०७४ चैत १३ गते मंगलबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

०७४ चैत १३ गते मंगलबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

वि.सं. २०७४ साल चैत १३ गते। मंगलबार। इश्वी सन् २०१८ मार्च २७ तारिख। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– एकादशी, २४:२९ बजेउप्रान्त द्वादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको याद...
आदेश नआए पनि स्वेच्छिक अवकाशको काम चालु

आदेश नआए पनि स्वेच्छिक अवकाशको काम चालु

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितले स्वेच्छिक अवकाश नदिने भनिरहेका बेला मन्त्रालयले भने स्वेच्छिक अवकाशको कामलाई अगाडि बढाएको छ । मन्त्रालयले स्वेच्छिक अवकाश दिने कर्मचारीको नामावलीको अन्तिम रुप तयार गरेको छ । माथिबाट स्वेच्छिक अवकाशको काम रोक्नू भन्ने आदेश नआएकाले अवकाशको कामकारबाही भइरहेको स्वेच्छिक अवकाश एकाइका प्रमुख धर्मर...
यस्तो छ, प्रदेश ४ मा मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीको सेवा सुविधा

यस्तो छ, प्रदेश ४ मा मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीको सेवा सुविधा

पोखरा, १२ चैत । प्रदेश नं. ४ का मुख्यमन्त्री, मन्त्रीसहित प्रदेशसभाका पदाधिकारी तथा सदस्य र स्थानीय तहका पदाधिकारी तथा सदस्यको पारिश्रमिक एवं सेवा सुविधासम्बन्धी विधेयक आज प्रदेशसभामा प्रस्तुत भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले मुख्यमन्त्री तथा मन्त्रीले पाउने पारिश्रमिक तथा सुविधाका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमि...
भ्रामक समाचार लेख्नेलाई १० बर्ष जेल सजाय  दिने प्रस्ताव

भ्रामक समाचार लेख्नेलाई १० बर्ष जेल सजाय दिने प्रस्ताव

क्वालालम्पुर, १२ चैत।  मलेसियाको सरकारले भ्रामक समाचार लेख्नेलाई बढीमा दश बर्ष जेल सजाय दिने कानुन बनाउने प्रस्ताव गरेको छ । प्रधानमन्त्री नाजिब रजाकले आफु भ्रामक समाचारबाट धेरै पिडित भएको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि यस्तो कानुन आवश्यक रहेको बताए  । प्रस्तावित कानुनको मस्यौदा सोमबार संसदमा प्रवेश गरेको छ । आम निर्वाचन अगाडी नै त्यो कानुन बनिसक्ने अपेक्षा सरकारले गरेको छ । भ्रामक समाचारक...
इयरफोन लगाएर मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

इयरफोन लगाएर मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

नवलपरासी, १२ चैत्र । इयरफोन लगाएर मोबाइल चार्ज गर्दै गर्दा कावासोतीमा एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका-१ रिठ्ठेपानी निवासी २६ वर्षीय यमबहादुर राना मगर विहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । प्रहरीका अनुसार राति मोबाइल चार्जमा जोडेर मोबाइलबाट कानमा इयरफोन लगाएर सुतेका उनको करेन्ट लागेर मृत्यु भएको हो । बिहान घरको आफन्तले अबेरसम्म...
पार्टी एकता सम्मानजनक र समानताका आधारमा हुन्छ– अध्यक्ष दाहाल

पार्टी एकता सम्मानजनक र समानताका आधारमा हुन्छ– अध्यक्ष दाहाल

काठमाडौँ, १२ चैत। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले नेकपा(एमाले) र आफ्नो पार्टीबीच समानताका आधारमा सम्मानजनक एकता हुने बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “दुईवटा राजनीतिक विचार र कार्यदिशा भएका राजनीतिक पार्टीबीचको एकता हुने भएकाले सम्मानजनक र समानताका आधारमा हुन्छ र यो एकता प्रक्रियाल...
साँगुरीगढीलाई रामनवमी कप भलिबलको उपाधि (भिडियोसहित)

