पचपन्न वर्षमै एकल महिला (विधवा)लाई भत्ता दिने निर्णयप्रति आपत्ति

पचपन्न वर्षमै एकल महिला (विधवा)लाई भत्ता दिने निर्णयप्रति आपत्ति

काठमाडौँ, १४ माघ।  मानव अधिकारको लागि महिला, एकल महिला समूहले एकल महिला ९विधवा० लाई ५५ वर्षमै भत्ता दिने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समूहले आज प्रेस विज्ञप्ति जारी गरी केही दिनअघिको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको निर्णय र अहिले भइरहेको व्यवस्थालाई ध्यान नदिई एकल महिलालाई ५५ वर्षमै भत्ता दिने भनी गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सर्वोच्...
हनुमानढोका, स्वयम्भू सम्पदामार्गको अध्ययन शुरु

हनुमानढोका, स्वयम्भू सम्पदामार्गको अध्ययन शुरु

काठमाडौँ, १४ माघ। विश्व सम्पदामा सूचीकृत हनुमानढोका र स्वयम्भूलाई सम्पदा मार्गका रुपमा विकास गर्नका लागि त्यस क्षेत्रका जनप्रतिनिधि र युनेस्कोका प्रतिनिधिले आज स्थलगत अध्ययन गरेका छन् । प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठको नेतृत्वमा प्रदेशसभा सदस्य राजेश शाक्य, स्थानीय तहका प्रतिनिधिका साथै युनेस्कोका नेपाल प्रतिनिधि क्रिस्टाइन म्यानहार्टको नेतृत्वमा एक समूहले संयुक्तरुपमा त्यस क्षेत्रको अध्य...
प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडमा एमाले र माओवादी केन्द्रबीच सहमति

प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडमा एमाले र माओवादी केन्द्रबीच सहमति

काठमाडौँ, १४ माघ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडका विषयमा सहमति भएको छ । एमालेको संसदीय दलको कार्यालयमा पार्टी एकता संयोजन समितिद्वारा गठित कार्यदलको आज बसेको बैठकले दुई पार्टीबीच प्रदेशको मुख्यमन्त्री र प्रदेश सभामुख पदको साझा उम्मेदवारी दिने सहमति गरी संयोजन समितिसमक्ष सुझाव पेश गरेको हो । कार्यदलका सदस्य तथा एमाले नेता सु...
दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग

दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग

काठमाडौँ, १४ माघ।  नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले सरकारले हाल पत्रकारका लागि लागू गरेको दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग गरेको छ । नुवाकोटको ककनीमा शुक्रबार र शनिबार बसेको शाखाको विस्तारित बैठकले दुर्घटना बीमाले मात्र पत्रकारको सुरक्षाको प्रत्याभूति नहुने भन्दै जीवन बीमा गर्नुपर्ने शाखा अध्यक्ष सन्तराम बिँडारीले बताउनुभयो । बाह्रबँुदे ककनी घोषणापत्र सार्वजनिक गर्दै शाखाले ...
वर्षेनी तीन हजार नयाँ बिरामी, लुकेर रहेका कुष्ठ प्रभावितको खोजी गरिँदै

वर्षेनी तीन हजार नयाँ बिरामी, लुकेर रहेका कुष्ठ प्रभावितको खोजी गरिँदै

काठमाडौँ, १४ माघ।  कुष्ठरोगको लागेको लुकाउने र औषधि पूर्णरुपमा सेवन नगर्ने कारण नेपालमा कुष्ठरोग प्रभावितको संख्या बढिरहेको पाइएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाले ‘६५औँ विश्व कुष्ठरोग दिवस’ का अवसरमा आज आयोजना गरेको अन्तक्र्रियामा नेपालमा पर्याप्त बजेटको अभावमा लुकेका कुष्ठरोग प्रभावितको खोजी गरी उपचारमा ल्याउन नसकिएको बताइएको थियोे । स्वास्थ्य से...
करिब ५० हजार मेट्रिक टन चिनी अपुग हुने

