उच्च यौन उत्तेजनाले तनावमा हुनुहुन्छ ? यसरी कम गर्नुस्

उच्च यौन उत्तेजनाले तनावमा हुनुहुन्छ ? यसरी कम गर्नुस्

हरेक मानिसको यौन जीवनमा केही न केही उतारचढाव हुन्छ । उच्च यौन वेगले मानिसको जीवनमा केही समस्या पनि निम्त्याइरहेको हुन्छ । मानिसहरुक आफ्नो उच्च यौनबेग सम्हाल्न नसक्दा धेरै समस्याबाट ग्रसित हुन्छन् । आफ्नो साथीबाट धेरै कुराको अपेक्षा गर्नु तर…”> हरेक मानिसको यौन जीवनमा केही न केही उतारचढाव हुन्छ । उच्च यौन वेगले मानिसको जीवनमा केही समस्या पनि निम्त्याइरहेको हुन्छ । मानिसहरुक आफ्नो उच्च यौनबेग ...
चार वटा भाषामा अभिनन्दन पत्र

चार वटा भाषामा अभिनन्दन पत्र

जनकपुरधाम, २० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिने नागरिक अभिनन्दनका लागि चार वटा भाषामा अभिनन्दन पत्र लेखन कार्य भइरहेको छ । जनकपुरधाम उपमहानगरपालिकाद्वारा गरिने नागरिक अभिनन्दनका लागि मैथिली, नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा अभिनन्दन पत्र लेखन कार्य भइरहेको बताइएको छ । उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहका अनुसार मैथिली र नेपालीमा लेखिएको अभिनन्दन पत्रलाई परराष्ट्...
दमक गोल्डकप : रुपन्देहीलाई पराजित गर्दै आयोजक क्वार्टरफाइनलमा

दमक गोल्डकप : रुपन्देहीलाई पराजित गर्दै आयोजक क्वार्टरफाइनलमा

झापा, २० वैशाख । आयोजक दमक– ११, झापामा जारी प्रथम दमक गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दमक बहुमुखी क्याम्पसको मैदानमा भएको खेलमा टाईब्रेकरमा रुपन्देही–११ लाई ४–३ गोल अन्तरले पराजित गर्दै आयोजक अन्तिम ८ मा प्रवेश गरेको हो । पहिलो हाफमा १–० ले पछि परेको स्थिति उल्ट्याउंदै निर्धारित ९० मिनेटमा खेलमा बराबरीमा ल्याएपनि पाहुना टोली टाईब्रेकरमा रोकिएको हो । रुपन्देहीका अजि...
नेपालमा प्रत्येक वर्ष रेबिजबाट सयको मृत्यु

नेपालमा प्रत्येक वर्ष रेबिजबाट सयको मृत्यु

काठमाडौँ, २० वैशाख । नेपालमा प्रत्येक वर्ष रेबिजबाट सय जनाको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले बिहिवार आयोजना गरेको पत्रकार सम्मलेनमा विश्वमा प्रत्येक वर्ष रेबिजबाट ५९ हजार मानिसको मृत्यु हुने गरेकाले त्यसलाई निर्मूल पार्न दु्रतगतिमा प्रयास थालिनुपर्नेमा जोड दिइएको छ । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालय नयाँ दिल्लीका प्राविधिक अधिकृत डा ज्ञानेन्द्र गंगलले ...
वैशाख २८ गते प्रदेश नं. २ मा सार्वजनिक बिदा

वैशाख २८ गते प्रदेश नं. २ मा सार्वजनिक बिदा

महेन्द्रनगर, धनुषा, २० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नं. २ मा सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । प्रदेश नं. २ मन्त्रिपरिषद्को आज बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी आउने दिन प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाँलले जानकारी दिनुभयो । जनकपुरमा सम्बोधन गर्नुहुने भारतीय प्रधानमन्...
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौँ, २० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नयाँ सरकार गठन भएसँगै पटकपटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट सर्वसाधारण जनतालाई समस्या भएको उल्लेख गरिएको छ । यसैबीच राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह...
धनकुटामा छ जना अग्रज पत्रकारलाई सम्मान