साँगुरीगढीलाई रामनवमी कप भलिबलको उपाधि (भिडियोसहित)

धनकुटा, १२ चैत । धनकुटाको हिलेमा सञ्चालित १३ औं रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि साँगुरीगढी गाउँपालिकाले हात पारेको छ । फाईनल खेलमा नेपाल आर्मीको २ नं वाहिनी हिलेलाई सोझो सेटमा हराउँदै साँगुरीगढीले उपाधि जितेको हो । सागुरीगढी गाउँपालिकाले २ नम्बर बाहिनीलाई १४-२५, २१-२५ र २०-२५ ले पराजित गरेको हो । जीतसंगै सागुरीगढीले ५१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता आर्मीले...
खोर्सानी होममा श्रद्धालुको बढ्दो चाप

खोर्सानी होममा श्रद्धालुको बढ्दो चाप

विराटनगर, १२ चैत ।  मोरङको बेलबारी नगरपालिका–६ मा सञ्चालित ‘खोर्सानी होम’ आज सम्पन्न भएको छ । विगतका वर्ष झैँ यस वर्ष पनि मोरङको बेलबारी नगरपालिका–६ सोमबारे जीतपुरस्थित याशोक्यानी भगवती मन्दिर परिसरमा सञ्चालित चर्चित खोर्सानी होममा १०० किलोभन्दा बढीको खोर्सानीको आहुति दिइने गरिन्छ । साधक गोपाल कोइरालाले विगत १३ वर्षदेखि खोर्सानीबाट हवन गर्दै आउनुभएको हो । चैते दशैँ अवधिभरि विभिन्न धार्मिक अन...
मदन भण्डारी स्पोर्टस एकेडेमी सेमिफाइनलमा

मदन भण्डारी स्पोर्टस एकेडेमी सेमिफाइनलमा

बुटवल, १२ चैत । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं ५ को आयोजनामा यहाँ जारी मोफसलको सर्वाधिक राशिको तेस्रो मदन भण्डारी नक आउट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आजको खेलबाट मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल रामनगरस्थित मानवज्ञान माविको मैदानमा भएको कडा प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँ...
बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

हेटौँडा, १२ चैत । मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट आज अपराह्न एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राप्ती नदी किनारामा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिनुभयो । घाइते दुईमध्ये एक जना ३६ वर्षीय राजकुमार अर्याल रहेका तर ...
कम्प्युटर भन्दा धेरै मेमोरी भएको स्मार्टफोनआउँदै

कम्प्युटर भन्दा धेरै मेमोरी भएको स्मार्टफोनआउँदै

स्मार्टफोन निर्माताहरु आफ्नो डिभाइसमा एक्सक्लूसिभ फिचर्स तथा स्पेसिफिकेसन्स दिनका लागि कडा मेहेनत गरिरहेका हुन्छन् । यस्तै नयाँ फिचर्सको सूचिमा सामेल हुनेवाला छ, हुवावेको पी २० स्मार्टफोन । यसअघि नै सार्वजनिक भएको खबर अनुसार यस स्मार्टफोनमा तीनवटा मुख्य रियर क्यामरा हुनेछन् । हालै यस फोनको बारेमा अर्को नयाँ तथ्यको पनि खुलासा भएको छ । समाचार अनुसार यस स्मार्टफोनमा ५ सय १२ गिगाबाइटको इनबिल्ट स्टो...
प्रदेश १ का मुख्य न्यायाधीवक्ता आर्चायले लिए शपथ

प्रदेश १ का मुख्य न्यायाधीवक्ता आर्चायले लिए शपथ

विराटनगर, १२ चैत । प्रदेश १ का मुख्य न्यायाधिवक्तामा नियुक्त भएका चुडामणि आर्चायले सोमवार पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश १ का प्रदेश प्रमुख डा.गोविन्दबहादुर तुम्बाहाङले प्रदेश प्रमुखको कार्यालयमा न्यायाधिवक्ता आर्चायलाई मुख्य न्यायाधिवक्ताको पद तथा गोपनियाताको सपथ खुवाएका हुन । मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख तुम्बाहाङले आचार्यलाई दुई साता अघि मुख्य न्यायाधिवक्ता निय...
डा.सुनिल शर्माको मनकारीपन: क्यान्सर पीडितलाई घरैमा पुगेर एक लाख सहयोग (भिडियो रिपोर्टसहित)