करिब ५० हजार मेट्रिक टन चिनी अपुग हुने

काठमाडौँ, १४ माघ।  नेपाल चिनी उद्योग संघले यस वर्ष देशभर करिब ५० हजार मेट्रिक टन चिनी नपुग हुने जनाएको छ । मुलुकमा करिब दुई लाख २५ हजार मेट्रिक टन चिनीको माग भएको भए पनि स्वदेशी उत्पादनबाट करिब एक लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन हुने अनुमान गरिएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश केडियाले २० लाख मेट्रिक टन उखु उत्पादन हुने बताउँदै सो परिणाम बराबर रु एक अर्ब १० करो...
राष्ट्रिय सभाका लागि ८ जना सांसद निर्विरोध

राष्ट्रिय सभाका लागि ८ जना सांसद निर्विरोध

काठमाडौं, १४ माघ।  २ नम्बर प्रदेशमा राष्ट्रिय सभाका लागि सबै सांसद निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रियसभा सदस्यका लागि संघीय समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसेनले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै सबै निर्विरोध निर्वाचित भएका हुन् । हुसेनले खुल्ला सदस्यबाट उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारी फिर्तासँगै २ नम्बर प्रदेशका ८ जना सांसद निर्विरोध निर्वाचित भएका हुन् । प्रत्येक प्रदे...
अदुवा भण्डारण गर्ने नयाँ प्रविधि

अदुवा भण्डारण गर्ने नयाँ प्रविधि

सल्यान, १४ माघ। कपुरकोटस्थित राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रले अदुवा भण्डारणका लागि नयाँ प्रविधिको विकास गरेको छ । अदुवा भण्डारणका लागि उचित तरिका अपनाउन नसक्दा २० प्रतिशत अदुवा भण्डारणमै कुहिने भएकाले नयाँ प्रविधिको विकास गरिएको हो । परम्परागत तरिकाबाट अदुवा भण्डार गर्दा टुसा चाँडो उम्रने, ढुसी लाग्ने तथा तौल घट्नेजस्ता समस्या निराकरणका लागि ‘काँचो इँटाको भकारी भण्डारण’को विकास गरिएको उक्...
८ वर्षिया बालिकाको बलात्कार पछि हत्या

८ वर्षिया बालिकाको बलात्कार पछि हत्या

खोटाङ, १४ माघ। खोटाङमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी ८ वर्षीया एक बालिकाको बलात्कार पछि हत्या गरिएको खुलासा भएको छ। स्थानीय चिमचिमा खोलाको बगरमा गाडिएको अवस्थामा बालिकाको शव फेला परेको थियो। घटनाको आशंकामा पक्राउ परेका पाथेकाका १६ वर्षीय जीउधन राईले बालिकाको बलात्कारपछि हत्या गरेर बगरमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। गत माघ १० गते मध्यान्ह हर...
मेक्सिकोमा सातजना फुटबलप्रेमीको हत्या

मेक्सिकोमा सातजना फुटबलप्रेमीको हत्या

मेक्सिको, १४ माघ।  मेक्सिकोमा फुटबल खेल हेरिरहेका व्यक्तिलाई लक्ष्यगरी गोली प्रहार हुँदा कम्तीमा सात जना खेलप्रेमीको मृत्यु भएको छ । अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार यो घटना अघिल्लो वर्ष २५ हजार जनाको हत्यापछिको पहिलो हो । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने औद्योगिक क्षेत्रको रुपमा रहेको मोन्टेरिया लगायतका नगरहरुमा गतवर्ष भएका हिंसामा २५ हजार जनाको ज्यान गएको थियो । टोपी लगाएका कम्ती...
विद्युत् पहुँच नहुँदा गाउँपालिका समस्यामा

विद्युत् पहुँच नहुँदा गाउँपालिका समस्यामा

म्याग्दी, १४ माघ।  धौलागिरि गाउँपालिका केन्द्रीय विद्युत्को पहुँच बाहिर रहेको छ । गाउँपालिकाका सात वटै वडामा केन्द्रीय विद्युत्को पहुँच नपुग्दा गाउँपालिकाको कामदेखि स्थानीयवासी समस्यामा पर्दै आएका छन् । केन्द्रीय विद्युत् नपुगेपछि उज्यालोका लागि सौर्य र लघुजलविद्युत् परियोजना स्थानीयवासीको उज्यालोको स्रोत बने पनि यस्ता स्रोत दिगो नहँुदा स्थानीयवासी अँध्यारामै बस्नुपर्ने बाध्यता रहेको मुदीस्थित बु...
मानवअधिकार विशेष समाधीक्षक सोमबार नेपाल आउँदै

