रुसको घरेलु भूमिमा होला त स्पेनको चमत्कार ? यस्तो छ इतिहास

रुसको घरेलु भूमिमा होला त स्पेनको चमत्कार ? यस्तो छ इतिहास

काठमाडौँ, १७ असार  । युरो कपमा ईटालीसंग हारेयता सन् २०१० को विश्व विजेता स्पेन अपराजित छ । तर, शीर्ष तहमा स्पेन अझै बलियोसंग उभिन सकेको छैन् । रुससंगको खेलमा उसले गति समात्ने अपेक्षा छ । पक्कैपनि स्पेनले अन्तिम १६ को खेलमा भिड्दै गर्दा घरेलु टोलीमाथी हावि हुने प्रयास गर्नेछ । हालैको तथ्याङ हेरौ, स्पेनले अहिलेसम्म २ हजार २ सय ९४ पासको प्रयास गरेको छ, समुह चरणमा उसका २ हजार ८९ पास सफल भएका छन् । ...
एकै परिवारका ११ जनाको शव घरभित्रै भेटियो

एकै परिवारका ११ जनाको शव घरभित्रै भेटियो

नयाँदिल्ली, १७ असार । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रमा रहेको एक निजी आवासमा एघार जनाको शव भेटिएको छ । बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव झुण्डिएको अवस्थामा भेटिएको थियो भने एकजना ७५ वर्षीय महिलाको शव भने घरको भूइँतल्लामा थियो । झुण्डिएको अवस्थामा भेटिएका ती सबैको ...
हुम्लाका सरकारी कार्यालयमा ३३ करोड ७३ लाख बेरुजु

हुम्लाका सरकारी कार्यालयमा ३३ करोड ७३ लाख बेरुजु

सिमकोट, १७ असार । आर्थिक वर्ष २०७३/७४ मा हुम्ला जिल्लाका सरकारी कार्यालयको बेरुजु रु ३३ करोड ७२ लाख ५५ हजार ४३९ रहेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । यो बेरुजु रकम जिल्लाका ३२ मध्ये १५ वटा सरकारी कार्यालय र पाँच वटा गाउँपालिकामा कूल बजेटको १६ प्रतिशत बेरुजु रहेको हो । गत आर्थिक वर्षमा जिल्लाको कूल बजेट रु दुई अर्ब ६७ करोड १४ हजार ५३३ रहेकामा बेरुजु रकम रु ३३ करोड ७२ लाख ५५ हजार ४३९ र...
भारतको उत्तराखण्डमा बस दुर्घटना, ४४ जनाको मृत्यु

भारतको उत्तराखण्डमा बस दुर्घटना, ४४ जनाको मृत्यु

भारत (देहरादुन), १७ असार। भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ । उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन् । “दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ, अरु कम्तीमा पनि तीन जना घाइते भएका छन्,” एक जना प्रकोप व्यवस्थापन अधिकृत दिपेश चन्द्र कालाले भने ।  ...
इन्टु मिन्टु लन्डनमाको टिजर सार्वजनिक

इन्टु मिन्टु लन्डनमाको टिजर सार्वजनिक

काठमाडौँ । कोरियोग्राफर रेनेशा वान्तवा राईद्वारा निर्देशित फिल्म इन्टु मिन्टु लन्डनमाको टिजर सार्वजनिक गरिएको छ। यो आकर्षक टिजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु हिरो धिरज मगरको केमेस्ट्री र प्रेमलाई केन्द्रित गरिएको छ। कोरियोग्राफीमा नाम कमाएपछि फिल्म निर्देशनमा आएकी रेनेशाले फिल्म पूर्णतया प्रेमकथामा बनेको र यही फिल्मका लागि करिब डेढ वर्षसम्म कोरियोग्राफीका अफर स्वीकार नगरेको बताइन्। ‘म...
अग्नीपीडित बिष्टलाई बन्धुको सहयोग

अग्नीपीडित बिष्टलाई बन्धुको सहयोग

काठमाण्डौं, १७ असार । मोरङको कानेपोखरी नगरपालिका–४ बयरबनका आगलागीपीडित केशव बिष्टलाई आर्थिक सहयोग प्राप्त भएको छ । घिमिरे बिष्ट बन्धु काठमाण्डौं सम्पर्क समितिले बिष्टलाई २१ हजार आर्थिक सहयोग प्रदान गरेको हो । राजधानीमा आयोजित सम्पर्क समितिको कार्यक्रममा समिति अध्यक्ष एबी बिष्टले सहयोग रकम हस्तान्तरण गरेका हुन् । गत जेठ १७ गते आगलागी हुँदा बिष्टको घर जलेर नष्ट भएको थियो ।
मोरङका एक दर्जन स्थान बाढीको उच्च जोखिममा

