एजेन्सी

स्मार्टफोन निर्माताहरु आफ्नो डिभाइसमा एक्सक्लूसिभ फिचर्स तथा स्पेसिफिकेसन्स दिनका लागि कडा मेहेनत गरिरहेका हुन्छन् ।

यस्तै नयाँ फिचर्सको सूचिमा सामेल हुनेवाला छ, हुवावेको पी २० स्मार्टफोन ।

Advertisement

यसअघि नै सार्वजनिक भएको खबर अनुसार यस स्मार्टफोनमा तीनवटा मुख्य रियर क्यामरा हुनेछन् । हालै यस फोनको बारेमा अर्को नयाँ तथ्यको पनि खुलासा भएको छ ।

समाचार अनुसार यस स्मार्टफोनमा ५ सय १२ गिगाबाइटको इनबिल्ट स्टोरेज हुनेछ । अर्थात् यस स्मार्टफोनका प्रयोगकर्ताले अब एउटा कम्प्युटरमा हुनेजत्तिकै स्टोरेज आफ्नो गोजीमा अटाउन सक्नेछन् ।

अहिलेसम्म स्मार्टफोनमा उपलब्ध अधिकतम स्टोरेज भनेको २५६ जिबी हो । त्यसैले ५१२ जिबी स्टोरेज रहेको हुवावेको पी ट्वान्टी स्मार्टफोन विश्वमा सबैभन्दा धेरै स्टोरेज भएको स्मार्टफोन पनि बन्नेछ । यस स्मार्टफोनमा ६ जिबीको र्याम हुनेछ ।

यदि हुवावेले ५१२ जिबी मेमोरीयुक्त स्मार्टफोन ल्याएमा अन्य स्मार्टफोन निर्माताले पनि यही ट्रेण्ड अपनाउने अपेक्षा गरिएको छ । अघिल्लो वर्ष एप्पलले फेस आइडी फिचरयुक्त आइफोन ल्याएसँगै अन्य केही स्मार्टफोन कम्पनीले त्यसको सिको गरेका थिए । फूल स्क्रिन डिस्प्लेको मामिलामा पनि यस्तै भयो । एलजी फूल स्क्रिन डिस्प्ले प्रविधियुक्त स्मार्टफोन ल्याउने पहिलो कम्पनी थियो । अहिले त बजेट स्मार्टफोनमा पनि यो फिचर हुने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!