प्रहरीले नै लुटे तस्करीको सुन !

प्रहरीले नै लुटे तस्करीको सुन !

काठमाडौं, १३ चैत ।  काठमाडौं प्रहरी परिसर मातहतको महानगरीय प्रहरी वृत्त, गौशालाका दुई जना प्रहरी तस्करीको सुन लुटेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी हवल्दार विश्वराज कुसुवा र प्रहरी जवान विष्णुबहादुर आले छन् । उनीहरु गस्ती टोलीमा खटिएका थिए । तस्करीको दुई वटा सुनको बाला लुटेको आरोपमा उनीहरुलाई सोमबार गौशाला बृत्तले पक्राउ गरी परिसरमा बुझाएको हो । काठमाडौं प्रहरी परिसर  र महानगरी...
शेयर बजारमा सुधार: ३९ अंकले बढ्यो नेप्से

शेयर बजारमा सुधार: ३९ अंकले बढ्यो नेप्से

काठमाडौँ, १३ चैत । सोमबार ५२ अंकले ओरालो लागेको शेयर बजार आज थामिएर ३९.१६ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ८.०९ बिन्दुले बढेर २५७.७४ बिन्दुमा पुगेको छ । आज कूल १६६ कम्पनीको १५ लाख ११ हजार ६४० कित्ता शेयर रु ५० करोड ६१ लाख २६ हजार मूल्यमा कारोबार भएको छ । व्यापार उपसूचकबाहेक अरु सबै उपसूचक उकालो लागेका छन् । व्यापार समूह ३....
स्थानीय तहमा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत

स्थानीय तहमा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत

काठमाडौँ, १३ चैत । स्थानीय तहको सेवालाई प्रभावकारी बनाउन स्थानीय तह करारमा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७४ स्वीकृत भएको छ । स्थानीय तहबाट हुने कामलाई प्रभावकारी तथा नियमित सेवा प्रवाह गर्न स्थानीय तहलाई तुरुन्तै कर्मचारीको आवश्यकता परेकाले कार्यविधि स्वीकृत गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले आज जारी गरेको विज्ञप्तिमा भ...
जनयुद्धकी लडाकु राईको गोलीको छर्रा निकाल्न सहयोगको याचना

जनयुद्धकी लडाकु राईको गोलीको छर्रा निकाल्न सहयोगको याचना

पाँचथर, १३ चैत ।  सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँड्नुभएकी एक पूर्व लडाकुले उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभिरमा जन्मिएकी अनुपा राईले १५ वर्षअघि लागेको गोली अहिलेसम्म पनि शरीरमै बोकेर हिँडिरहनुभएको छ । युद्धकालमै पाँचथर हिलिहाङ गाउँपालिका–७, सुभाङका तत्कालीन लडाकु मनकुमार राईसँग पार्टीभित्रै विवाह गर्नुभएकी अनुपा अ...
१८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयो

१८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयो

काठमाडौँ, १३ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ । मन्त्रालयले खटाएकामध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका नगरपालिकामा खटाएको हो । रिक्त रहेका १८ गाउँपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाको शाखा कार्यालयका लागि शाखा प्रमुखकारूपमा कर्मचारी खटाइएको मन्त्रालयका कर्मचारी प्रशा...
डिपिएल क्रिकेट: महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो

डिपिएल क्रिकेट: महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो

काठमाडौँ, १३ चैत । धनगढी प्रिमियर लिग (डिपिएल) दोस्रो संस्करणको टि–ट्वेन्टी प्रतियोगिताका लागि महेन्द्रनगर युनाइटेडले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने उक्त प्रतियोगिताका लागि महेन्द्रनगरले दिल्लीका पुनित विष्ट र पुनित मेहरालाई अनुबन्ध गरेको हो । विष्टले दिल्ली डेयरडेभिल्सको टोलीबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलिसकेका छन् । उनी दायाँ हाते...
शौचालयको ढल महाकालीमै

शौचालयको ढल महाकालीमै

दार्चुला, १३ चैत । ‘घर घरमा शौचालय समुदायको सान, सन् २०१६ सम्म खुला दिसामुक्त दार्चुला हाम्रो अभियान’ मूल नाराका साथ थालिएको खुला दिसामुक्त अभियान दुई वर्ष ढिलाइ हुँदासमेत पूरा हुन सकेको छैन । जिल्लाको सरसफाइ रणनीतिक योजनाअनुसार सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भई सक्दासमेत सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको बजार क्षेत्रका दर्जनौँ घरघुरीले सिधै महाकाली नदीमा शौचालयको ढल मिसाएका कारण ज...
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ

अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ

क्यानबेरा, १३ चैत । अमेरिका र युरोपका केही देशहरुले रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरिरहेको अवस्थामा यस्तो मुलुकको सूचीमा पछिल्लो समयमा अष्ट्रेलिया पनि थपिएको जनाइएको छ । बेलायतले त्यहाँ एकजना पूर्व रुसी गुप्तचर कर्मचारीमाथि मस्तिष्कमा नै असर पार्ने खालको विषाक्त प्रकृतिको वस्तुको प्रयोगगरी हमला गरिएको आरोपमा बेलायतले पनि रुसी कूटनीतिज्ञलाई निकाला गरेको थियो । अष्ट्रेलियाका प्रधानमन्त्री माल्क...
‘सत्रु गते’ हेरेपछि झलनाथले गरे मह जोडीको प्रशंसा

‘सत्रु गते’ हेरेपछि झलनाथले गरे मह जोडीको प्रशंसा

काठमाडौं, १३ चैत। शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सत्रु गते’लाई लिएर दर्शक मात्र होइनन्, राजनीतिज्ञहरु पनि उत्साहित देखिएका छन् । प्रदर्शनको चौथो दिन यो चलचित्र हेर्न पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल हल पुगे । काठमाण्डौको बागबजारमा रहेको सिटी म्याक्स हलमा उनीसहित नेताहरु भिम रावल, देवेन्द्र पौडेल, ठाकुर गैरे, जीवनराम श्रेष्ठ पुगेका थिए । खनालले चलचित्र हेर्ने इच्छा व्यक्त गर...
नेपालमा पहिलो पटक भेन्डिङ उपकरण

नेपालमा पहिलो पटक भेन्डिङ उपकरण

काडमाडौँ, १३ चैत । काठमाडौँ महानगरपालिकाभित्र प्लाष्टिकजन्य वस्तु प्रयोग गर्दै हुनुहुन्छ ? भेन्डिङ उपकरणमा फोहर राख्नुस् पैसा लिनुस् । प्लाष्टिकजन्य वस्तु प्रयोग गरेपछि निस्कने फोहर वस्तुलाई थप व्यवस्थापन र पुनः प्रयोग गर्नका लागि भेन्डिङ उपकरणको उपयोगसंगै नयाँ अवधारणाका साथ कामपा अघि बढ्न लागेको हो । पछिल्लो समय प्लाष्टिकजन्य फोहरबाट शहर प्रदूषित भएकाले आगामी दिनदेखि त्यसलाई नियन्त्रण गर्न नि...
महोत्तरी जिल्ला भन्सार कार्यालयमा आसीकुडा प्रणाली लागू

महोत्तरी जिल्ला भन्सार कार्यालयमा आसीकुडा प्रणाली लागू

गौशाला, १३ चैत । महोत्तरीको जिल्ला भन्सार कार्यालय जलेश्वरमा आजदेखि आसीकुडा प्रणाली लागू भएको छ । जिल्ला भन्सार कार्यालयले आजदेखि उक्त नाकाबाट आयात निर्यात हुने सम्पूर्ण सामानको प्रज्ञापन पत्रको कामकाज आसीकुडा प्रणालीबाट शुरु गरेको प्रमुख भन्सार अधिकृत केशवकुमार भण्डारीले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले एक कार्यक्रमबीच जलेश्वर भन्सारमा आसीकुडा प्रविधिको उद्घाटन गरे । सो ...
फुटबल खेलाडी विमलकी बहिनीको हत्या आरोपि चौधरीलाई सफाई

फुटबल खेलाडी विमलकी बहिनीको हत्या आरोपि चौधरीलाई सफाई

नवलपरासी, १३ चैत । राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्यामा आरोपित आशिष भनिने रुद्रनारायण चौधरीले सफाइ पाएका छन् । मनिषाको मृत्युको कारण झुण्डिएर भएको पृष्टि भएको छ । विसं २०७३ जेठ १३ गते बिहान मनिषा आफ्नै घर बर्दघाट–८ मा मृतावस्थामा भेटिएपछि उनकै प्रेमी आशिषले उनको हत्या गरेको भन्दै नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उक्त अदालतले गरेको फैसलामा दोष...
शनिबारदेखि विराट गोल्ड कप शुरु हुने