मोरङका एक दर्जन स्थान बाढीको उच्च जोखिममा

मोरङ, १७ असार । जिल्लाका एक दर्जन बढी स्थान बाढीको उच्च जोखिममा छन् । नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती जोखिममा परेका हुन् । बर्खा लागिसकेकाले सम्भावित विपत्का बारेमा स्थानीय तहसँगको समन्वयमा रेडक्रसले सचेतनामूलक कार्यक्रम गरिरहेको छ । रेडक्रसले विशेष गरी अति जोखिममा परेका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गर्दैआएको छ । जिल्...
विराटनगरको आयुर्वेद फर्ममा औषधी विभागको शिलबन्दी

विराटनगरको आयुर्वेद फर्ममा औषधी विभागको शिलबन्दी

विराटनगर, १७ असार । एउटा सटरमा दुई वटा नाम राखी व्यापार सञ्चालन गरेको भन्दै औषधि व्यवस्था विभागले विराटनगर ७ को आयुर्वेद फार्मेसीमा शिलबन्दी गरेको छ । सुरुमा विराट आयुर्वेद फार्मेसी रहेको पतञ्जली सेवा केन्द्रमा सोही बोर्ड हटाएर विराट आयुर्वेद एण्ड हर्वल नामको फर्म सञ्चालन गरेपछि विभागले अवैध कारोबार गरेको हुनसक्ने भन्दै सिलबन्दी गरेकाे हो । विराटनगर ३ का गोविन्द बहादुर खड्का, अर्चना सोनी र मोर...
ट्रम्पकाे आग्रह पछि साउदी राजा तेल उत्पादन बढाउन सहमत

ट्रम्पकाे आग्रह पछि साउदी राजा तेल उत्पादन बढाउन सहमत

वासिङ्टन, १७ असार।  साउदी अरबका राजा सलमानले तेलको उत्पादनलाई बढाउन सहमत भएका छन् । तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । संयुक्त राज्य अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा प्रतिबन्ध लगाउन लागेको गत मङ्गलबार अमेरिकाले जानकारी गराएको थियो । अमेरिकी प्रशासनले इरानसँग कारोबार गरेर इरानलाई आर्थिक रूपमा सहज...
स्तरीय उपचारको प्रभाव: नोबेलमा बढ्यो मुटुका बिरामीको भिड (भिडियो रिपोर्टसहित)

स्तरीय उपचारको प्रभाव: नोबेलमा बढ्यो मुटुका बिरामीको भिड (भिडियो रिपोर्टसहित)

बिराटनगर, १७ असार । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालको मुटु बिभागमा पछिल्लो समय बिरामीको अत्याधिक चाप बढेको छ । सहुलियत दरमा स्तरीय उपचार पाएका कारण बिरामीको संख्या बृद्धि भएको नोबेल मुटु बिभागले जनाएको छ । केहि बर्षअघिसम्म बार्षिक करिव ६ हजार बिरामी आउँने गरेको मुटु बिभागमा अहिले मासिक ३ हजार भन्दा बढी बिरामी आउँने गरेका छन् । दैनिक करिव दुई हजार बिरामीको उपचार गर्दै आएको नोबेल अस्पतालमा १ ...
आफ्नो किर्तिमान बराबरी गरेकोमा एमबापेलाई पेलेको बधाई

आफ्नो किर्तिमान बराबरी गरेकोमा एमबापेलाई पेलेको बधाई

काठमाडौँ, १७ जेठ ।  ब्राजिलका फुटबल लिजेन्ड पेलेले कायलिन एमबापेलाई आफ्नो ६० वर्ष पुरानो विश्वकपको किर्तिमान बराबरी गरेकोमा बधाई दिएका छन् । अर्जेन्टिनाबिरुद्ध गोल गर्दै १९ वर्षीय एमबापे विश्वकपको खेलमा एकभन्दा बढी गोल गर्ने टिनएजर बने पछि पेलेले उनलाई बधाई दिएका हुन् । यसअघि यो उपलब्धि पेले सन् १९५८ को फाइनलमा विश्वकपमा स्वीडेनबिरुद्ध दुई गोल गरेका थिए । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडीको द...
चितवन बस दुर्घटनाका घाइतेमध्ये एकको मृत्यु, घाइतेको संख्या १८ पुग्यो

चितवन बस दुर्घटनाका घाइतेमध्ये एकको मृत्यु, घाइतेको संख्या १८ पुग्यो

चितवन, १७ असार । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो । बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति नगरपाल...
एक सय ५५ औँ अक्षरयात्रा सम्पन्न