डा.सुनिल शर्माको मनकारीपन: क्यान्सर पीडितलाई घरैमा पुगेर एक लाख सहयोग (भिडियो रिपोर्टसहित)

विराटनगर, १२ चैत । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल सञ्चालक डा.सुनिल शर्माले क्यान्सर पीडित विरामीलाई घरैमा पुगेर आर्थिक सहयोग गरेका छन् । स्तन क्यान्सरबाट पीडित मोरङको सुन्दरहरैचाकी ३२ बर्षीया नन्दकुमारी मगरको उपचारका लागि डा.शर्माले एक लाख आर्थिक सहयोग गरेका हुन् । सुन्दरहरैचा–१० बरपिपल टोल स्थित मगरको घरमै पुगेर शर्माले नगद हस्तान्तरण गरी उपचारमा साथ दिएका हुन् । गत मंसिर महिना...
भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु

भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु

नयाँ दिल्ली, १२ चैत ।  भारतको तेलंगनामा सडक दुर्घटनामा परी कम्तीमा पनि १० जना यात्रुको ज्यान गएको समाचार छ । प्राप्त समाचारअनुसार उक्त राज्यको मेन्दोरा भन्ने क्षेत्रमा सडकमा गुडिरहेको एक अटो रिक्सा सडकबाट खोँचमा खस्दा त्यसमा रहेका १० जना यात्रुको ज्यान गएको हो । आइतबार साँझ सो दुर्घटना भएको यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ । उक्त राज्यको राजधानी हैदराबादबाट करिब १७० किलोमीटर टाढा सो द...
संसद्मा इयु निर्वाचन प्रतिवेदनको विरोध

संसद्मा इयु निर्वाचन प्रतिवेदनको विरोध

काठमाडौँ, १२ चैत ।  प्रतिनिधिभसाको आजको बैठकमा सांसदहरुले युरोपेली संघ (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ । बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा निर्माण भएको संविधानका प्रावधानमाथि प्रहार हुने गरी इयुले प्रतिवेदन जारी गरेको भन्दै आपत्ति जनाउनुभयो । उ...
दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, १२ चैत । धितोपत्र बजार आज करिब ५२ अंकले ओरालो लागेको छ । बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो । बजार नराम्ररी आरालो लागेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने आज ४७ करोड ३३ लाख ९५ हजार ४११ को भएको छ । आज कूल १५७ कम्पनीको १५ लाख ५८ हजार ८०४ कित्ता शेय...
रणनीतिक महत्वका बीस प्रसारण लाइन समस्यामा

रणनीतिक महत्वका बीस प्रसारण लाइन समस्यामा

काठमाडौँ, १२ चैत । नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका २० प्रसारण लाइन निर्माणको काम आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेपनि कार्यप्रगति भने कछुवाको गतिमा रहेको पाइएको छ । राष्ट्रियरुपमा विद्युत् उपलब्ध गराउन र निर्माणाधिन आयोजनाको विद्युत् उपभोक्ताको घर, आवास तथा औद्योगिक क्षेत्रसम्म पु¥याउन महत्वपूर्ण मानिएका त्यस्ता प्रसारण लाइनमा साझा समस्या रहेका छन् । पटक/पटक सरकारको तर्फबाट...
वीरगन्ज नाकाको व्यापार घाटा दुई खर्ब ५९ अर्ब

