वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने

वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने

काठमाडौं, १८ फागुन । वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो। फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ। संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धन...
डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु ,स्थानीयद्वारा तोडफोड

डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु ,स्थानीयद्वारा तोडफोड

राजविराज, १८ फागुन । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ । राजविराज–भारदह सडकखण्डअन्तर्गत अस्पताल गेटमा टायर बालेर यातायात अवरुद्ध पारेपछि अवस्था झन तनावग्रस्त भएको प्रहरीले जनाएको छ । सुत्केरी व्यथाले च्यापेपछि जिल्लाको विष्णुपुर गाउँपालिका–१ पिप्राहीकी २५ ...
२०७४ फागुन १८ गते शुक्रबारको राशिफल

२०७४ फागुन १८ गते शुक्रबारको राशिफल

वि.सं. २०७४ साल फागुन १८ गते। शुक्रबार। इश्वी सन् २०१८ मार्च २ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– प्रतिपदा, २९:०० बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। व्याहारमा अलमलिनुपरे पनि लगनशीलत...
संघीय शिक्षा ऐन र निःशुल्क शिक्षासम्बन्धी कानुनको तयारी

संघीय शिक्षा ऐन र निःशुल्क शिक्षासम्बन्धी कानुनको तयारी

काठमाडौँ, १७ फागुन ।  नेपालको संविधानको कार्यान्वयनका लागि नेपाल सरकारले शिक्षासम्बन्धी दुई नयाँ कानूनको तर्जुमा शुरु गरेको छ । विसं २०२८ मा बनेको शिक्षा ऐन पटक पटक संशोधन हुँदै शैक्षिक व्यवस्थापन गरिएका सन्दर्भमा त्यसलाई विस्थापन गर्न नेपालको संविधानानुकूल नयाँ संघीय शिक्षा ऐन र माध्यमिक तहसम्म निःशुल्क शिक्षा हुनुपर्ने संविधानको मौलिक हकको कार्यान्वयन गर्न शिक्षा अधिकारसम्बन्धी अलग्गै कानून बन्...
सिरियाको घटनाप्रति प्रलेसको निन्दा

सिरियाको घटनाप्रति प्रलेसको निन्दा

काठमाडौँ, १७ फागुन ।  प्रगतिशील लेखक संघले अन्तर्राष्ट्रिय शक्ति केन्द्रको स्वार्थका कारण सिरियमा हिंसात्मक घटना भई सयौँ निर्दाेष नागरिकको ज्यान गएको भन्दै त्यसको निन्दा गरेको छ । संघका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले आज विज्ञप्ति जारी गरी सिरियालाई संयुक्त राज्य अमेरिकालगायत अन्तर्राष्ट्रिय शक्ति केन्द्रको व्यापारिक स्वार्थको क्रिडास्थल बनाइएको जनाउँदै दिगो शान्ति र संवाद गर्न आग्...
प्रदेश नंं ३ को राजधानी पायक पर्ने ठाउँमा तोक्न आग्रह

प्रदेश नंं ३ को राजधानी पायक पर्ने ठाउँमा तोक्न आग्रह

काठमाडौँ, १७ फागुन ।  नेपाल नगरपालिका संघ प्रदेश नंं ३ ले प्रदेश नंं ३ को अस्थायी राजधानी अपायक भएकाले पायकपर्ने ठाउँमा सार्न माग गरेका छन् । अहिले सरकारले प्रदेश नंं ३ को अस्थायी राजधानी मकवानपुर जिल्लाको हेटौँडामा राखिएको छ । संघका प्रदेश नं ३ संयोजक भरतबहादुर केसीले विज्ञप्ति जारी गर्दै सबै जिल्लाको समान दूरी र पहँुचको हिसाब हुने ठाउँमा सार्न माग गर्नुभएको छ । नेपाल सरकारले हालै मात्र नगर...
लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि श्रेष्ठलाई

लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि श्रेष्ठलाई

लुम्बिनी, १७ फागुन । चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जित्नुभएको छ । कपिलवस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको ४२ किलोमिटरको दौड दुई घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पूरा गरी उहाँले सो उपाधि जित्नुभएको हो । शान्ति म्याराथन लुम्बिनी पिस म्याराथन प्राली र एडभेन्चर स्पोट्र्स नेपालले संयुक्तरुपमा आयोजना गरेको उक्त म्याराथनम...
मध्यमस्र्याङ्दीको मर्मत सकियो, विद्युत् उत्पादन शुरु

मध्यमस्र्याङ्दीको मर्मत सकियो, विद्युत् उत्पादन शुरु

काठमाडौँ, १७ फागुन । लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देबे्रतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ । आयोजनाका प्रमुख पशुपतिराज गौतमका अनुसार तोकिएको समयभन्दाअगावै छ दिन १० घण्टामा आयोजनाको मर्मत कार्य सम्पन्न भई आज साँझ १८ः३० बजेबाट विद्युत् उत्पादन पुनःशुरु गरिएको छ । प्राधिकरणले मर्मत कार्य सम्पन्न गर्न १० दिन लाग्ने बताएको थियो । मर्मत यही...
धनकुटामा यसरी मनाईयो होली (भिडियोसहित)

धनकुटामा यसरी मनाईयो होली (भिडियोसहित)

धनकुटा, १७ फागुन । धनकुटामा पनि बिहीबार हर्षोल्लासपूर्वक होली पर्व मनाईएको छ । जिल्ला सदरमुकामसहित हिले, सिधुवा, भेडेटार, जीतपुर लगायत स्थानमा बिषेश कार्यक्रम गरेर होली पर्व मनाईएको हो । बालबालिकादेखि युवायुवती र बृद्धबृद्धासम्मले आपसमा रंग दलेर होली पर्व मनाएका छन् । स्थानीय मदन चोकमा द सेभेन यूथ क्लवले होली विशेष कन्सर्ट र हाडी फुटाई कार्यक्रम गरेको छ । भीमसेन थानमा स्टेप धनकुटाले होली विशेष ...
‘दुई अंकको आर्थिक वृद्धिका लागि सरकार अग्रसर’

‘दुई अंकको आर्थिक वृद्धिका लागि सरकार अग्रसर’

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पु¥याउने योजनामा सरकार लागेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आव २०७३/७४ मा भएको ६.९ प्रतिशतको आर्थिक वृद्धिदरलाई बढाएर दुई अंकको आर्थिक वृद्धिदरमा पु¥याइने र समृद्धिको यात्रालाई अगाडि बढाइने बताउनु...
सुँघेरै जाँचिन्छ सीमा नाकामा माछा

सुँघेरै जाँचिन्छ सीमा नाकामा माछा

काँकडभिट्टा, १७ फागुन । पूर्वी नाका काँकडभिट्टामा रहेको एनिमल क्वारेन्टाइन चेक पोस्टका प्रविधिज्ञले भारतबाट आयातित माछालाई छामेर र सुँघुरै जाँच्ने गरेका छन् । अरु धेरै कुरामा प्रविधिको उच्च प्रयोग भइरहे पनि मुलुकको मुख्य नाका मानिएको काँकडभिट्टामा भने स्थापनाकालदेखि नै प्रविधिज्ञले प्रयोगशाला नहुँदा ‘सुँघेर’ र ‘छामेर’ माछाको गुणस्तर जाँच गर्दै आएका हुन् । मेचीनगरका नगरप्रमुख विमल आचार्यले ‘कुन...
एन्फामा सल्लाहकारका रुपमा चियाकी नियुक्त

