काठमाडौं, १७ फागुन । काठमाडौं र इटहरीमा बलात्कार मुद्दा मिलेमतोमा मिलाइएको घटना सेलाउन नपाउँदै मुगुमा पनि बलात्कार मुद्दा तीन लाखमा मिलाइएको छ ।

मुगुको सोरु गाउँपालिकाकी २० वर्षीया एक युृवती बलात्कृत भएको मुद्दालाई अभियुक्तले प्रहरीमा उजुरी दिनबाट रोकेर मिलापत्र गराइएको हो ।

Advertisement

गत माघ १५ गते राति आठ बजे भएको घटना पीडित युवतीले अभियुक्त हिक्मत शाहीसहित ६ जनाविरुद्ध बुधबार किटानी जाहेरी दिएपछि मात्रै सार्वजनिक भएको हो ।

उनले जाहेरीमा माइतीघर आएको बेला शाहीले सुत्ने कोठामा पसेर बलात्कार गरेको उल्लेख गरेकी छन् ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार घटनाको दोस्राे दिन नै सोरुकोट प्रहरी चौकीमा निवेदन दर्ता गराउन जाँदा अभियुक्तकाम आफन्तले बाटोमै रोकेर तीन लाख रुपैयाँ रकम उपलब्ध गराइदिने भन्दै प्रहरी चौकी जानबाट रोकेको पीडितले बताएकी छन् । समाचार अनुसार अभियुक्तबाट तीन लाख रुपैयाँ बुझेको पीडितका आफन्तले स्वीकारेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!