हेटौँडा, १२ चैत । मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट आज अपराह्न एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

राप्ती नदी किनारामा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिनुभयो ।

Advertisement

घाइते दुईमध्ये एक जना ३६ वर्षीय राजकुमार अर्याल रहेका तर एक किशोरको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । महिलाको शव उठाउने क्रममा पुनः बाघ आएर आक्रमण गर्दा स्थानीयवासी दुई जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!