काठमाडौं, १० जेठ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार संयुक्त सम्बोधन गर्ने भएका छन् ।

Advertisement

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धयले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

अपरान्ह ४ बजे बालुवाटारमा नागरिकताको सक्कल प्रतिसहित उपस्थित हुन सूचित गरिएको छ । यद्यपी यो केन्द्रीय कमिटीको बैठक भने होइन । केन्द्रीय कमिटीको बैठक भने पार्टी बिधान र नियमावली प्रकाशन भएपछि एजेण्डासहित बोलाइने नेताहरुले बाएका छन् ।

नेकपाका केन्द्रीय कमिटीका ४४१ सदस्यको नाम मंगलबार सार्वजनिक गरिएको थियो । निर्वाचन आयोगमा नागरिकताको सक्कल प्रति पेश गर्नु पर्ने भएकाले नागरिकता मागिएको हो । यद्यपी केन्द्रीय कमिटीको औपचारिक बैठक भने बोलाइएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!