धनकुटामा छ जना अग्रज पत्रकारलाई सम्मान

धनकुटा २० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बिहिबार धनकुटामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, सस्थापक जिल्ला अध्यक्ष, पूर्व जिल्ला अध्यक्ष र सल्लाहकारलाई सम्मान गरिएको छ । महासंघ जिल्ला शाखाले कार्यक्रम आयोजना गरी छ जना अग्रज पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराईली, महासंघ धनकुटा शाखाका संस्थापक अध्यक्ष संजय सन्तो...
ओमनसँग श्रम सम्झौता गर्ने विषयमा छलफल

ओमनसँग श्रम सम्झौता गर्ने विषयमा छलफल

काठमाडौँ, २० वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच नेपाल र ओमन सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ । उहाँहरुबीच आज मन्त्रालयमा आयोजित भेटमा सम्झौता मस्यौदामाथि छलफल गरी चाँडै दुई देशबीच श्रम सम्झौता गर्नेबारे कुराकानी भयो । छलफलमा मन्त्री विष्टले रोजगारीका लागि ओमन जाने नेपाली श्रमिकको हकहित र साम...
तातोपानी नाका खुल्ने सम्भावनाः लार्चा बन्दरगाह निर्माण शुरु

तातोपानी नाका खुल्ने सम्भावनाः लार्चा बन्दरगाह निर्माण शुरु

काठमाडौँ, २० वैशाख । ‘गोरखा भूकम्प’का कारण बन्द सिन्धुपाल्चोकको लार्चा सुख्खा बन्दरगाहको निर्माण पुनः शुरु हुने भएको छ । नेपाल र चीन सीमा नजीक तातोपानीको लार्चामा निर्माण हुने सुख्खा बन्दरगाह पुनःनिर्माण सम्बन्धमा आज नेपाली र चिनियाँ अधिकारीबीच निर्माण शुरु गर्ने सम्झौता भएको छ । नेपाल र चीन सरकारबीच भएको सहमतिअनुसार नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत...
एमाले र माओवादी केन्द्रका अध्यक्षबीचको छलफल निश्कर्षविहीन

एमाले र माओवादी केन्द्रका अध्यक्षबीचको छलफल निश्कर्षविहीन

काठमाडाैँ, २० वैशाख । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच पार्टी एकता प्रक्रिया निश्कर्षमा पुर्याउन आज भएको छलफल पनि निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दुई अध्यक्षबीच बिहान छलफल भएपनि विवादित भनिएको ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र केन्द्रीय समितिमा प्रतिनिधित्वको अनुपातबारे निश्कर्ष नआएको हो । दुई अध्यक्षबीच आजै पुनः छलफल हुने बताइएको छ । पार्टी...
दु्रतमार्गको प्रतिवेदन तयार गर्न १७ कम्पनीबाट आवेदन

दु्रतमार्गको प्रतिवेदन तयार गर्न १७ कम्पनीबाट आवेदन

काठमाडौँ, २० वैशाख । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १७ कम्पनीले इच्छा देखाएका छन् । कूल ७६.३ किमीको द्रुतमार्गको डिपिआर तयार गर्न एक स्वदेशी र १६ विदेशी कम्पनीबाट आवेदन आएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । डिपिआरका लागि आवेदन दिनेमा भारत र चीनदेखि युरो...
लिंगको आकारले सेक्स अवधिको निर्धारण गर्छ ?

लिंगको आकारले सेक्स अवधिको निर्धारण गर्छ ?

यौन सम्बन्धका बारेमा अधिकांस मानिसले चासो राख्छन् । तर उनीहरु सेक्सका बारेमा अझै पनि खुलेर कुरा गर्न सक्दैनन् । कतिपय युवा युवतीले आफ्ना यौनाङ्गका बारेमा विभिन्न जिज्ञासा राखेका कुराहरु अखबारमा पढ्न पाइन्छ । कतिपय चिकित्सकहरुले यौन जीवन सफल बनाउन पाट्नरबीचको सक्रियतामा भर पर्ने बताएका छन् । तर अमेरिकामा हालसालै भएको अध्ययन अनुसार लिंगको आकारले पनि सेक्सको समयावधी निर्धारण गर्ने तथ्य पत्ता लागेक...
त्रिशूली ‘थ्री बी’ ले सार्वजनिक जग्गा प्रयोगको स्वीकृति पाएन

