धनकुटा क्याम्पसमा अनेरास्ववियूको २६ बुँदे माग, वेवास्ता गरे आन्दोलनको चेतावनी

धनकुटा क्याम्पसमा अनेरास्ववियूको २६ बुँदे माग, वेवास्ता गरे आन्दोलनको चेतावनी

धनकुटा, २१ बैशाख । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले धनकुटा बहुमुखी क्याम्पसमा २६ वुँदे माग पत्र बुझाएको छ । अनेरास्ववियू धनकुटा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष नवराज घिमिरे नेतृत्वको टोलीले शैक्षिक सुधारका बिषयमा क्याम्पसमा माग पत्र बुझाएको हो । एक हप्ता भित्र माग संबोधन नभए जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने अनेरास्ववियूले चेतावनी पनि दिएको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदा...
मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

सुरुङ्गा, झापा, २१ वैशाख । मेची राजमार्गअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–४ वर्ने सडकखण्डमा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार सोही गाउँपालिका–४ निवासी २५ वर्षीय अमृत मगर रहेका छन् । बुधबारेबाट घर जाने क्रममा उनी चडेको मे८प ५५६१ नंको मोटरसाइकल अनियन्त्रित भई नालीमा खस्दा गम्भीर घाइते भएका थि...
मेची बस व्यवसायी संघका अध्यक्षसहित सात पक्राउ

मेची बस व्यवसायी संघका अध्यक्षसहित सात पक्राउ

सुरुङ्गा, झापा, २१ वैशाख ।  सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती, निर्देशक बुद्ध तिवारी, सदस्य राजकुमार पाण्डे, श्याम था...
मोदीको भ्रमणक्रममा अन्नपूर्ण पदमार्ग तीन दिन बन्द हुने

मोदीको भ्रमणक्रममा अन्नपूर्ण पदमार्ग तीन दिन बन्द हुने

बेँसीशहर, लमजुङ, २१ वैशाख । विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा तीन दिनका लागि पर्यटक आवागमनमा रोक गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणका क्रममा सुरक्षा संवेदनशीलताका लागि पदमार्गमा पर्यटक आगमन निषेध गर्न लागिएको हो । पदमार्गमा आउने पर्यटक थोराङ्ला भञ्ज्याङ पार गरेर मुक्तिनाथ मन्दिर पुग्ने भएकाले मनाङबाट मुस्ताङ पुग्न पदमार्गमा पर्यटक आवागमन निषेध गरिएको जिल्ला प्रश...
सार्वजनिक यातायात बन्द गर्नेलाई हदैसम्मको कारवाही गरिने

सार्वजनिक यातायात बन्द गर्नेलाई हदैसम्मको कारवाही गरिने

काठमाडौँ, २१ वैशाख । सार्वजनिक यातायात सञ्चालन गर्ने ‘रुट परमिट’ लिएकाले सवारी नचलाउँदा बिहानैदेखि यात्रु सडकमा हिँड्न बाध्य भएका छन् । संघसंस्था ऐन, २०३४ अनुसार सामाजिक संस्था खोलेर जनताले तिरेको करबाट बनेको सडकमा सेवाका नाममा एकाधिकारको व्यापार गर्दै आएका व्यवसायीले आफ्ना नाजायज माग पूरा गराउन यातायात नचलाएका हुन् । सरकारले यातायातलाई कम्पनीमा दर्ता गराउनुपर्ने गरी मापदण्ड सार्वजनिक गरेपछि य...
भारतमा आँधीबाट १४३ को मृत्यु, आँधीको प्रकोप नघटेकोले सतर्क रहन आग्रह

भारतमा आँधीबाट १४३ को मृत्यु, आँधीको प्रकोप नघटेकोले सतर्क रहन आग्रह

आग्रा, भारत २१ वैशाख । उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३ पुगेको समाचारमा जनाइएको छ । बुधबार रातिदेखि आएको सो आँधीका कारण कैयौँ मानिसको मृत्यु भएकोमा बिहीबार मौसम बढी खराम भएपछि थप व्यक्तिको मृत्यु भएको हो । यसअघि यस प्रकोपमा परी ७७ जना व्यक्तिको मात्र मृत्यु भएको बताइएको थियो । भीषण रुपमा आएको हावाहुरीको कारण ढलेको रुख र पर्खा...
वरिष्ठ न्यूरो सर्जन डा. देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी

वरिष्ठ न्यूरो सर्जन डा. देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी

काठमाडौँ, २१ वैशाख । पित्त थैलीको क्यान्सरबाट पीडित हुनुभएका वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले जानकारी लिनुभएको छ । डा देवकोटा उपचाररत बाँसबारीस्थित न्यूरो अस्पताल पुगेर आज राज्यमन्त्री अर्यालले जानकारी लिनुभएको हो । राज्यमन्त्री अर्यालले डा देवकोटाको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएक...
रंगेली अस्पतालमा प्रसूति शल्यक्रिया तयारी पूरा

रंगेली अस्पतालमा प्रसूति शल्यक्रिया तयारी पूरा

विराटनगर, २१ वैशाख । मोरङ रंगेलीस्थित जिल्ला अस्पतालमा २४ घन्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आउने भएको छ । स्वाथ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले सेवा सञ्चालनका लागि उपकरण र चिकित्सकको व्यवस्था मिलाएपछि सो सेवा सञ्चालन हुन लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा उत्तम देवले बताउनुभयो । सेवा सञ्चालनका लागि रु २५ लाख मूल्यबराबरका विभिन्न स्वास्थ्य उपकरण खरिद गरिसकिएको जानका...
फेवातालमा हामफालेर मेयरले गरिन आत्महत्या प्रयास

फेवातालमा हामफालेर मेयरले गरिन आत्महत्या प्रयास

काठमाडौं, २१ वैशाख । बिहीबार अपरान्ह चार बजे पोखराको फेवातालमा स्याङ्जा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले आत्महत्याको प्रयास गरेकी छिन् । उपमेयर क्षेत्रीले आफू चढ्ने गाडी फेवाताल किनारमा राखेर फेवा तालमा हाम फालेको प्रहरीले जनाएको छ । फेवा तालमा हाम फालेकी उपमेयर क्षेत्रीलाई नजिकै रहेका एक व्यक्तिले बचाएका थिए । क्षेत्रीले स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर विजयी हा...
सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, २१ वैशाख । गृहमन्त्री रामबहादुर ‘बादल’ले देशभरका सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले अत्यावश्यक सेवा सञ्चालन ऐनअनुरुप कारवाही गर्न निर्देशन दिएका छन् । अब प्रमुख जिल्ला अधिकारीहरुले सम्बन्धित यातायात समितिका पदाधिकारी पक्राउ गर्न प्रहरी परिचालन गर्ने गृहमनत्रालय स्रोतले बतायो । ऐनमा ६ महिनासम...
शुक्रबार गाडी थन्काउनेहरुको रुट पर्मिट खारेज हुँदै

शुक्रबार गाडी थन्काउनेहरुको रुट पर्मिट खारेज हुँदै

काठमाडौं, २१ वैशाख। सरकारले गाडी थन्काउनेविरुद्द कारबाहीको तयारी सुरु गरेको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै शुक्रबार ग्यारेजका गाडी थन्काउनेहरुविरुद्ध सरकारले रुट पर्मिट खारेजीको प्रक्रिया अघि बढाएको हो । अत्यावश्यक सेवाको क्षेत्रमा आन्दोलन गरेकाले उनीहरुको रुट पर्मिट खारेजको प्रक्रिया अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । शुक्रबार गाडी नचलाउने यातायात स...
तिखेढुंगा–भुरूङ तातोपानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने

तिखेढुंगा–भुरूङ तातोपानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने

बेनी, म्याग्दी, २१ वैशाख । कास्कीको तिखेदुंगाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म सुरुङ मार्गको पूर्वसम्भाब्यता अध्ययन गरिने भएको छ । छिमेकी राष्ट्र भारत र चीन जोड्ने अन्तरदेशीय सञ्जाल अन्र्तरगत ब्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको तिखेढुंगा–भूरूङ तातोपानी सुरुङ मार्गको चालु आर्थिक बर्षभित्र पूर्वसम्भाब्यता अध्ययत पुरा गर्ने गरी बजेटमा प्राथमिकता दिइएको छ । प्रदेश नं ४ सरकारका आर्थिक माम...
काँग्रेसले आज पदाधिकारी मनोनयन गर्ने

