सैन्य शक्तिमा नेपाल ९७ औं स्थानमा

सैन्य शक्तिमा नेपाल ९७ औं स्थानमा

काठमाडौ, २६ फागुन  । सैन्य शक्तिको हिसाबले नेपाल विश्वको ९७ औ स्थानमा परेको छ । सन् २०१७ मा विश्वभरका एक सय ३३ मुलुकको सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा नेपालले गत वर्ष भन्दा सुधार गरेको छ । काठमाडाैं । नेपाल गत वर्ष ९८ औं स्थानमा थियो । विश्वभरका आधुनिक हतियार र सैन्य शक्तिको विश्लेषण तथा अनुसन्धान गर्ने संस्था ‘ग्लोबल फायर पावर’ (जीएफपी ) ले यस्तो वर्गीकरण गर्ने गर्छ। वर्ग...
बालिका बलात्कार गर्न खाज्ने भारतीय पक्राउ

बालिका बलात्कार गर्न खाज्ने भारतीय पक्राउ

रुपन्देही, २८  फागुन । रुपन्देहीमा बालिका बलात्कारको प्रयास गरेको भन्दै एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सास्कृतिक नगरपालिका–१०, बस्ने १२ वर्षीय बालिकालाई लुम्बिनी विकास कोषको झाडी भित्र बलात्कार गर्न खोजेको आरोपमा भारतको बरेलीपुरका २४ वर्षीय मोहम्मद रसिदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बगैंचाभित्र फूल टिप्न लागेको बेला रसिदल...
नुवाकोट महोत्सवमा दुई करोडको कारोबार

नुवाकोट महोत्सवमा दुई करोडको कारोबार

त्रिशूली, नुवाकोट, २८ फागुन । ‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका साथ विदुरमा सञ्चालन भएको पाँचौँ नुवाकोट महोत्सव आइतबार सम्पन्न भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा फागुन १६ गतेबाट शुरु भएको महोत्सव १२ दिनपछि आइतबार समापन गरिएको हो । समापन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले महोत्सवले जिल्लाको आर्थिक गतिविधि र व्यावसायिक विस्तारमा सकारात्मक...
दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल फोन वितरण

दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल फोन वितरण

मंगलबारे, इलाम, २८ फागुन । नेत्रहीन संघ इलामले दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड फोन वितरण गरेको छ । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका १९ जना दृष्टिविहीन भएका विद्यार्थीलाई मोबाइल फोन वितरण गरिएको हो । एक्सन डिसेबल राइट एण्ड डेभेलपमेन्ट नेपालको सहयोगमा विद्यार्थीलाई मोबाइल वितरण गरिएको संघका अध्यक्ष पदम सुब्बाले बताउनुभयो । उनीहरुलाई पढाइमा सहयोग गर्ने उद्देश्यले मोवाइल वितरण गरिएको बताइएको ...
शक्तिशाली बन्दै सी, आजीवन पदमा बस्न सक्ने

शक्तिशाली बन्दै सी, आजीवन पदमा बस्न सक्ने

बेइजिङ (चीन), २८ फागुन ।  चीनको ‘नेशनल पिपुल्स कंग्रेस’ले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गरेको छ । सन् २०२३ सम्म रहेको चिनियाँ राष्ट्रपति सी चिन पिङले कहिलेसम्म चीनको राष्ट्रपति बन्नुहुनेछ भन्ने सीमाअवधि संविधान संशोधनसँगै हटेको छ । गएको फेब्रुअरीको अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकालको समयसीमा...
भारतले सौर्य उर्जाबाट सन् २०२२ सम्म १०० गिगावाट विद्युत उत्पादन गर्ने

भारतले सौर्य उर्जाबाट सन् २०२२ सम्म १०० गिगावाट विद्युत उत्पादन गर्ने

नयाँ दिल्ली, २८ फागुन । भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्झौता सम्मेलन (आइएसए) को उद्धघाटन समारोहमा भन्नुभयो, “भारतले आगामी पाँच बर्षभित्र १७५ गिगावाट विद्युत निकाल्ने र यसमध्ये १०० गिगावाट बिजुली सौर्य उर्जाबाट उत्पादन गर्ने घोषणा गर्ने योजना ल्याएको छ ।” भारत...
साढे ९ हजारले रोजे स्वेच्छिक अवकाश