त्रिशूली ‘थ्री बी’ ले सार्वजनिक जग्गा प्रयोगको स्वीकृति पाएन

काठमाडौँ, २० वैशाख । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा निर्माण हुन लागेको त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनालाई सार्वजनिक वन क्षेत्रको जग्गा प्रयोग गर्न नपाउँदा समस्या भएको छ । आयोजनाका लागि आवश्यक पर्ने सरकारी वन क्षेत्र र सरकारी पर्ती जग्गाका सम्बन्धमा निर्णय गराउन पटक/पटक प्रयास भए पनि समस्या समाधान हुन सकेको छैन । वन तथा भू–संरक्षण मन्त्रालयले समयमै निर्णय नगरिदिँद...
धनकुटामा केटा–केटावीच विवाह गर्ने बिरुद्ध मुद्दा

धनकुटामा केटा–केटावीच विवाह गर्ने बिरुद्ध मुद्दा

धनकुटा, २० बैशाख । धनकुटाको सहिदभूमि गाउँपालिकामा झुक्याएर केटा–केटावीच विवाह गरेर ठगी गर्ने विरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । धनकुटाको छिन्ताङ्गका विपिन राई र भोजपुरको रामप्रसाद राई गाउँपालिकाका राजकुमार राई विरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दायर गरेको हो । अनुहार हेर्दा केटी जस्तो देखिने राजकुमारले नाटकीय शैलिमा झुक्याएर बिपिनसँग विवाह गरेका थिए । विवाह गरेर ल्याएको मान्...
श्रमिकका अधिकार पूरा भएको छैन् : नेता नेपाल

श्रमिकका अधिकार पूरा भएको छैन् : नेता नेपाल

काठमाडाैँ, २० वैशाख । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताउनुभएको छ । विश्व ट्रेड युनियन महासंघ–नेपालको सेमिनार तथा बैठकलाई आज यहाँ सम्बोधन गदै उहाँले श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले ट्रेड युनियनका अधिकार सुनिश्चित नभएसम्म श्रमिक सधैँ थिचोमिचोमा परिरहने उल्लेख गर्नुभयो ...
एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

काठमाडौं, २० वैशाख। चुडामणि उप्रेती ‘गोरे’ र भुजुङ गुरुङ समूहको तस्करीको सुन पास गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालिन प्रहरी प्रमुखसहितका प्रहरी अधिकारीकै प्रत्यक्ष संलग्नता रहेको भेटिएको छ । सुन तस्करीको आरोपमा पक्राउ परेका ७ प्रहरी मध्ये प्रहरी जवान विष्णुबहादुर खड्काले तस्करीमा आफ्नो संलग्नता मात्रै स्वीकार गरेनन्, तत्कालिन विमानस्थलका अन्य प्रमुख अधिकारीको पोल पनि खोलेका छन् ...
एमाले माओवादी बैठक शुरु, ६०–४० को भागवण्डामा आजै सहमति हुने संकेत

एमाले माओवादी बैठक शुरु, ६०–४० को भागवण्डामा आजै सहमति हुने संकेत

काठमाडौं, २० वैशाख। नेकपा एमाले र माओवादी केन्द्रका दुई अध्यक्ष एकताको विषयमा सहमतिका लागि बैठक सुरु भएको छ । सहमतिको अन्तिम प्रयास स्वरुप प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीवार बिहान छलफल भए पनि अन्तिम प्रयास स्वरुपका लागि अहिले बैठक सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा दुई पार्टीबीच ६० र ४० को ...
मनसुनी गतिविधि सक्रियः अझै एक/ दुई दिन बदली र वर्षा

मनसुनी गतिविधि सक्रियः अझै एक/ दुई दिन बदली र वर्षा

काठमाडौँ, २० वैशाख । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ ।  प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम लाग्ने क्षणभरमै बदली तथा वर्षा भइरहेको छ । विगत चार/पाँच दिनदेखि प्र...
उत्तरी भारतमा हावाहुरी र धुलोका कारण गएराति ७७ जनाको मृत्यु

उत्तरी भारतमा हावाहुरी र धुलोका कारण गएराति ७७ जनाको मृत्यु

नयाँ दिल्ली, २० वैशाख । उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ । त्यसैगरी सो हावाहुरीबाट ठूलो संख्यामा रुख ढलेका छन् भने घर तथा कार्यालयका पर्खालहरु पनि भत्किएका छन् । उत्तर प्रदेश र राजस्थान राज्यमा यस्तो आँधी आएको हो । त्यसमा परी १४३ जना घाइते भएका छन् । घाइतेहरु तथा मृत्यु हुनेको संख्या अझै धेरै रहेको अनुमान गरिएको छ । यस हावाहुरीबा...
पुष्पलाल स्मृति ब्याडमिन्टन वैशाख २६ देखि

