नवलपरासी, १२ चैत्र । इयरफोन लगाएर मोबाइल चार्ज गर्दै गर्दा कावासोतीमा एक जनाको मृत्यु भएको छ ।
कावासोती नगरपालिका-१ रिठ्ठेपानी निवासी २६ वर्षीय यमबहादुर राना मगर विहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।
प्रहरीका अनुसार राति मोबाइल चार्जमा जोडेर मोबाइलबाट कानमा इयरफोन लगाएर सुतेका उनको करेन्ट लागेर मृत्यु भएको हो ।
बिहान घरको आफन्तले अबेरसम्म किन उठेन भनेर खोज्दा मृत्य अवस्थामा भेटिएका थिए ।