साढे ९ हजारले रोजे स्वेच्छिक अवकाश

काठमाडौं, २८ फागुन ।  स्वेच्छिक अवकाशका लागि निवेदन दिने निजामती कर्मचारीको संख्या ९ हजार ५ सय ९१ पुगेको छ । आइतबार साँझसम्मको रेकर्डमा स्वेच्छिक अवकाश लिने कर्मचारीको अन्तिम सूची ९ हजार ५ सय ९१ पुगेको संघीय तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयकी सहसचिव नीता पोखरेलले स्वेच्छिक अवकाश लिने कर्मचारीको सूचना संकलन आइतबार साँझ पूरा भएको बताइन् । उनले भनिन्, ‘आइतबारसम्म हामीले देशभरब...
चट्याङ लागेर महिलाको मृत्यु

चट्याङ लागेर महिलाको मृत्यु

उर्लाबारी, मोरङ, २८ फागुन । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा गए राति चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । वर्षासँगै परेको चट्याङ लागेर ३२ वर्षीया गीता घिमिरेको मृत्यु भएको हो । घरको बरण्डामा बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी उनको पथरीशनिश्चरेस्थित पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर मृतककी देउरानी ३० वर्षीया मेनुका घिमिरे र छिमेकी ...
रेल सेवा अध्ययन गर्न भारतीय टोली नेपाल आउँदै

रेल सेवा अध्ययन गर्न भारतीय टोली नेपाल आउँदै

काठमाडौं, २८ फागुन। रेल सेवा अध्ययन गर्न भारतीय टोली नेपाल आउँदै कान्तिपुर दैनिकका अनुसार राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन् । भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी सोमबार अध्ययनका लागि नेपालगन्ज आउन लागेका हुन् । उनीहरूले नेपाली अधिकारी र स्थानीयसित भेटेर अन्तर्क्रिया गर्नेछन् । भारतीय अधिकारीले रुपैडिहास्थित रेल स्टेसनबाट अध...
चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा

चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा

काठमाडौं, २८ फागुन। केही महिना अघिसम्म पापड र चटपट बनाएर बिक्री गर्ने ‘भोलेबाबा’ भनिने झाँक्री रामबहादुरले घोडाघोडी नगरपालिकाको देउकलिया गाउँलाई पूरै अन्धविश्वासमा डुबाइदिएका छन्। टायल लगाएको सानो घरको आँगन पछिल्लो दुई महिनादेखि उनको कमाउने भाँडो बनेको छ । आफ्नै आँगनमा भोलेबाबाको मन्दिर स्थापना गरेर उनले त्यसमा ठूलो त्रिशूल राखेका छन् । त्यो त्रिशूल भोलेबाबाले सपना दिएको बताउँदै उनले गाउँलेलाई भ्...
साइकलमा च्याउ डुलाउने बाबुराम कार चढ्छन्

साइकलमा च्याउ डुलाउने बाबुराम कार चढ्छन्

रत्ननगर, चितवन,२८ फागुन।  चितवनको कालिका नगरपालिका वडा नं ३ पदमपुरका बाबुराम केसीले एउटा झुप्रोबाट च्याउ खेती शुरु गर्नुभएको थियो । विसं २०५६ मा च्याउ खेती शुरु गर्नुभएका केसी अहिले छ कट्ठामा च्याउ लगाउनुहुन्छ । साइकलमा च्याउ डुलाउनुहुन्थ्यो, अहिले गाडीमा हिँड्छन् । च्याउ बेचेरै जग्गा समेत जोडेका छन् । कन्ने र गोब्रे च्याउ लगाउँदै आउनुभएका उहाँ दैनिक औसत १०० किलो च्याउ उत्पादन गर्नुहुन्छ । ‘यही...
ब्याजदरको झगडाले सेयर बजारमा पहिरो

