निशान मन्दिरको महायज्ञबाट उठ्यो करिव ३५ लाख, कहिल्यै ननिभ्ने अखण्ड दिप प्रज्वलन सुरु
धनकुटा, १० जेठ । धनकुटाको निशान भगवती मन्दिरको प्रचारप्रसार गर्दै अक्षयकोष बृद्धि गर्ने उद्धेश्यले सञ्चालित श्रीमद देवी भागवत नवाह ज्ञान महायज्ञबाट करिव ३५ लाख रकम संकलन भएको छ ।
जेठ २ देखि १० गतेसम्म सञ्चालित महायज्ञबाट ३२ देखि ३५ लाख बराबरको सहयोग रकम संकलन भएको महायज्ञ मूल आयोजक समितिका सदस्य सचिव जनार्दन घिमिरेले जानकारी दिए ।
उनका अनुसार खर्च कटाएर केही दिनमा हिसाव सार्वजनिक गरिनेछ ।
नि...






