एन्फामा सल्लाहकारका रुपमा चियाकी नियुक्त

काठमाडौँ, १७ फागुन । जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले अखिल नेपाल फुटबल संघ (एन्फा) मा विज्ञ चियाकी ताकेदालाई फुटबल सल्लाहकारको भूमिका निर्वाह गर्न एक वर्षका लागि नियुक्त गरेको छ । चियाकी ताकेदा यसअघि एन्फामा प्राविधिक निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो । कार्यकाल सम्पन्न भएपछि उहाँलाई नै जाइकाले एक वर्षका लागि सल्लाहकारका रुपमा नियुक्त गरेको जनाएको छ । जाइकाले खेलकूदको क्षेत्...
राष्ट्रपति निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना

काठमाडौँ, १७ फागुन । निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले आज संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । नेपालको संविधान बमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन गर्न आयोगले पाटन उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकि...
सतचालिस कम्पनीले १० अर्ब बढीे बोनस दिने

सतचालिस कम्पनीले १० अर्ब बढीे बोनस दिने

काठमाडौँ, १७ फागुन ।  विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो । चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म बोर्डमा बोनस शेयर घोषणा गर्दै जानकारी गराउने क्रमसमेत बढेको बोर्...
प्रदेश नं १ का प्रदेश प्रमुखद्वारा शुभकामना आदानप्रदान

प्रदेश नं १ का प्रदेश प्रमुखद्वारा शुभकामना आदानप्रदान

विराटनगर, १७ फागुन । होली पर्वको शुभअवसरमा विराटनगरस्थित प्रदेश नं १का प्रदेश प्रमुखको कार्यालयले आज यहाँ शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो । सो अवसरमा प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले कार्यक्रममा सहभागी हुनुभएका महानुभावसँग अबिर खेलेर होली पर्व मनाउनुभयो । उक्त अवसरमा सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, प्रदेशका ...
रंग, यौन र महिला लक्षित गीत गाउँदै भक्तपुरमा फागु

रंग, यौन र महिला लक्षित गीत गाउँदै भक्तपुरमा फागु

भक्तपुर, १७ फागुन । फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर, आपसका वैरभाव बिर्सेर खुशी साटासाट गर्दै मनाइने पर्व हो । तर भक्तपुरमा भने यो पर्व मनाउने प्रसंग बेग्लै रहेको छ । भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको ...
दुई लाख नेपाली महिला दासतापूर्ण यौन शोषणको सिकारमा

दुई लाख नेपाली महिला दासतापूर्ण यौन शोषणको सिकारमा

काठमाडौँ, १७ फागुन । माइती नेपालले जनाए अनुसार दुई लाख नेपाली महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार भइरहेका छन ।  बुधबार हेटौँडामा आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपालले दुई लाख महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार बनेका जनाएको हो । माइती नेपालका अनुसार बेचिएकामध्ये महिला ७० प्रतिशत र बालबालिका ५० प्रतिशत पीडित छन् । प्रत्येक दिन असुरक्षित रूपमा...
पाचौँ नुवाकोट महोत्सव शुरु, दरबार परिसरबाट प्याराग्लाइडिङ

पाचौँ नुवाकोट महोत्सव शुरु, दरबार परिसरबाट प्याराग्लाइडिङ

नुवाकोट, १७ फागुन ।  पाचौँ नुवाकोट महोत्सव बुधबारदेखि शुरु भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवको संयुक्तरुपमा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यहरु हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा तथा ३ नं प्रदेश उपसभामुख राधिका तामाङले अबको पालो आर्थिक विकासको भएकाले महोत्सव त्यसका लागि सहयोगी हुने बताउनुभयो । एघार दिनसम्म चल्ने महोत्सवमा ३ नंं प्रदेशस्तरीय अवलोकनकर्ता सहभागी ग...
मर्यादितरुपमा होली मनाउन चार धर्मगुरुको अपिल