शनिबारदेखि विराट गोल्ड कप शुरु हुने

विराटनगर, १३ चैत । आउँदो शनिबारदेखि विराटनगरमा ऐतिहासिक ‘गोल्ड कप फुटबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलमा पहिलो पल्ट अपराह्न र राति हुने प्रतियोगिता शहीद मैदानमा यही चैत १७ देखि २६ गतेसम्म साँझ ६ बजेदेखि बेलुकी ८ बजेसम्म हुने भएको छ । शहीद रंगशालाको मैदानलाई प्रकाशमय बनाउने कार्य हुँदैछ । फलामको खम्बा महँगो पर्ने भएकाले सोको विकल्पमा बाँसका खम्बामा सौर्य ऊर्जा जडान गर्न भारतको ...
ललितपुरमा महिलाजस्तै पुरुष स्वयंसेवक

ललितपुरमा महिलाजस्तै पुरुष स्वयंसेवक

ललितपुर, १३ चैत ।  राज्यले मान्यता नदिए पनि  १०० पुरुष स्वयंसेवकले महिला स्वयंसेवकले जस्तै घर घर पुगेर स्वास्थ्य सेवा दिइरहेका छन् । महिलाहरु मात्र स्वास्थ्य सेवा दिन घर घरमा जान सक्ने अवस्था नहुँदा पुरुष स्वास्थ्यकर्मीले स्वयंसेवकका रुपमा काम गर्न थालेका हुन् । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले पुरुष स्वास्थ्यकर्मीले तीन दशकअघिदेखि अहिलेसम्म निरन्तर सेवा गरिरहेको बताए । तीन...
नेपाल र युनेस्कोबीचको सहकार्य बीसौँ वर्षमा प्रवेश

नेपाल र युनेस्कोबीचको सहकार्य बीसौँ वर्षमा प्रवेश

काठमाडौँ, १३ चैत । नेपाल र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) बीचको साझेदारी २०औँ वर्षमा प्रवेश गरेको छ । बीस वर्षअघि राजधानीको एउटा होटलमा एक व्यक्तिबाट शुरु भएको युनेस्कोको कार्यालय आज तीसभन्दा बढी कर्मचारीको कार्यस्थलमा रुपान्तरण भएको छ । युनेस्कोले नेपाल सरकारसँगको सहकार्यमा शिक्षा, विज्ञान, संस्कृति र सञ्चार तथा सूचनासँग सम्बन्धित सरकारी नीति एवं कार्यक्र...
हेगनले खिंचेका तस्वीरको प्रदर्शनी शुरु

हेगनले खिंचेका तस्वीरको प्रदर्शनी शुरु

भक्तपुर, १३ चैत। स्विजरल्याण्डका भूगर्भविद डा टोनी हेगनले १९५० को दशकमा नेपालमा रहँदा काठमाडौँ उपत्यकामा खिचेका तस्वीरको प्रदर्शनी सोमबार साँझदेखि  शुरु भएको छ । भक्तपुर नगरपालिका गछेँस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा शुरु भएको प्रदर्शनीको सोमबार साँझ टोनीकी छोरी केट्रिन हेगनले उद्घाटन द्घाटन गरिन्  । काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुरलगायतका पुरातात्विक सम्पदा, ऐ...
बाँसको भाटाले हानेर श्रीमतीको हत्या

बाँसको भाटाले हानेर श्रीमतीको हत्या

खोटाङ, १३ चैत । बाँसको भाटाले हानेर खोटाङमा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले ५० वर्षीया श्रीमती आइसरी राईको हत्या गरेका हुन् । घरायसी विवादमा सोमबार साँझ श्रीमान्/श्रीमतीबीच झगडा हुँदा श्रीमान्ले हानेको बाँसको भाटाले लागेर श्रीमतीको मृत्यु भएको जिल्ला प्...
पोर्चुगलमा नेपाली महोत्सव हुने

पोर्चुगलमा नेपाली महोत्सव हुने

लिस्बन, १३ चैत ।  युरोपेली मुलुक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ ।  नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलोपटक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको हो । राजधानी लिस्बनस्थित मार्तिम मुनिज पार्कमा संघले यहीे १५ अप्रिलमा नेपाली महोत्सव गर्न लागेको हो । प्रवासमा नेपाली कला र लोक संस्कृतिको संरक्षण, संवद्र्धन, प्रवद्र्धन एवं नेपाली पर्यटनको प्रचारप्रसार...
प्रचण्डलाई बाबुरामको जवाफ : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस्

प्रचण्डलाई बाबुरामको जवाफ : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस्

नेपालगञ्ज, १३ चैत।  नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले र माओवादीवीचको एकतालाई प्रचण्डको राजनीतिक आत्महत्याको संज्ञा दिएका छन् । नेपालगञ्जमा सम्पन्न नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षणात्मक लुम्बिनी बैठकको भाव सम्प्रेषण कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले आफुले ‘आत्महत्या’ गर्न नसक्ने पनि बताएका छन् । उनले आफूले विगतमा समाजव...
दुई सैनिक पोखरीमा मृत फेला

