काठमाडौँ, १० जेठ । गणतन्त्र दिवसका अवसरमा आममाफी दिन तत्कालीन नेकपा माओवादीका नेता बालकृष्ण ढुङ्गेलको नाम सिफारिस गरेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेलमा रहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेलसहित करिब ८ सय जनाको नाम सजाय माफीका लागि सिफारिस गरिएको सार्वजनिक भएको भन्दै इन्सेकले भनेको छ, ‘सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधि २०७१ ले कसैले आफूलाई भएको सजाय माफी, मुलतवी, परिर्वतन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिन सक्ने उल्लेख छ ।

तर भ्रष्टाचार, जबर्जस्तीकरणी, सरकारी कीर्ते, सङ्गठित अपराध, युद्ध अपराध, क्रुर हिंस्रक वा विभत्स तरिकाले गरिएको हत्या, लागु औषध लगायतका अपराधमा सजाय कम नहुने कार्यविधिको दफा ३ मा स्पष्ट उल्लेख छ ।’

विज्ञप्तिमा ढुंगेलको रिहाई गर्ने प्रक्रिया फिर्ता लिन माग समेत गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया