- संगालोखबर सम्वाददाता

धनकुटा, १२ चैत । धनकुटाको हिलेमा सञ्चालित १३ औं रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि साँगुरीगढी गाउँपालिकाले हात पारेको छ । फाईनल खेलमा नेपाल आर्मीको २ नं वाहिनी हिलेलाई सोझो सेटमा हराउँदै साँगुरीगढीले उपाधि जितेको हो । सागुरीगढी गाउँपालिकाले २ नम्बर बाहिनीलाई १४-२५, २१-२५ र २०-२५ ले पराजित गरेको हो ।

जीतसंगै सागुरीगढीले ५१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता आर्मीले ३१ हजार नगदमा चित्त बुझाएको छ । जिल्लाको खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता बृद्धिका लागि भलिबल प्रतियोगिता गरिएको आयोजक हिले भलिबल क्लवका अध्यक्ष योगेन्द्र शाहीले जानकारी दिए ।

प्रतियोगितामा धनकुटाका ७ वटै स्थानीय तह र नेपाल आर्मी २ नम्बर बाहिनी हिले गरी आठ टिमले उपाधिका लागि प्रतिस्प्रधा गरेका थिए ।

भिडियो हेर्नुहोस्…

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!