वीरगन्ज नाकाको व्यापार घाटा दुई खर्ब ५९ अर्ब

पर्सा, १२ चैत । दशकै प्रमुख भन्सार नाका वीरगन्जको व्यापार घाटा चालु आर्थिक वर्षको आठ महिनामा  दुई खर्ब ५० अर्बभन्दा बढी पुगेको छ । आर्थिक वर्ष २०७४/७५ को साउनदेखी फागुनसम्मको आठ महिनामा वीरगन्ज नाकाबाट रु दुई खर्ब ५८ अर्ब ९९ करोड ८८ लाख मुल्यको विभिन्न मालवस्तु नेपाल भित्रिएको छ भने रु सात अर्ब ८० करोड ५३ लाख मुल्यको नेपाली उत्पादन निर्यात भएको छ । गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट निर्यातको ...
उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

काठमाडौँ, १२ चैत। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराउनुभएको हो । उहाँ यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।
एसइई परीक्षा: सिरहामा दुईजना परीक्षा निरीक्षक पक्राउ

एसइई परीक्षा: सिरहामा दुईजना परीक्षा निरीक्षक पक्राउ

लहान, १२ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै सिरहाकोे छुट्टाछुट्टै परीक्षा केन्द्रबाट दुई निरीक्षकलाई पक्राउ गरिएको छ । परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले चन्द्रउदयपुर मावि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक यमुना राउत रसोनवर्षा मावि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक शैलेश यादवलाई प...
एशियन कप छनोट नेपाल र यमन भिड्ने

एशियन कप छनोट नेपाल र यमन भिड्ने

काठमाडौँ, १२ चैत । एएफसी एशियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले भोलि प्रतिद्वन्द्वी यमनको टोलीसंग सामना गर्ने भएको छ । कतारको दोहास्थित सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिगमा नेपालले विजय लक्ष्यका साथ यमनको सामना गर्नेछ । समूह ‘एफ’मा रहेको नेपाल भने यसअघि नै समूह चरणबाट बाहिरिइसकेको छ । नेपालको लागि उक्त खेल प्रतिष्ठाका लागिमात्र हुनेछ । यसअघ...
एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा

एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा

सुर्खेत, १२ चैत।  बिहीबारदेखि देशभर माध्यमिक शिक्षा परीक्षा एसइई सञ्चालन भइरहेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित तोस्रा माविमा अध्ययनरत जनक विक यस पटकको एसइई परीक्षाका परीक्षार्थी हुनुहुन्छ । पढिरहेको विद्यालयबाट अर्को विद्यालयमा गएर परीक्षा दिनुपर्ने भएपछि उहाँ निकै तनावमा हुनुहुन्छ । परीक्षालाई मर्यादित बनाउन भन्दै सरकारले होमसेन्टरबाट परीक्षा दिन नपाइने नियम लगाएपछि उहाँ जस्तै हजा...
नेटवर्किङ व्यापारको नाममा ठग्ने दुई विदेशी पक्राउ

नेटवर्किङ व्यापारको नाममा ठग्ने दुई विदेशी पक्राउ

काठमाडौँ, १२ चैत। अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने भारतका तरसेम शर्मा र बंगलादेशका राहत हसन राणालाई चैत ७ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो । शर्मा र राणाले फोरक्स अनलाइन मनी मार्केट कम्पनीमा रहेको वेस्टर्न एफएक्स कम्पनीको नेपाली एजेण्ट भएको भन्दै ठगी गरेको अनुसन्धान...
संघीय संसदमा राष्ट्रपतिको सम्बोधन १५ गते

संघीय संसदमा राष्ट्रपतिको सम्बोधन १५ गते

काठमाडौँ, १२ चैत । मन्त्रिपरिषद्को आजको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ । निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो । आज बालुवाटारमा सम्पन्न बैठकपछि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन । यसैगरी बैठकले प्रधानमन्त्रीको प...
इयु निर्वाचन प्रतिवेदनमा काँग्रेसको आपत्ति

इयु निर्वाचन प्रतिवेदनमा काँग्रेसको आपत्ति

काठमाडौँ, १२ चैत । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन इयुको निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ । आजको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले इयु निर्वाचन प्रर्यवेक्षण प्रतिनिधिमण्डलमाथि काँग्रेसले आधिकारीक धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभएको थियो । इयु निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वा...
स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ

