काठमाडौँ, १७ फागुन । माइती नेपालले जनाए अनुसार दुई लाख नेपाली महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार भइरहेका छन ।  बुधबार हेटौँडामा आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपालले दुई लाख महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार बनेका जनाएको हो । माइती नेपालका अनुसार बेचिएकामध्ये महिला ७० प्रतिशत र बालबालिका ५० प्रतिशत पीडित छन् ।

Advertisement

प्रत्येक दिन असुरक्षित रूपमा भारत जाँदै गरेको अवस्थामा माइती नेपालले पाँचदेखि सातजनाको उद्धार गर्दै आएको छ । २५औँ वार्षिक उत्सवका अवसरमा सञ्चालन गरिएको मेची–महाकाली जनचेतनामूलक अभियानको माइती नेपालले बुधबार हेटौँडामा समापन गरेको छ । त्यसक्रममा आयोजित कार्यक्रममा माइती नेपालले विश्वमा हाल २५ लाखभन्दा बढी मानिस बाध्यात्मक वेश्यावृत्तिजन्य यौन शोषणको सिकार भइरहेको जनाएको छ ।

कार्यक्रममा प्रदेश ३ का सांसद सानुकुमार श्रेष्ठले प्रदेश ३ लाई महिला हत्या हिंसामुतm क्षेत्रका रूपमा विकास गर्न सबै लाग्नुपर्ने बताए । महिला तथा बालबालिका बेचबिखनविरुद्ध सक्रिय माइती नेपालले फागुन १० गतेदेखि मेची–महाकाली जनचेतनामूलक अभियान सुरु गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!