मर्यादितरुपमा होली मनाउन चार धर्मगुरुको अपिल

नेपालगन्ज, १७ फागुन । धर्मगुरुहरुले होली पर्व मर्यादित र शान्तिपूर्णरुपमा मनाउन अपिल गर्नुभएको छ । बाँके जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बुधबार भएको छलफलपछि हिन्दू धर्म गुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना मन्सुर मन्जरी र मौलाना अब्दुल जव्बार र सिख धर्मगुरु राजेन्द्रसिंह सरदारले यस्तो अपिल गर्नुभएको हो । आज र भोलि दुई दिन जिल्लामा मनाइने होली पर्वलाई दृष्टिगत गरी धार्मिक गुरुहरुसँ...
चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी

चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी

मुम्बई, १७ फागुन । गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । भारतीय शहर मुम्बइमा उहाँलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीपूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए । विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उहाँको शवलाई सात किलोमिटर टाढा रहेको अन्त्येष्टि स्थलमा लग...
विप्लव पार्टीको कडा प्रतिक्रिया : ‘प्रचण्ड र ओलीका घरमा पक्राउ पुर्जी टाँस्छौं’ ( प्रेस विज्ञप्तिसहित )

विप्लव पार्टीको कडा प्रतिक्रिया : ‘प्रचण्ड र ओलीका घरमा पक्राउ पुर्जी टाँस्छौं’ ( प्रेस विज्ञप्तिसहित )

काठमाडौं, १७ फागुन ।  नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’को नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको विषयमा कडा प्रतिक्रिया दिएको छ। माघ ५ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वडा प्रहरी कार्यालय चन्द्रौटालाई विप्लवलाई पक्राउ गर्न पठाएको पुर्जी मंगलबार मात्र सार्वजनिक भएपछि बुधबार विप्लवको पार्टीले प्रतिक्रिया दिएको हो। विप्लवको पार्टीका प्रवक्ता प्रकाण्डले हस्ताक्षर गर...
तीन लाखमा बलात्कार मुद्दा मिलापत्र

तीन लाखमा बलात्कार मुद्दा मिलापत्र

काठमाडौं, १७ फागुन । काठमाडौं र इटहरीमा बलात्कार मुद्दा मिलेमतोमा मिलाइएको घटना सेलाउन नपाउँदै मुगुमा पनि बलात्कार मुद्दा तीन लाखमा मिलाइएको छ । मुगुको सोरु गाउँपालिकाकी २० वर्षीया एक युृवती बलात्कृत भएको मुद्दालाई अभियुक्तले प्रहरीमा उजुरी दिनबाट रोकेर मिलापत्र गराइएको हो । गत माघ १५ गते राति आठ बजे भएको घटना पीडित युवतीले अभियुक्त हिक्मत शाहीसहित ६ जनाविरुद्ध बुधबार किटानी जाहेरी दिएपछि मात्रै...
वाम गठबन्धन र फोरमबिच आज पुनः बैठक

वाम गठबन्धन र फोरमबिच आज पुनः बैठक

काठमाडौँ, १७ फागुन । सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच आज सहमति हुन सकेन । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र फोरमका अध्यक्ष उपेन्द्र यादवसहित हिजो साँझ बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्ष पुग्न नसकेको हो । बैठकपछि नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले फोरमसँग संविध...
खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन

खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन

खोटाङ, १७ फागुन ।  खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन भएको छ । रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ गाउँपालिकाको नाम परिवर्तन भएको हो । रुपाकोट मझुवागढी नगरपालिकाको अगाडि ‘दिक्तेल’ र दिप्रुङ गाउँपालिकाको पछाडि ‘चुइचुम्मा’ थपिएको छ । नगरपालिका र गाउँपालिकाले यसअघि नगरसभा र गाउँसभाको पूर्ण बैठकले नाम परिवर्तनका लागि सिफारिश गरेको थियो । नगरसभा र गाउँसभाले सिफारिश गरेबमोजिम संघीय मामिला तथा ...
सरकार-फोरमबीचको वार्ता विनानिष्कर्ष टुंगियो

