउनुभयो । परम्परागत भित्ताहरु जस्ताको तस्तै छाडेर र भुइँमा लिपपोत गरेर सङ्ग्रहालयलाई परम्परागत स्वरुप दिइएको छ । मठ प्लास्टर गरिएका भित्तामा सामान्य मर्मत मात्र...
बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

पाँचथर, १० फागुन ।  पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । जबर्जस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक प्रलोभन देखाई बलात्कारमा संलग्न तुम्बेवा–३ का मनकुमार सम्बाहाम्फेलाई उन्मुक्ति दिन पहल गरेको भन्दै प्रहरीले तुम्बेवा–३ का धनकुमार सम्बाहाम्फे र नेवारसिंह सम्बाहाम्फ...
एमबिएस दोस्रो वर्षको परीक्षाफल प्रकाशित

एमबिएस दोस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ, १० फागुन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले बुधबार जनाए अनुसार उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न...
error: Content is protected !!