पुष्पलाल स्मृति ब्याडमिन्टन वैशाख २६ देखि

इटहरी, २० वैशाख। नेपाल खेलकूद महासंघ र नेपाल ब्याडमिन्टन संघको आयोजना तथा अन्य विभिन्न संघको सह संयोजनमा यही वैशाख २६ गतेदेखि योनेक्स सनराइज सातौ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा आयोजना गरिने भएको छ । सुनसरी जिल्लामा ब्याडमिन्टन खेलको प्रवद्र्धनमा सक्रिय इटहरी ब्याडमिन्टन क्लब सुनसरी ब्याडमिन्टन एकेडेमी सगरमाथा ब्याडमिन्टन क्ल्ब र रक्तमाला ब्याडमिन्टन क्लब समेतको सहप्रायोजन रहने उक्त...
केरा फाँडेको आरोपमा तीन पक्राउ

केरा फाँडेको आरोपमा तीन पक्राउ

चितवन, २० वैशाख । पूर्वी चितवनको कालिका नगरपालिका–६ का एक किसानको केरा खेती फाँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–७ बाट बुधबार उनीहरु पक्राउ परेका हुन् । घटनामा संलग्न मुख्य मान्छे भने फरार रहेकाले खोजी कार्य तीव्र पारिएको थापाले जानकारी दिए । उनीहरुको पहिचान भने खुलाइएको छैन । प्रारम्भिक जानकारीअनुसार लागूपदार्थ (नशा)को...
विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

काठमाडौँ, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज प्रभातफेरी निकालिएको छ । नेपाल पत्रकार महासंघको अगुवाइमा ‘शक्तिको निगरानी: मिडिया, न्याय र विधिको शासन’ भन्ने मूलनाराका साथ बबरमहलदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी निकालिएको हो । प्रभातफेरीपछि आयोजित कोणसभामा महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानमा प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा नै लेखिए पनि व्यवहारमा लागू नभएको बताउनुभयो । न...
नदीजन्य पदार्थ उत्खननमा जिल्ला प्रमुखकै मिलेमतो

नदीजन्य पदार्थ उत्खननमा जिल्ला प्रमुखकै मिलेमतो

मेलम्ची, २० वैशाख । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीबाट अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ । जिल्ला समन्वय समितिले टेण्डर खोलेर नदीजन्य पदार्थको निकासीलाई अनुमति दिएको इन्द्रावती र सुनकोशी नदीबाट जिससको र सम्बन्धित नगरपालिकाको मिलेमतोमा ठेकेदारले अवैधरुपमा गिट्टी बालुवा उत्खनन गर्ने गरेका छन् । मेलम्ची नगरपालिकाले इन्द्रावती नदी किनारबाट नदीजन्य पदार्थ उत्खनन गर्न निश्चित मापदण्...
पाँचथर जोड्ने काबेली नदीको पुल जोखिममा

पाँचथर जोड्ने काबेली नदीको पुल जोखिममा

ताप्लेजुङ, २० वैशाख ।  ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेबल पुल जोखिममा परेको छ । निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनाले पुलको बेवास्ता गर्दै पूर्वाधारको निर्माण गरेकाले ताप्लेजुङको पाथीभरा याङवरक र पाँचथरको याङ्वरक गाउँपालिकालाई जोड्ने उक्त पुल जोखिममा परेको हो । पुल आसपासमै पूर्वाधारको निर्माण गरिएकाले दुवैतर्फका जिप जीर्ण बन्दै गएका छन् । जिपसँगैको भागलाई खनेर सडकको र...
प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र

प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र

मुस्ताङ, २० वैशाख । मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ । मोदीको धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तीव्र पारिएको हो । भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र सुरक्षा अधिकारीको टोलीले मुक्तिनाथको स्थलगत अवलोकन गर्नुका साथै सुरक्षा वस्तु अवस्थाको बारेम...
उपराष्ट्रपतिका हातबाट क्रिस्चियन धर्म प्रचारका सामग्री वितरण

