काठमाडौँ, १० जेठ । नेपाली कामदारमाथि आर्थिक भार पर्ने गरी मलेसियाले खडा गरेका संयन्त्र खारेज गर्ने नेपाल सरकारको निर्णयप्रति मलेसियाको नयाँ सरकार सकारात्मक देखिएको समाचार कान्तिपुरमा छ ।

Advertisement

नेपाल सरकारको पछिल्ले निर्णयप्रति सम्मान गर्दै त्यसलाई सम्बोधन गर्न मलेसियाको परराष्ट्र, गृह र मानव संसाधन मन्त्रालयको संयुक्त बैठक बस्न लागेको मलेसियाका लागि कार्यवाहक राजदूत कुमार खरेलले बताए ।

खरेलले बुधबार पुत्राजयस्थित परराष्ट्र मन्त्रालयको दक्षिण मध्यएसिया विभाग प्रमुख तान याङ थाईसँग भेट गरी नेपाल सरकारको पछिल्लो निर्णयबारे जानकारी गराएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!