स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ

काठमाडौँ, १२ चैत । नेपाल स्की संघले भारतमा हुन लागेको अन्तर्राष्ट्रिय स्नोबोर्ड च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । भारतको हिमाञ्चल प्रदेशमा यही चैत १७ र १८ गते हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट महानजङ्ग पाण्डे र रञ्जन केसीले प्रतिष्पर्धा गर्नुहुने संघले जनाएको छ । सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ जान लागेको हो । उक्त टोलीलाई सांसद जीवनराम श्रेष्ठ...
साढे नौ लाखबराबरको अवैध सामग्री बरामद

साढे नौ लाखबराबरको अवैध सामग्री बरामद

इलाम, १२ चैत । अवैधरूपमा भन्सार छलेर नेपाल भित्र्याइएको नौ लाख मूल्यबराबरको सामान पूर्वी इलामको सूर्योदय नगरपालिकाको तीनघरेबाट प्रहरीले आइतबार बरामद गरेको छ । दुईवटा पिकअपमा सीमापारी भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइएको चाउचाउ, चिसो पेय पदार्थ, मदिराजन्य पदार्थलगायतका करिब साढे नौ लाख मूल्य बराबरको सामग्री तीनघरे प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले बरामद गरेको हो । प्रहरीले ...
स्वदेशमै रोजगारीका लागि डेढ करोडको लगानीमा ‘ग्रेट वान पेवेलियन’

स्वदेशमै रोजगारीका लागि डेढ करोडको लगानीमा ‘ग्रेट वान पेवेलियन’

रत्ननगर, चितवन, १२ चैत ।  स्वदेशमा रोजगारी सिर्जना गर्न विदेशमा बस्ने नेपालीद्वारा स्थापना गरिएको युथ भिजन इन्भेष्टमेन्ट कम्पनीले  १ करोड ५० लाखको लगानीमा चितवनमा नयाँ परियोजना ‘ग्रेट वान पेभेलियन’ (उत्कृष्ट एक भण्डार) सञ्चालनमा ल्याएको छ । युवालाई स्वदेशमै रोजगारी दिलाउने लक्ष्यसहित हरेक मानिसलाई चाहिने कपडा एकै ठाउँमा उपलब्ध गराउन चितवनको नारायणगढस्थित ‘मिलन मार्केटमा’ सम्पूर्ण कपडाको भण्डारक...
पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

लहान, १२ चैत ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहामा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका–४ महादेवका ३५ वर्षीय राजीवकुमार चौधरी र साइकलयात्री सुरुङ्गा नगरपालिका–८ का ३० वर्षीय महेश ठाकुर रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प १९७७ नंको मोटरसाइकलले ...
रुसको ‘सपिङ्ग मल’ मा आगलागी हुदा ४८ को मृत्यु

रुसको ‘सपिङ्ग मल’ मा आगलागी हुदा ४८ को मृत्यु

मस्को, १२ चैत । रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ (किनमेल केन्द्र) मा आइतबार आगलागी हुदा कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आगलागीमा परी ४५ व्यक्ति घाइते भएका छन् । आगोको मुस्लोका कारण ६४ जना अझै बेपत्ता छन् । बेपत्ता रहेकामा ४१ जना बालबालिका पनि परेका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन । सो सपिङ्ग मलमा रहेका करिब १२० व्यक्तिलाई भने सुरक्षित स्...
देशभरका विद्यालयमा पहेंलो रंग लगाउन सरकारको निर्देशन

देशभरका विद्यालयमा पहेंलो रंग लगाउन सरकारको निर्देशन

काठमाडौं, १२ चैत । देशभरका विद्यालय भवनलाई पहेंलो रंगले रंग्याउनुपर्ने भएको छ । विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रंग लगाउन शिक्षा विभागले निर्देशन दिएको हो । सरकारले यसअघि विद्यालयका बसहरु पनि पहेंलो रंगको हुनुपर्ने नियम बनाएको छ । शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक भवनहरुमा प्रयोग हुने रंग सम्बन्धी निर्देशिका २०६९ जारी गरेको थियो । तर, यसको पालना...
error: Content is protected !!