उपराष्ट्रपतिका हातबाट क्रिस्चियन धर्म प्रचारका सामग्री वितरण

दोलखा, २० वैशाख। बुधबार दोलखाको शैलुङमा रहेको शारदा माविको भवन उद्घाटन गर्न गएका उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रयोग गर्दै आयोजकले क्रिस्चियन धर्मको प्रचार गरेका छन् । विद्यालय भवन निर्माणमा आर्थिक सहयोग गरेको ‘दयाका हातहरू’ नामक संस्थाले उपराष्ट्रपतिलाई प्रयोग गर्दै क्रिस्चियन धर्म प्रचारका सामग्री वितरण गरेको हो । कार्यक्रम तालिकाभन्दा बाहिर गएर आयोजकले बालबालिकालाई क्रिस्चियन धर्म प्रचारक...
ओली र प्रचण्डबीच बालुवाटारमा निर्णायक वार्ता हुँदै

ओली र प्रचण्डबीच बालुवाटारमा निर्णायक वार्ता हुँदै

काठमाडौं, २० बैशाख। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ । एकतासँग जोडिएका विषय करिब–करिब टुंगो लागिसकेकाले दुई नेताबीच एकता घोषणासभाको मितिलगायतमा केन्द्रित रहेर छलफल हुने एक नेताले बताए। गत ९ वैशाखमा हुने भनिएको एकता धकेलिएपछि दुई नेताले त्यसयता पाँचपटक निरन्तर छलफल गरिसकेका छन्। २० वैशाखमा निर्णायक छलफल गर्ने समझदा...
काठमाडौंको ट्राफिक जामको असर तेन्जिङ हिलारीमा

काठमाडौंको ट्राफिक जामको असर तेन्जिङ हिलारीमा

सोलुखुम्बु , २० बैशाख।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको ट्राफिक जामको असर सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा देखिएको छ । जामका कारण हवाइ उडान घट्दा पर्यटक आवतजावतमा समस्या भएको छ । दैनिक ४० भन्दा बढी हवाइजहाजले उडान भर्ने लुक्लामा पछिल्लो समय काठमाडौं विमानस्थलमा हुने गरेको जामकै कारण दैनिक ३० भन्दा कम उडान हुने गरेको तेन्जिङ हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालय लु...
सुनसरीमा भैसी सुन्दरी प्रतियोगिता हुने

सुनसरीमा भैसी सुन्दरी प्रतियोगिता हुने

सुनसरी, २० बैशाख। सुनसरीको ईटहरीमा वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालले भैसी सुन्दरी प्रतियोगीता गर्ने भएको छ । ईटहरीको हवाई चौकमा पशु पालक कृषकहरुको प्रवर्धनको लागी संस्थाले भौसी सुन्दरी प्रतियोगीता गर्न लागेको संस्थाका अध्यक्ष टंक दाहालले वताएका छन् । पशुपालक कृषकहरु पछिल्लो समय यो पेशा प्रति निरास हुदै गएको कारण उनिहरुलाई हौसला प्रदान गर्नको लागी यो प्रतियोगिता गर्न लागेको दाहालले वता...
यस वर्षको मनसुन नेपालका लागि फलदायी रहने

यस वर्षको मनसुन नेपालका लागि फलदायी रहने

काठमाडौं,  २० वैशाख । आकाशेपानीका भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि आगामी मनसुन फलदायी बन्ने भएको छ। यस वर्षको मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण गरिएको छ। दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एसियाको मनसुन विश्लेषण गर्दा नेपालको वर्षा औसतका हाराहारीमा रहने ठहर गरेको हो। सरदर वर्षाको ९० देखि १ सय १० प्रतिशतसम्मलाई औसत वर्षा मानिन्छ। सोभन्दा ...
शनिबार पार्टी एकताको मिति घोषणा हुन सक्छ : प्रचण्ड

शनिबार पार्टी एकताको मिति घोषणा हुन सक्छ : प्रचण्ड

काठमाडौं, २० वैशाख ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी शनिबारसम्म पार्टी एकताको मिति घोषणा हुन सक्ने बताएका छन् । माओवादी केन्द्रको बुधबारको सचिवालय बैठकमा पार्टी एकताको विषयमा ब्रिफिङ गर्दै प्रचण्डले २२ वैशाखमा कार्ल माक्सको द्विशतवार्षिकीको कार्यक्रममा एकताको मिति घोषणा हुन सक्ने बताएका हुन् । ‘अध्यक्षले एकता प्रक्रिया सहमतिनजिक पुगेको ब्रिफिङ गर्नुभयो, राजनीतिक प्रतिवेदन, विधानलगायत...
error: Content is protected !!