मानवअधिकार विशेष समाधीक्षक सोमबार नेपाल आउँदै

काठमाडौँ, १४ माघ।  नेपाल सरकारको निमन्त्रणामा प्रवासी कामदारको मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जालेस मोरालेस नेपालको आठ दिवसीय भ्रमणमा सोमबार यहाँ आउँदै हुनुहुन्छ । आप्रवासी कामदारको अधिकार र सुविधाप्रति नेपाल सरकार प्रतिबद्ध रहेको तथा उनीहरुको मानवाधिकार संरक्षणमा संवेदनशील रहेको सन्देश उहाँको भ्रमणबाट प्रवाह हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालल...
एघार विमानस्थलको कमाइ मात्रै करोडमाथि

एघार विमानस्थलको कमाइ मात्रै करोडमाथि

काठमाडौँ, १४ माघ। देशभर सञ्चालनमा रहेका कुल २९ विमानस्थलमध्ये ११ वटा विमानस्थलको मात्रै कमाइ रु एक करोडभन्दा माथि छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ वटा विमानस्थलको कमाइ कम हुँदा सञ्चालन खर्च चलाउनसमेत नपुग्ने अवस्थामा रहेको छ । सरकार र राजनीतिक दलले मुलुकका विभिन्न स्थानमा नयाँ विमानस्थल खोल्ने तयारी गरिरहेका बेला सञ्चालनमा रहेका विमानस्थलको कमाइ नै कमजोर देखिएको हो । सञ्चालनमा ...
आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप

आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप

  काठमाडौँ, १४ माघ। राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा परेका छन् । नेपाली क्रिकेट इतिहासमा लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन् । आइपिएलको ११औँ संस्करणका लागि उनलाई दिल्ली डेयर डेभिल्सले आज भारतीय रुपैयाँ २० दिएको छ । सत्र वर्षीय लामिछानेले अब आइपिएलमा नयाँ दिल्लीका लागि खेल्नेछन् । त्यस्तै राष्ट्रिय फुटबल ट...
आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

तेह्रथुम, १४ माघ।  जिल्लाको आठराई गाउँपालिका–२, खाम्लालुङका किसान सुमन खापुङको परिवारले अलँैचीको खेती गर्न थालेको पुस्तौँ बित्यो । यसै खेतीबाटै उहाँको परिवार चलेको छ । खापुङलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो लाग्ने गरेको छ । अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा उहाँलाई असजिलो भएको हो । गाउँमा किसानले ढुंगा, माटोले बनेको परम्परागत भट्टीमा अलैँची सुकाउछन् । खापु...
बम आक्रमणको निन्दा

बम आक्रमणको निन्दा

काठमाडौँ, १४ माघ। नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम आक्रमणको निन्दा गरेको छ । उक्त आक्रमणमा परी कैयौँको ज्यान जानाका साथै धेरै घाइते भएका थिए । परराष्ट्र मन्त्रालयले आज वक्तव्य जारी गरी शोकको यस घडीमा अफगान सरकार, त्यहाँका जनता तथा मृतकका परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै सरकारले उक्त घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उक्त ...
ट्र्याक्टरको ठक्करबाट मृत्यु

ट्र्याक्टरको ठक्करबाट मृत्यु

राजविराज, १४ माघ।  सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ बरहिवीरपुरमा ट्र्याक्टरको ठक्करबाट आज स्थानीयवासी ६५ वर्षीय ठिठर मरिकको मृत्यु भएको छ । सदरमुकाम राजविराजदेखि ११ किमी दक्षिण–पश्चिम भित्री सडकखण्डअन्तर्गत बरहिवीरपुरमा को२त ५५२३ नंको ट्र्याक्टरले उहाँलाई ठक्कर दिँदा गम्भीर घाइते भएकामा उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी...
चुरे कार्यक्रम कार्यान्वयनमा बजेटको कमी