ब्याजदरको झगडाले सेयर बजारमा पहिरो

काठमाडौं, २८ फागुन।  सेयर बजारलाई अर्थमन्त्रीले ‘अनुत्पादक क्षेत्र’ भन्ने संज्ञा दिएको भन्दै घटेको भनिएको बजार पुनः लयमा फर्किए पनि यसले स्थायित्व पाउन भने सकेन । वित्तीय क्षेत्रमा देखिएको ब्याजदरको लडाइँले सेयर बजार पुनः प्रभावित भएको छ । सरकारले सेयर बजारलाई सकारात्मक सम्बोधन गर्ने आशामा रहेका लगानीकर्ता आइतबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदै गर्दा भने आशावादी हुन सकेनन् । बजार खुलेद...
सडक बनेको आठ वर्षपछि दिक्तेल–खार्मी नियमित बस सेवा शुरु

सडक बनेको आठ वर्षपछि दिक्तेल–खार्मी नियमित बस सेवा शुरु

खोटाङ, २८ फागुन ।  दिक्तेलबाट खार्मीसम्म नियमित बस सेवा शुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा खोटाङ यातायात व्यवसायी संघले आइतबारबाट नियमित बस सेवा शुरु गरेको हो । सडक मर्मत उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा खार्मीका स्थानीयवासीले बस र चालकलाई फूलमाला र अबिरले स्वागत गरेका थिए । दिक्तेलबाट १५ किलोमिटर टाढा पर्ने खार्मीका लागि नियमित बस सेवा जिल्ला समन्वय समितिका प...
नौ हजार कर्मचारी बिदा गर्दा ३० अर्ब आर्थिक भार

नौ हजार कर्मचारी बिदा गर्दा ३० अर्ब आर्थिक भार

काठमाडौं, २८ फागुन । सिंहदरबारको शक्ति गाउँगाउँ पुर्‍याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकैपटक नौ हजार ५९१ अनुभवी कर्मचारी घर फर्कंदै छन् । प्रदेश र स्थानीय तहमा जाँदैनौँ भन्ने कर्मचारीलाई सरकारले सात वर्षको तलब सुविधासहित भव्य बिदाइ गर्दै छ । प्रदेश र स्थानीय तहमा जान अनिच्छुक कर्मचारीलाई बिदाइ गर्न राज्यले करिब ३० अर्ब खर्च गर्नुपर्नेछ । प्रदेश र स्थानीय तहलाई संस्थागत गर्...
महायज्ञबाट एक करोड २५ लाख सहयोग

महायज्ञबाट एक करोड २५ लाख सहयोग

विराटनगर, २८ फागुन । सरकारको स्मार्ट सिटी र ई–लाइब्रेरीको सोचलाई साकार बनाउन विष्णुमाया पुस्तकालय विराटनगरले उक्त कार्यको शुरुवात गर्न लागेको छ । आधुनिक सामुदायिक भवन सहितको ई–लाइबे्ररी सञ्चालन गर्न यही फागुन २० देखि २७ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा दाताहरुले एक करोड २५ लाख बराबरको नगद र जिन्सी सामग्री सहयोग गरेका छन् । विसं २०२४ मा विराटनगर–१ स्थित पाँच कट्ठा जग्गाम...
२०७४ फागुन २८ गते सोमबारको राशिफल

२०७४ फागुन २८ गते सोमबारको राशिफल

वि.सं. २०७४ साल फागुन २८ गते। सोमबार। इश्वी सन् २०१८ मार्च १२ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– दशमी, ११:३० बजेउप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। परिस...
पुराना सवारी हटाउने सरकारी निर्णयको ब्यावसायीबाट विरोध, आन्दोलन चर्काउने चेतावनी

पुराना सवारी हटाउने सरकारी निर्णयको ब्यावसायीबाट विरोध, आन्दोलन चर्काउने चेतावनी

धनकुटा, २७ फागुन । कोशी पहाडका ट्याक्सी ब्यावसायीहरुले पुराना सार्वजनिक सवारी साधन हटाउने सरकारी निर्णय नमान्ने चेतावनी दिएका छन् । सरकारले चैत १ गतेबाट २० बर्ष नाघेका सार्वजनिक सवारी देशभरबाट हटाउने अब्यवहारिक निर्णय गरेको भन्दै सार्वजनिक कोशी पहाडी यातायात ट्याक्सी ब्यावसायी संघ धनकुटाले आईतवार हिलेमा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । सरकारले पुराना सवारी साधनलाई विना राहत पत्रु बना...
धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटा, २७ फागुन । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगामा आईतवार अपरान्ह चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर मुर्तिढुंगाका ५७ बर्षीय खम्वासिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बर्षासँगै परेको चट्याङ लागेर तामाङको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारीपछि सिधुवाबाट प्रहरी घटनास्थल गएको थियो ।आईतवार धनकुटामा चट्याङसहित असिना पानी परेको थियो ...
संसद्मा उठ्यो कैलाली घटनाका दोषीमाथि कारबाहीको माग

