काठमाडौँ, १७ फागुन ।  नेपाल नगरपालिका संघ प्रदेश नंं ३ ले प्रदेश नंं ३ को अस्थायी राजधानी अपायक भएकाले पायकपर्ने ठाउँमा सार्न माग गरेका छन् ।

अहिले सरकारले प्रदेश नंं ३ को अस्थायी राजधानी मकवानपुर जिल्लाको हेटौँडामा राखिएको छ । संघका प्रदेश नं ३ संयोजक भरतबहादुर केसीले विज्ञप्ति जारी गर्दै सबै जिल्लाको समान दूरी र पहँुचको हिसाब हुने ठाउँमा सार्न माग गर्नुभएको छ ।

Advertisement

नेपाल सरकारले हालै मात्र नगरपालिकाका प्रमुख र उपप्रमुख, वडाअध्यक्ष र सदस्यको मर्यादाक्रम मानमर्दन गर्ने किसिमले तोकिएकाले त्यसलाई तत्काल सच्याउन माग गर्दै संघले जारी गरेको विज्ञप्तिमा निर्वाचित जनप्रतिनिधिको सेवा सुविधा तोक्ने समेत आग्रह गरिएको छ ।

प्रदेश कानून बनाइ चाँडै नै जनप्रतिनिधिको सेवासुविधा तोक्न प्रदेश सरकारसँग माग गर्दै संविधानमा संघ र प्रदेश सरकारसँग रहेको साझा अधिकारलाई पनि तत्काल कानून बनाइ स्थानीय सरकारमैत्री बनाउनसमेत संघले विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

यस्तै संघले शिक्षा र स्वास्थ्यमा पठाइएको बजेट कम भएकाले अपुग रकम पठाउन तथा स्थानीय सरकारमा समायोजन हुन बाँकी रहेका कर्मचारी तत्काल पठाउन सरकारसँग आग्रह गरिएको छ ।

सरकारले कर्मचारी समायोजन नहुँदासम्मका लागि अस्थायीरुपमा स्थानीय तहको कार्य सञ्चालनका लागि कर्मचारी खटाएको थियो । तर ती कर्मचारी अझै नपुगेको संघले जनाएको छ ।

यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गरी सो अनुरुप स्थानीय सरकारलाई पर्याप्त हुने रकम उपलब्ध गराउनसमेत संघको माग छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!