काँग्रेसले आज पदाधिकारी मनोनयन गर्ने

काठमाडौँ, २१ वैशाख ।  नेपाली काँग्रेसको आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदाधिकारी मनोनयन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा पदाधिकारी मनोनयनको कार्यसूची रहेको पार्टी कार्यालयले जनाएको छ । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गर्नुहुने र कार्यसमितिबाट त्यसलाई ...
अन्तर्राष्ट्रिय करातेमा नेपाली सेनाको अग्रता

अन्तर्राष्ट्रिय करातेमा नेपाली सेनाको अग्रता

खोटाङ, २१ वैशाख । खोटाङको दिक्तेलमा शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको टोलीले अग्रता लिएको छ । जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशी भएको प्रतियोगिताको पहिलो दिनमै सेनाका खेलाडीले तीन स्वर्ण पदक जित्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन् । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा बिहीबार दिउँसो शुरु भएकोे प्रतियोगितामा महिला तथा पुरुष समूह काँता र पुर...
सेनाले एक हजार ४८ किलोमिटर सडक निर्माण गर्यो

सेनाले एक हजार ४८ किलोमिटर सडक निर्माण गर्यो

काठमाडौँ, २१ वैशाख । नेपाली सेनाले हालसम्म मुलुकका २६ सडक आयोजनाको निर्माण (ट्रयाक खोल्ने) कार्य सम्पन्न गरेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका अनुसार ती आयोजना सम्पन्न गर्ने क्रममा हालसम्म एक हजार ४८ किलोमिटर सडक निर्माण भएको छ । नेपाली सेनाले सडक निर्माणको जिम्मेवारी पाएका अधिकांश आयोजना दुर्गम एवं पहाडी जिल्ला रहेका छन् । नेपाली सेनाले सुर्खेत–जुम्ला, नाग्मा–गमगढी, बेँशीशहर–चाम...
अस्पतालको लापरबाही, ब्लड क्यान्सरको औषधिमा धमिरा

अस्पतालको लापरबाही, ब्लड क्यान्सरको औषधिमा धमिरा

रत्ननगर, चितवन, २१ वैशाख। चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको लापरबाहीका कारण ब्लड क्यान्सरका लागि प्रयोग हुने औषधि राखिएको ठाउँमा धमिरा लागेको पाइएको छ । असुरक्षित रुपमा औषधि राख्दा महत्वपूर्ण ग्लिभेक नामको औषधिमा धमिरा लागेको हो । उक्त औषधि क्रोमिक माइलोइड ल्यूकेमिया (सिएमएल)का बिरामीलाई खुवाइन्छ । म्याक्स फाउण्डेसन, अमेरिकाले ब्लड क्यान्सर रोग लागेका बिरामीलाई भनेर स...
विद्यालयको बसको ठक्करबाट बालिकाको मृत्यु

विद्यालयको बसको ठक्करबाट बालिकाको मृत्यु

विराटनगर, २१ वैशाख । मोरङको रङ्गेली नगरपालिका–२ मा बिहीबार साँझ विद्यालयको बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । सोही नगरपालिका–३ बस्ने विनोद कार्कीकी तीन वर्षीया छोरी सुजिका कार्कीको मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । ठक्कर दिने धनपालथानस्थित एक अंग्रेजी बोडिङ स्कूलको को १ ख २७८१ नम्बरको सो बससहित चालक इलाका प्रहरी कार्यालय रङ्गेलीको नियन्त्रणमा रहेका...
यातायात बन्दका कारण धनकुटासहित पूर्वी नेपालको जनजीवन प्रभावित

यातायात बन्दका कारण धनकुटासहित पूर्वी नेपालको जनजीवन प्रभावित

धनकुटा, २१ बैशाख । यातायात ब्यवसायीले आव्हान गरेको बन्दका कारण आज धनकुटासहित पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ । सरकारले एकतर्फी रुपमा यातायात सञ्चालन निर्देशिका जारी गरेको विरोधमा व्यवसायीले यातायात बन्द आव्हान गरेका हुन् । बन्दका कारण धनकुटा भएर चल्ने लामो तथा छोटो दुरीका सवारी साधन बिहानैदेखि सञ्चालन नभएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिएका छन् । पूर्वका अरु ...
नेकपा (माओवादी) का सिरहा इञ्चार्ज पक्राउ

