काठमाडौँ, ११ फागुन। प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि शुरु हुने फागु पर्व आजदेखि प्रारम्भ भएको छ ।

वसन्तपुर अगाडि विधिवत् रुपमा आज चिर उठाएपछि फागु शुरु भएको मानिन्छ । बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको हो । चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो ।

Advertisement

यही फागुन १७ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट फागु पर्व मनाइन्छ ।

प्राचीन समयमा प्रल्हादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रल्हादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफै जलेको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ ।

अन्ततः सत्यको विजय हुने मान्यताका साथ सोही बेलादेखि फागू पूर्णिमाका दिन होली पर्व मनाइँदै आएको धार्मिक विश्वास छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!