संसद्मा उठ्यो कैलाली घटनाका दोषीमाथि कारबाहीको माग

काठमाडौँ, २७ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कैलाली घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको निर्मम यातनामा संलग्नलाई कडा कारबाही हुनुपर्नेमा संसद्मा आज विशेष महत्व पाएको हो । एक्काइसौँ शताब्दीमा पनि महिलामाथि बोक्सीको आरोपमा कुटपिट भएको र दुव्र्यवहार भएको भन्...
प्रधानमन्त्री ओलीलाई २०८ सांसदको मत

प्रधानमन्त्री ओलीलाई २०८ सांसदको मत

काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २०८ सांसदको विश्वासको मत प्राप्त गर्नुभएको छ । विपक्षमा ६० मत परेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आजको बैठकमा जम्मा २६८ सांसद उपस्थित हुनुहुन्थ्यो । नेपाली काँग्रेसका...
मुख्यमन्त्री पोखरेललाई प्रदेशसभामा सुविधाजनक बहुमत

मुख्यमन्त्री पोखरेललाई प्रदेशसभामा सुविधाजनक बहुमत

बुटवल, २७ फागुन ।  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा ५ को आज बसेको पाँचौँ बैठकमा मुख्यमन्त्री पोखरेलले मत विभाजनबाट प्राप्त मतका आधारमा सुविधाजनक मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाका मत विभाजनमा ८४ जना सदस्यमध्ये उहाँको पक्षमा ६६ मत परेको र यस्तै विपक्षमा प्रतिपक्षी दल नेपाली काँग्रेसका १८ जनाले मतदान परेको सभामुख पूर्णबहादुर घ...
पीडित युवतीको उपचार खर्च सरकारले व्यहोर्छ: मुख्यमन्त्री भट्ट

पीडित युवतीको उपचार खर्च सरकारले व्यहोर्छ: मुख्यमन्त्री भट्ट

धनगढी, २७ फागुन।  प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बोक्सीको आरोपमा कुटपिटमा परेकी कैलालीकी युवतीको उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ । सेती अञ्चल अस्पताल धनगढीमा उपचार गराइरहेकी २० वर्षीया राधा चौधरीलाई आज भेटेर उनको स्वास्थ्य उपचारबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले पीडकलाई कानूनअनुसार कारबाही गरिने बताउनुभयो । “यो विकृति हो, यस्ता घटना दोहोरिन न...
बीस वर्ष पुराना सवारी साधन जफत गरिने

बीस वर्ष पुराना सवारी साधन जफत गरिने

काठमाडौँ, २७ फागुन । सरकारले आगामी चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी हटाउन गरेको निर्णय यातायात व्यवसायीले नमान्ने भएका छन् । यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले “जनताको सेवा रोक” भन्न नसकिने जनाएको छ । रासससँग कुरा गर्दै महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले फलामको आयु तोक्ने सरकारको निर्णय गलत भएको बताउनुभयो । “सरकारले सरोकार भएका न...
समाजवादी फोरम प्रधानमन्त्री ओलीका पक्षमा

समाजवादी फोरम प्रधानमन्त्री ओलीका पक्षमा

काठमाडौँ, २७ फागुन । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । संघीय संसद् भवनमा आज बसेको फोरम संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीका पक्षमा मतदान गर्ने निर्णय गरेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । फोरमको निर्णयसँगै प्रधानमन्त्री ओलीले दुई तिहाइभन्दा बढी मत प्राप्त गर्ने देखिएको छ । राष्ट्रिय जनता पार्टी नेपालले पनि प्रध...
एनआईसी प्रकरणः बैंकर्स संघको निर्णयमा यातायात सिन्डिकेट झल्को