नेकपा (माओवादी) का सिरहा इञ्चार्ज पक्राउ

गाईघाट, उदयपुर, २१ वैशाख । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ । विप्लव माओवादीको नाममा उदयपुर तथा सिरहाका विभिन्न स्थानमा पटक–पटक बम विष्फोट गराउने घटनामा संलग्न र योजनाकारका रुपमा रहेको आ...
सांसद निलम्बन मुद्दामा सत्तारुढ दलकै फरक मत

सांसद निलम्बन मुद्दामा सत्तारुढ दलकै फरक मत

काठमाडौं, २१ वैशाख। फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्नेबारे सत्तारुढ दल एमाले र माओवादीकै फरक मत आएपछि विवाद लम्बिएको छ । प्रहरी हिरासत र पुर्पक्षका लागि थुनामा रहने सांसदलाई निलम्बन गर्न नहुने प्रमुख प्रतिपक्षी कांग्रेस र मधेसवादी दलको अडानमा माओवादीको मत मिलेपछि एमाले एक्लिएको छ । माओवादीले पुर्पक्षका लागि थुनामा तथा प्रहरी हिरासतमा रहेका सांसदलाई निलम्बन गर्न नहुने धार लिएको छ । थुन...
बिरामी भेट्न जाँदा मृत्युको कारक बनिएला !

बिरामी भेट्न जाँदा मृत्युको कारक बनिएला !

काठमाडौं, २१ वैशाख । तपाईँ अस्पतालमा उपचारत आफन्तलाई भेट्न बुकी वा केही खानेकुरा बोकेर जानुहुन्छ होला। त्यहाँ बिरामीलाई अंकमाल गरेर, छामेर वा छोएर ढाडस दिने पनि गर्नुहुन्छ कि ’ गार्ड, नर्स वा स्वास्थ्यकर्मीले अवरोध गरे भने भनसुन वा जरबजस्ती गरेरै भए पनि बिरामीलाई भेट्नुहुन्छ होला । अस्पतालमा दैनिक हुने यस्ता घटना हामीलाई सामान्य लाग्न सक्छ । तर यस्तै सामान्य कारणले एउटा रोगको उपचार गर्न अस्पताल...
यातायात सञ्चालनमा रोक, जनजीवन प्रभावित

यातायात सञ्चालनमा रोक, जनजीवन प्रभावित

काठमाडौँ, २१ वैशाख ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ । महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै आज देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ । महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले यातायात राम्रो बन...
निजी विद्यालयको पढाइ पनि निःशुल्क बनाउन प्रस्ताव

निजी विद्यालयको पढाइ पनि निःशुल्क बनाउन प्रस्ताव

काठमाडौँ,२१ वैशाख । सरकारले निजी विद्यालयलाई पनि निःशुल्क शिक्षाको दायरामा ल्याउन प्रस्ताव गरेको छ । संवैधानिक व्यवस्थाअनुसार शिक्षासम्बन्धी हक कार्यान्वयनका लागि तयार पारिएको प्रस्तावित कानुनमा निजी विद्यालयले २५ प्रतिशत विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ । कानुन आयोगले मस्यौदा गरेको विधेयक शिक्षा मन्त्रालयमा पठाइएको छ । कानुन मन्त्रालयको स्वीकृति र सरोकारवाल...
सामाजिक सुरक्षा भत्ता बढाउन ध्यानाकर्षण

सामाजिक सुरक्षा भत्ता बढाउन ध्यानाकर्षण

विराटनगर, २१ वैशाख। प्रदेश नं १ को बिहीबार शुरु भएको प्रदेशसभा बैठकमा सदस्यले सामाजिक सुरक्षा, एकल महिला भत्ता वृद्धि गर्नुपर्ने, वन फँडानी रोक्नुपर्ने सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्य अम्बिका थापाले प्रदेशको आगामी आर्थिक बर्ष २०७५/७६ को बजेटमा ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता रु पाँच हजार गर्न तथा एकल महिला मासिक भत्ता वृद्धि गर्न ध्यानाकर्षण गराउनुभयो । यसैग...
२०७५ बैशाख २१ गते शुक्रबार/आजको राशिफल

