अनलाइनखबर

विराटनगर, १२ चैत । प्रदेश १ का मुख्य न्यायाधिवक्तामा नियुक्त भएका चुडामणि आर्चायले सोमवार पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेश १ का प्रदेश प्रमुख डा.गोविन्दबहादुर तुम्बाहाङले प्रदेश प्रमुखको कार्यालयमा न्यायाधिवक्ता आर्चायलाई मुख्य न्यायाधिवक्ताको पद तथा गोपनियाताको सपथ खुवाएका हुन ।

Advertisement

मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख तुम्बाहाङले आचार्यलाई दुई साता अघि मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।

मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

उच्च अदालतका न्यायाधीस सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार हो ।

मुख्य न्यायाधिवक्ता आचार्य ०७४ सालमा बरिष्ठ अधिवक्ता भएका थिए । ०४४ सालदेखि जनता ल क्याम्पसमा प्राध्यापनसमेत गरेका उनी २०४६ सालमा अधिवक्ता भएका हुन ।

उनी०५७ सालमा नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष र मोरङ बारका अध्यक्षसमेत भइसकेका छन् । मुख्य न्यायाधिवक्ता आर्चाय एमाले निकट कानुन व्यवसायी हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!