दुई सैनिक पोखरीमा मृत फेला

मोरङ, १३ चैत । पूर्वी पृतना हेडक्वाटरमा दुई सैनिकको मृत्यु भएको छ । पोखरीमा डुबेको अवस्थामा भरत बिक र दोलख जंग गएराति ९ बजे मृत फेला परेका हुन् । उनीहरुलाई पोष्टमार्टमका लासिग बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको इटहरीका डिएसपी सन्जय राउतले जानकारी दिए । मृतकको ठेगाना र पद भने खुलाइएको छैन । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।
फेसबुकबाट फेलापर्यो मुख्यमन्त्रीको हराएको घोडा

फेसबुकबाट फेलापर्यो मुख्यमन्त्रीको हराएको घोडा

५ महिनाअघि हराएको मुख्यमन्त्रीको घोडा फेसबुकको माध्यमबाट फेला परेको छ । घटना भारतको हो । पञ्जाबका मुख्यमन्त्री हरचरण सिंह बराडको झण्डै १० लाख भारु मूल्य पर्ने घोडा ५ महिना अघि हराएको थियो । मुख्यमन्त्रीकी बुहारीको घोडा फार्ममा उक्त घोडा राखिएको थियो । तर त्यहाँबाटै अचानक उक्त घोडा हरायो । तर एकदिन मुख्यमन्त्रीका छोरा तेगवीर सिंहले फेसबुक पेजमा आफ्नो हराएको घोडाको तस्वीर देखे । चण्डीगढस्थित एक ...
आइपीएलमा १५ मिनेट नाच्न रणवीर सिंहलाई पाँच करोड

आइपीएलमा १५ मिनेट नाच्न रणवीर सिंहलाई पाँच करोड

काठमाडौं, १३ चैत। ‘पद्मावत’ को सफलतासँगै बलिउड अभिनेता रणवीर सिंहको चर्चा चुलिएको छ । सो फिल्ममा उनले निभाएको अलाउद्दिन खिलजीको भूमिकालाई निकै रुचाइयो । रणवीर यतिबेला भारतभर ‘डिमान्डेड’ बनेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनपछि सुरु हुने इन्डियन प्रिमियर लिग क्रिकेटको उद्घाटन समारोहमा उनको प्रस्तुति हुने तय भएको छ । र, यसका लागि उनले मोटो पारिश्रमिक पनि पाएका छन् । रणवीरलाई करिब १...
वडा सदस्यको घर जल्दा १५ लाखको क्षति

वडा सदस्यको घर जल्दा १५ लाखको क्षति

फलेवास, पर्वत, १३ चैत ।  पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा सोमबार साँझ आगलागी भएको छ । भुकताङ्लेको मोहोरियामा रहेको उहाँको दुईतले घरमा साँझ ७ः३० बजे आगो लागेको हो । आगालागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, नगद जलेर नष्ट भएको छ । एक्कासि आगो सल्किएपछि कुनै पनि सामान निकाल्न नपाएको वडाध्यक्ष गौप्रसाद गुरुङले जानकारी दिनुभयो । पौडेलको घरमा उहाँकी आमा विष्णुमत...
८५ वर्षीय कैदीको उपचारका क्रममा मृत्यु

८५ वर्षीय कैदीको उपचारका क्रममा मृत्यु

महोत्तरी, १३ चैत । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहेका ८५ वर्षीय एक कैदीको सोमबार उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको साविक फुल्काहा गाविस–४ हाल गौशाला नगरपालिका बस्ने ८५ वर्षीय सोनफी दास मुसहर रहेको जलेश्वर कारागारका जेलर शोभेन्द्र ठाकुरले बताए। नकबजनी चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशानुसार २०७४ जेठ ९ गतेदेखि १ वर्ष १५ दिनको कैद काट्दै आएका कैदी मुसहर चैत ६ ग...
२७ महिनायताकै न्यून बिन्दुमा झर्‍यो नेप्से

२७ महिनायताकै न्यून बिन्दुमा झर्‍यो नेप्से

काठमाडौं, १३ चैत । लामो समयदेखि निरन्तर घट्दै आएको सेयर बजार परिसूचक नेप्से सोमबार ५१ अंकले घटेको छ । सोमबार कारोबार सुरु भएको पहिलो ४० मिनेटमा नै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार अधिकतम ५६ अंकले घटेको थियो । तर, अन्त्यमा झिनो अंकले सुधारिएपछि ५१ दशमलव ८९ अंकले घटेर १ हजार १ सय ६८ बिन्दुमा बजार बन्द भएको छ । यो २०७२ पुस २७ गतेयताकै न्यून बिन्दु हो । धेरै दिन ओरालो लागेको बजार सोमबार ...
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा पनि विवादमा

