काठमाडौँ, १७ फागुन ।  प्रगतिशील लेखक संघले अन्तर्राष्ट्रिय शक्ति केन्द्रको स्वार्थका कारण सिरियमा हिंसात्मक घटना भई सयौँ निर्दाेष नागरिकको ज्यान गएको भन्दै त्यसको निन्दा गरेको छ ।

संघका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले आज विज्ञप्ति जारी गरी सिरियालाई संयुक्त राज्य अमेरिकालगायत अन्तर्राष्ट्रिय शक्ति केन्द्रको व्यापारिक स्वार्थको क्रिडास्थल बनाइएको जनाउँदै दिगो शान्ति र संवाद गर्न आग्रह गरिएको छ ।

Advertisement

संयुक्त राष्ट्रसंघले युद्ध विरामको गरेको प्रस्तावसमेत निष्प्रभावी भएकोमा चिन्ता व्यक्त गर्दै शान्ति, न्याय र समानताका पक्षपाती विश्वका जनताको चाहनाअनुसार शान्तिको पहल गर्न सबैमा आग्रह गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!