चुरे कार्यक्रम कार्यान्वयनमा बजेटको कमी

काठमाडौँ, १४ माघ। चुरे क्षेत्रको संरक्षणका लागि लागू गरिएको ‘चुरे–तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना’ प्रभावकारी कार्यान्वयनका लागि बिनियोजित बजेट नपुग्ने देखिएको छ । ‘राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति’ ले गुरुयोजना अनुसार काम गर्न सरकारी बजेट अपर्याप्त भएपछि थप सहयोगका लागि साझेदार संस्थासँग छलफल गरिरहेको छ । सरकारले चुरे क्षेत्रमा भइरहेको दोहन नियन्त्रण गर्न २०७१ साउन २...
पनौतीका सम्पदाको संरक्षण शुरु

पनौतीका सम्पदाको संरक्षण शुरु

बनेपा, १४ माघ। काभ्रेपलाञ्चोकस्थित पनौतीको सांस्कृतिक पहिचान, ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्ने अभियान शुरु भएको छ । पनौती गोरखनाथ युवा क्लब र ज्ञान विकास सामुदायिक पुस्तकालयको आयोजनामा आज यहाँ सांस्कृतिक पदयात्रा गरियो । ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्न तिनको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउने र आन्तरिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्य ...
आहा रारा गोल्डकप: त्रिभुवन आर्मी र धरान फुटबल क्लब भिड्दै

आहा रारा गोल्डकप: त्रिभुवन आर्मी र धरान फुटबल क्लब भिड्दै

पोखरा, १४ माघ। पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रौ क्वाटरफाइनलमा आइतबार (आज) त्रिभुवन आर्मी बिरुद्ध धरान फुटबल क्लब भिड्दैछन। खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ। भारतको सिक्किम युनाइटेडलाई ३–० ले पराजित गर्दै धरान फुटबल क्लब र वाई पाएर त्रिभुवन आर्मी क्वाटरफाइनलमा प्रवेश गरेका हुन्। आर्मीले यो सिजन उत्कृष्ठ प्रदर्शन गर्दै आएको छ । यद्यपी शनिबार ...
साउदी अरेबियाका राजकुमार थुनामुक्त

साउदी अरेबियाका राजकुमार थुनामुक्त

रियाद, १४ माघ। भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको समाचार छ । गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुको कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त भएको समाचारमा जनाइएको छ । अर्बपति राजकुमार तलालका साथै अरु पनि त्यस समयमा पक्राउ परेका केही शक्तिशाली व...
मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

भद्रपुर, १४ माघ । झापाको भद्रपुर नगरपालिकामा सञ्चालित ‘नागरिक एफएम’को सक्रियतामासंकलित एक लाख २१ हजार २३० मिर्गाैलापीडित पत्रकार माया पकुवाललाई आज हस्तान्तरण गरिएको छ । झापाबाट प्रकाशन हुँदै आएको ‘वरुण’ साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पकुवाल करिब तीन महिनादेखि दुबै मिर्गाैला खराब भएर सिकिस्त रहेकाले विभिन्न संघसंस्था, समाजसेवी र वैदेशिक रोजगारमा रहेका युवाले सहयोग रकम जुटाइरहेका छन् । रकम ...
५० किलो चरेशसहित पक्राउ

५० किलो चरेशसहित पक्राउ

रोल्पा, १४ माघ। माडीगाउँपालिका– २ घर्तीगाउँबाट आज बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्त रुपमा लागुऔषध बरामद गरेको बताइएको छ । चरेश भेटिएको ठाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि १० मिनेटको दूर...
काबुलमा यस वर्षकै ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते

काबुलमा यस वर्षकै ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते

काबुल, १३ माघ। अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ । काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराइँदा कम्तीमा ९५ जनाको मृत्यु भएको बताइएको छ । घटनामा प...
क्षयरोग पत्ता लगाउन अत्याधुनिक यन्त्र

क्षयरोग पत्ता लगाउन अत्याधुनिक यन्त्र

कञ्चनपुर, १४ माघ। राष्ट्रिय क्षयरोग निवारण केन्द्रले सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट मेशिन शनिबार उपलब्ध गराएको छ । अत्याधुनिक यन्त्र नहँुदा अस्पतालले क्याट एक र क्याट दुई प्रविधिबाट बिरामीको खकार जाँच गरी उपचार गर्दै आएको थियो । “पुरानो प्रविधिबाट क्षयारोग पत्ता लाग्न बढी समय लाग्ने गरेको थियो”, अस्पालका ल्याब टेक्निसियन हर्कबहाद...
आर्थिक अभावले आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प