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा पनि विवादमा

काठमाडौं, १३ चैत। पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाउने क्रममा समेत विवाद देखिएको छ । न्यायपरिषद्ले पराजुलीको अवकाश २०७४ साउन २१ मा भएको जनाउँदै गत फागुन ३० गते उनलाई अवकाशपत्र दिएको थियो । स्वयं पराजुलीले भने प्रधानन्यायाधीशकै हैसियतले चैत १ लाई कायम गर्न निर्देशन दिएपछि विवाद देखिएको हो । छिटो अवकाश हुने प्रमाणपत्र लुकाएर पदावधि लम्ब्याएका पराजुलीले आफ्नो पेन्सनसमेत ७ महिना ९...
सुटुक्क थपियो मेलम्ची सुरुङको म्याद

सुटुक्क थपियो मेलम्ची सुरुङको म्याद

काठमाडौं, १३ चैत। मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको म्याद थप भएको छ । सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता मिति ०७४ चैत १२ सम्म रहेकोमा निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क समय थपिदिएको गोरखापत्रमा समाचार छ । समितिले ७९ दिन थपिदिएर सुरुङ सम्पन्न गर्ने म्याद २०७५ जेठ ३१ पुर्‍याएको छ । सम्झौताअनुसार निर्माण कम्पनीले काम गर्न नसकेपछि समितिले ...
एकीकृत पार्टीमा १० तहका कमिटी, दुई रातमा बन्यो विधान

एकीकृत पार्टीमा १० तहका कमिटी, दुई रातमा बन्यो विधान

काठमाडौं, १३ चैत। एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने भएका छन् । एकताका लागि गठित संगठन र विधानसम्बन्धी कार्यदलले सोमबार एकीकृत पार्टीमा १० तहका कमिटी रहने सांगठनिक संरचनामा सहमति गरेको हो । दुवै पार्टीका नेताको व्यवस्थापन गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बनाउने सहमतिसमेत भएको छ । दुवै पार्टीका नेताको व्यवस्थापन गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बनाउने सहमतिसमेत भएको छ । पर...
को-को थपिए रातो पासपोर्ट पाउने ?

को-को थपिए रातो पासपोर्ट पाउने ?

काठमाडौं, १३ चैत । सरकारले सातै प्रदेशका प्रमुख, मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र सांसदर्ला रातो पासपोर्ट कुटनीतिक राहदानी सुविधान दिने भएको छ । संघीयता कार्यान्वयनसँगै प्रदेशमा निर्वाचित पदाधिकारी तथा सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुखसहितलाई रातो पासपोर्ट दिने निर्णय मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको हो । यो निर्णयअनुासर सातै प्रदेशका ५ सय ५० सांसद र सात...
न्यायाधीशको विदेश भ्रमणमा कडाइ

न्यायाधीशको विदेश भ्रमणमा कडाइ

काठमाडौं, १३ चैत । अब प्रधानन्यायाधीश वा न्यायाधीश ‘क्याबिनेट’ को अनुमतिमा मात्र विदेश भ्रमणमा जान पाउने भएका छन् । न्यायाधीशहरू आईएनजीओको प्रभावमा परेको भन्दै जनस्तरबाट आएका गुनासालाई सम्बोधन गर्न सरकारले स्पष्ट विधि र मापदण्डको तयारी थालेको हो । न्यायाधीशहरू तालिम, गोष्ठी, अध्ययन, अनुसन्धान एवं अनुगमन भ्रमणमा विदेश जाँदा औचित्य पुष्टि गर्नुपर्ने गरी मापदण्ड तय गरिनेछ । यति मात्र नभई स्वदेशभित...
राष्ट्रपतिले बिहीबार संघीय संसद्लाई सम्बोधन गर्ने

राष्ट्रपतिले बिहीबार संघीय संसद्लाई सम्बोधन गर्ने

काठमाडौं, १३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संसद्लाई सम्बोधन गर्ने भएकी छिन् । संघीय संसद्को पहिलो अधिवेशनमा दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार समय तय गरिएको हो । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले १५ चैत अपराह्न ४ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने बताए । राष्ट्रपतिले सम्बोधन गर्ने मि...
error: Content is protected !!