एनआईसी प्रकरणः बैंकर्स संघको निर्णयमा यातायात सिन्डिकेट झल्को

काठमाडौं, २७ फागुन । हालै एनआईसी एशिया बैंकले मुद्दति निक्षेपमा १२ र बचतमा १० प्रतिशत व्याजदर प्रस्ताव गरेसँगै बैंकर्स संघमा आबद्ध अन्य बैंकहरु रुष्ट बने । उनीहरु एनआइसीसँग अन्तरबैंक कारोबार रोक्ने भन्दै प्रतिवादमा उत्रिएका छन् । तर, २७ वटा बैंकले एउटा बैंकबिरुद्ध चालेको यो कदमले बैंकिङ क्षेत्रमा सिन्डिकेट लाद्न खोजिएको विज्ञहरुले बताएका छन् । ‘आन्तरिक जे जस्ता कारण भए पनि एनआइसी एशियालाई एक्ल...
माछापालनबाट मनग्य आम्दानी

माछापालनबाट मनग्य आम्दानी

बागलुङ, २७ फागुन । बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसान सन्तबहादुर श्रीसले व्यावसायिक माछापालनबाट सफलता हात पार्नुभएको छ । माछा बेचेर श्रीसले गत वर्ष रु एक लाख आम्दानी गर्नुभयो । विसं २०७० मा सानो पोखरीबाट शुरु गर्नुभएका श्रीसले अहिले डेढ रोपनीमा फैलिएका तीनवटा पोखरीमा माछापालन गर्दै आउनुभएको छ । “पाँच सय भुरा राखेर माछा पाल्न शुरु गरेँ, कमाइ हुने देखेपछि विस्तारमा लागेँ”, ४० वर्षीया श्रीसल...
प्रमका पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्वीप

प्रमका पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्वीप

काठमाडौँ, २७ फागुन । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को संयुक्त संसदीय दलले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । संसदीय दलको आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले दुवै दलका सबै संसद्लाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएको हो । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम छ । उहाँ यह...
जिम्मेवारी पूरा गर्न कसर बाँकी राखिने छैनः नेपाली सेना

जिम्मेवारी पूरा गर्न कसर बाँकी राखिने छैनः नेपाली सेना

गाईघाट, उदयपुर, २७ फागुन।  प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना आफ्नो कर्तव्यपथमा अडिग रहेर जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सधैँ तयार रहेको बताएका छन । उदयपुरस्थित नेपाली सेनाको १८ नं बाहिनी भुल्केमा आज आयोजित भूपू सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु हाम्रो परम कर्तव्य रहेको बताउँदै भन्नुभयो, “राष्...
एउटै विद्यालयमा दुई प्रधानाध्यापक

एउटै विद्यालयमा दुई प्रधानाध्यापक

फलेवास, पर्वत, २७ फागुन ।  शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन् । कुश्मा नगरपालिका– ११ स्थित वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुईजना छुट्टाछुट्टै प्रधानाध्यापक रहँदै आएका छन् । एक वर्षअघि विद्यालयका प्रधानाध्यापक देवराज पौडेल कालि...
पहिलो पटक दौरा सुरुवाल लगाएर महराको शपथग्रहण

पहिलो पटक दौरा सुरुवाल लगाएर महराको शपथग्रहण

काठमाडौं, २७ फागुन। सभामुख कृष्णबहादुर महराले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले पद तथा  गोपनियताको सपथ लिएका हुन् । महरा शनिबारको प्रतिनिधिसभा बैठकबाट  सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । शपथग्रहण गर्न महरा दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका थिए । माओवादी शान्ति प्रक्रियामा आएदेखि लगातार मन्त्री र सां...
भोजपुरमा एक दम्पति मृत फेला

भोजपुरमा एक दम्पति मृत फेला

भोजपुर, २७ फागुन । भोजपुरको दक्षिणी रामप्रसाद राई गाउँपालिका-६ वैकुण्ठेमा एक दम्पति मृत भेटिएका छन् । तीन दिन अघिदेखि वेपत्ता भएका ४२ वर्षीय प्रेमकुमार राई घरदेखि करिब २ सय मिटर टाढा आफ्नै पेन्टको बेल्टको पासो लगाएर झुण्डिएको र बेल्ट चुँडिएर घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । घटनास्थल पुगेर प्रहरीले श्रीमानको मुचुल्का तयार गर्दै गर्दा उनकी ३९ वर्षी...
error: Content is protected !!