आर्थिक अभावले आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प

फलेवास, पर्वत, १४ माघ।  विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् । जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको छ । विगत आठ महिनाअघि देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । ५ वर्षअगाडि खरिद गरिएको एम्बुलेन्सका पाटपुर्जा बिग्रिएपछि आठ महिनादेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको अस्पतालले जनाएको छ । प...
राष्ट्रियसभा चुनावः उम्मेदवारको नामावली प्रकाशन आज

राष्ट्रियसभा चुनावः उम्मेदवारको नामावली प्रकाशन आज

काठमाडौं ,१४ माघ। माघ २४ का लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएको आयोगले त्यसको छानबिन सकेलगत्तै नामावली प्रकाशन गर्न लागेको हो । आयोगले शनिबार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्णय गरिसकेको छ ।...
आगलागीबाट २० लाखको क्षति,बालक घाइते

आगलागीबाट २० लाखको क्षति,बालक घाइते

रोल्पा, १४ माघ। रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा शनिबार भएको आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखाँैको क्षति भएको छ । आगलागीबाट नरेन्द्र पुन, नरिमा घर्ती, मनबहादुर पुन, किशोर घर्ती, अमर घर्ती र पवि घर्तीको घर तथा घरसँगै रहेको गोठ जलेर नष्ट भएको छ भने कृष्णवहादुर घर्तीको भान्सा कोठा जलेर नष्ट भएको छ । आगलागी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली, स्थानीय जनता र समुुद...
गाईवस्तुका लागि पनि चक्लेट उत्पादन

गाईवस्तुका लागि पनि चक्लेट उत्पादन

विराटनगर, १४ माघ। मानिसले रुचाउने चक्लेट अब गाईवस्तुका लागि पनि उत्पादन हुन थालेको छ। मोरङको एक उद्योगले गाईवस्तुको दानाका रूपमा चक्लेटउत्पादन गरेको हो। विशेष गरी यो चक्लेट दूध दिने गाईवस्तुका लागि लाभदायी हुने उद्योगको दाबी छ। बजारीकरणसँगै घाँस र दानाको अभाव भएपछि यसलाई परिपूर्ति गर्न आधुनिक दानाका रूपमा गाईवस्तुले खाने चक्लेट उत्पादन गर्न थालिएको हो। मोरङको झोराहाटस्थित कृष्ण दाना उद्योगले के...
मुख्यमन्त्री बन्न एमालेमा हानथाप

मुख्यमन्त्री बन्न एमालेमा हानथाप

काठमाडौं, १४ माघ। प्रदेशसभामा निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौड लागेका छन् । प्रदेशसभा सदस्यको शपथसँगै मुख्यमन्त्रीका आकांक्षीहरूले पार्टीका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन्। केहीले आफूलाई मुख्यमन्त्रीका लागि अनुकूल वातावरण बनाउन दलभित्रैको आन्तरिक समीकरण (गुट) परिवर्तन गरेका छन् । आकांक्षीले विभिन्न माध्यमबाट पनि मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै आएका ...
त्रिविका सबै आंगिक क्याम्पसमा सेमेस्टर प्रणाली सुरु

त्रिविका सबै आंगिक क्याम्पसमा सेमेस्टर प्रणाली सुरु

काठमाडौं, १४ माघ। त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहको पढाइ हुने सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु भएको छ । केन्द्रीय विभागहरूबाट सुरु गरिएको सेमेस्टर प्रणालीअनुसार नै अहिले आंगिक क्याम्पसमा भर्ना लिन थालिएको छ । त्रिवि पदाधिकारीहरूले जिल्ला–जिल्लामा अभिमुखीकरणसमेत गर्दै आएका छन् । झापामा खुलेको कृषि क्याम्पससहित त्रिविमा अहिले ६० वटा आंगिक क्याम्पस छन् । ३९ वटा केन्द्रीय वि...
error: Content is protected !!