२०७५ बैशाख २१ गते शुक्रबार/आजको राशिफल

  वि.सं. २०७५ साल वैशाख २१ गते। शुक्रबार। इश्वी सन् २०१८ मे ४ तारिख। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– चतुर्थी, १०:०८ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्ना लागि तत्काल ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना बन...
धनकुटामा अखिलको शुभकामना आदानप्रदान, पात्रो लोकार्पण र सांसदलाई सम्मान

धनकुटामा अखिलको शुभकामना आदानप्रदान, पात्रो लोकार्पण र सांसदलाई सम्मान

धनकुटा, २१ बैशाख । अनेरास्ववियू धनकुटाले नयाँ वर्ष २०७५ को शुभकामना आदानप्रदान गरी भित्तेपात्रो लोकार्पण गरेको छ । सोहि अवसरमा धनकुटाबाट निर्वाचित एमाले सांसदहरुलाई सम्मान पनि गरिएको छ । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, निरन राई र विना राईलाई सम्मान गरिएको हो । राजेन्द्र अनेरास्ववियूका पूर्व जिल्ला अध्यक्षसमेत हुन भने नि...
चौविसेका अनाथ बालिकाको अभिभावक बने सांसद राई

चौविसेका अनाथ बालिकाको अभिभावक बने सांसद राई

धनकुटा, २१ बैशाख । जिल्लाको चौविसे गाउँपालिका–१ का सात वर्षीया भिमकुमारी बिक र नौ वर्षीया सीता बिकका बुवाआमा छैनन् । अरुको भरमा जीवन विताउँदै आएका उनीहरुको पढाइ त परको कुरा खानबस्नको पनि टुंगो थिएन । सँगैका साथी विद्यालय जाँदा भिमकुमारी र सीता भने खेलिरहेका हुन्थे । अब भने उनीहरु विद्यालय जान पाउने भएका छन् । धनकुटाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले पढाइका लागि लाग्ने सबै खर्च आफूले...
धनकुटामा यस्तो छ पत्रकारको चुनावी सरगर्मी

धनकुटामा यस्तो छ पत्रकारको चुनावी सरगर्मी

धनकुटा, २० बैशाख । नेपाल पत्रकार महासंघको आसन्न प्रदेश अधिबेशनका कारण धनकुटामा पनि पत्रकारहरुवीच चुनावी सरगर्मी बढेको छ । बैशाख २२ गते हुने प्रदेशको पहिलो अधिवेशनले चुनावी माहोल तातिएको हो । अधिवेशनका लागि धनकुटाबाट तीन जना चुनावी प्रतिष्प्रधामा छन् । संयुक्त प्यानलबाट महिला उपाध्यक्षमा स्मिता निरौला र समावेशी दलित सदस्यमा सन्तोष रुचाल उम्मेदवार छन् । यता समावेशी सचिव पदका लागि स्वतन्त्र रुपमा स...
फेवाताल अतिक्रमण भए / नभएको प्रतिवेदन बुझाउन सर्वोच्चको आदेश

फेवाताल अतिक्रमण भए / नभएको प्रतिवेदन बुझाउन सर्वोच्चको आदेश

काठमाडौँ, २० वैशाख । सर्वोच्च अदालतले पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरु फेवालात किनारभित्र पर्ने वा नपर्ने जाँचबुझ गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलासले आज सो रिसोर्टका व्यवसायी कर्ण शाक्यलाई उक्त रिसोर्टको निर्माण गर्दा फेवाताल किनारबाट ६५ मिटरभित्र पर्छ वा पर्दैन भन्ने विषय जाँचबुझ गरी द...
भारतमा भएको बस दुर्घटनामा २७ जनाको मृत्यु

भारतमा भएको बस दुर्घटनामा २७ जनाको मृत्यु

नयाँदिल्ली, २० वैशाख । भारतको बिहारमा बिहीबार भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । चर्चित पत्रिका द टाइम्स अफ इन्डियाले लेखेको समाचार अनुसार घटनामा अन्य चार जना घाइते भएका छन् । मुजफ्फरपुरबाट नयाँदिल्लीतर्फ आउदै गरेको बस मोतीहारी जिल्लाको बेल्वा गाँउ नजिकै दुर्घटनामा परेको हो । बिहार राज्यका प्रकोप व्यवस्थापन मन्त्री दिनेश चन्द्र यादवले बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको पुष्टि ग...
error: Content is protected !!