सरकार-फोरमबीचको वार्ता विनानिष्कर्ष टुंगियो

काठमाडौं, १७ फागुन । सरकार र संघीय समाजवादी फोरमबीचको छलफल विनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको छलफल विनानिष्कर्ष टुंगिएको हो । संविधान संशोधन, सरकारको नीति तथा कार्यक्रम र मन्त्रालय बाँडफाँडसहितका विषयमा केन्द्रित रहेर सरकार र फोरमबीच छलफल भएको थियो । तर, केही विषयमा छलफल बाँकी नै रहेकाले बिहीबार पुनः बस्ने गरी छलफल टुंगिएको माओवादी केन्द्रका नेता नारायणकाजी श...
प्रदेश मन्त्रिपरिषद् विस्तारमा पनि ढिलाइ

प्रदेश मन्त्रिपरिषद् विस्तारमा पनि ढिलाइ

  प्रदेश १ : सरकार विस्तारमा मुख्यमन्त्री राईलाई नै चासो नै छैन काठमाडौं, १७ फागुन । गठन भएको दुई साता भइसक्दा पनि प्रदेश १ को सरकारले पूर्णता पाउन सकेको छैन । सरकार विस्तारमा मुख्यमन्त्री शेरधन राईले नै चासो नदिएको स्रोतको भनाइ छ । आवश्यक कानुन निर्माण भइसकेपछि मन्त्री र मन्त्रालयले परिणाममुखी काम गर्न सक्ने भएकाले सकेसम्म मन्त्रिपरिषद्लाई ढिलै पूर्णता दिने राईको योजना छ । ३ फागुनमा...
प्रधानमन्त्रीद्वारा फागुपूर्णिमाको शुभकामना व्यक्त

प्रधानमन्त्रीद्वारा फागुपूर्णिमाको शुभकामना व्यक्त

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देश दिँदै होली पर्वले नेपालीबीच सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ – “फागुपूर्णिमाले सम्पूर्ण नेपालीमा उत्साह, उमंग ल्याओस् । सम्पूर्ण नेपालीमा हौसला प्...
राष्ट्रपतिबाट होलीको शुभकामना

राष्ट्रपतिबाट होलीको शुभकामना

काठमाडौँ, १७ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) पर्व, २०७४ का अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताउनुभएको छ । जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीले खुशी र हर्षोल्लासपूर्वक रंगमा रमाएर यस पर्व मनाउने गरेको उल्लेख गर्दै उहाँले यस म...
आज फागु पूर्णिमा: हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा: हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ, १७ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकम...
२०७४ फागुन १७ गते बिहीबारको राशिफल

२०७४ फागुन १७ गते बिहीबारको राशिफल

वि.सं. २०७४ साल फागुन १७ गते। बिहीबार। इश्वी सन् २०१८ मार्च १ तारिख। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– चतुर्दशी, ८:१९ बजेदेखि पूर्णिमा, ३०:२९ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुने समय छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोर महसुस हुनेछ...
धनकुटाको होली : ‘लाईभ कन्सट’ देखि महिलालाई ‘फ्री वाईन अफर’ सम्म

धनकुटाको होली : ‘लाईभ कन्सट’ देखि महिलालाई ‘फ्री वाईन अफर’ सम्म

धनकुटा, १६ फागुन । धनकुटाका बिभिन्न स्थानमा बिहीबार भब्य रुपमा होली मनाउँने तयारी गरिएको छ । सदरमुकामका चौक–चौक देखि आसपास क्षेत्रका बजारहरुमा पनि बिषेश कार्यक्रम गरेर होली मनाउँने तयारी गरिएको आयोजक सस्थाहरुले जनाएका छन् । यसैवीच होलीको अबसरमा स्टेप धनकुटाले स्थानीय यूवा समुहहरुको लाईभ कन्सटका साथ स्थानीय जनप्रतिनिधिहरुसंग होली मनाउने भएको छ । सो सस्थाले पत्रकार सम्मेलन गरेर प्रदेश र केन्द्रका प...
error: Content is protected !!