एक सय ५५ औँ अक्षरयात्रा सम्पन्न

पोखरा, १७ असार । पोखराको विशेष साहित्यिक अभियान अक्षरयात्राको १५५ औँ श्रृंखला काहुँखोला पुगेको छ । गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्राको यो श्रृंखला जनकल्याण समिति काहुँखोलाको समन्वयमा सम्पन्न भएको हो । ‘जीवन र जगत्को यथार्थवोधका लागि अक्षरयात्रा’ भन्ने मूल नारासहित हुँदै आएको अक्षरयात्रामा झन्डै दुई दर्जन स्रष्टाले सिर्जना वाचन गरेको गजल सन्ध्...
पूर्व पश्चिम लोकमार्गमा बस पल्टिँदा १५ घाइते

पूर्व पश्चिम लोकमार्गमा बस पल्टिँदा १५ घाइते

चितवन, १७ असार । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो । दुर्घटनापछि घाइतेमध्ये सात जनाको पुरानो मेडिकल कलेजमा उपचार थालिएको छ । जसमध्ये एकको अवस्था...
पेलेजस्तै एमबाप्पे: फ्रान्सले भेटायो आक्रामक फुटबलको लय

पेलेजस्तै एमबाप्पे: फ्रान्सले भेटायो आक्रामक फुटबलको लय

काठमाडौँ, १७ जेठ । टिनएज स्टार केलिएन एमबाप्पेले दुई गोल गर्नुका साथै अर्को गोलको पनि अवसर बनाउँदा फ्रान्सले अन्ततः विश्वकपमा आफ्नो आक्रामक फुटबलको लय भेटाएको छ । यही कारण फ्रान्सले शनिबार लियोनेल मेसीको अर्जेन्टिनालाई ४–३ ले पराजित गरी क्‌वार्टरफाइनल पुगेको छ । अर्जेन्टिनाका आशा सबै मेसी केन्द्रित भइरहँदा कजानमा पेरिस सेन्ट जेर्मेन (पीएसजी) का १९ वर्षे एमबाप्पेले सबै चर्चा आफूतिर ताने । सन् १९...
मुसहर बालबालिकासँग कलाकार कुञ्जनाको जन्मदिन

मुसहर बालबालिकासँग कलाकार कुञ्जनाको जन्मदिन

बर्दिवास, १७ असार । “तपाईले हामीलाई बिर्सन पाउनु हुन्न” महोत्तरी जिल्लाको बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीकी १० वर्षीया अञ्जली सादाले सयपत्री फूलको माला हाँस्यकलाकार कुञ्जना घिमिरे (सुन्तली) लाई लगाउँदै भनिन् । कुञ्जना र उहाँका पति हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) ले आफूहरुका लागि पक्की घर बनाई दिएर विद्यालयमा नाम लेखाइ दिएको दुई वर्षअघिको कुरा सम्झँदै अञ्जलीले फेरि थपिन्–, “हामी...
गैससको सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्रीकै दबाव

गैससको सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्रीकै दबाव

काठमाडौँ, १७ जेठ । गृह मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीकै दबावमा गैरसरकारी संघ–संस्थाको सम्पत्ति छानबिन स्थगित गरेको खबर आज कारोबार दैनिकले छापेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा त्यसका सञ्चालक–पदाधिकारीको चलअचल सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्री ओलीबाटै दबाव आएपछि गृह पछि हटेको उच्च स्रोतले जानकारी दिएको छ । गत जेठ २४ गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन क...
मेसी विश्वकपबाट बाहिरिँदा अन्य टिम समर्थक पनि निराश, एक पटक पनि पछाडि फर्केएर हेरेनन् मेसीले !

मेसी विश्वकपबाट बाहिरिँदा अन्य टिम समर्थक पनि निराश, एक पटक पनि पछाडि फर्केएर हेरेनन् मेसीले !

काठमाडौँ, १७ जेठ । सन् १९७० को विश्वकप फुटबलको ‘नक आउट’ चरणयता सबैभन्दा बढी गोल भएको रुस विश्वकपअन्तर्गत शनिबार राति भएका खेलहरूमा विश्वका दुई सर्वाधिक चर्चित खेलाडीहरू गोल गर्न विफल भएका छन्। लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले आफ्ना टोलीका लागि निर्णायक प्रभाव छाड्न नसक्दा आर्जेन्टिना र पोर्चुगलको विश्वकपको यात्रा समाप्त भएको छ। शनिवार रातिका खेलमा आर्जेन्टिना फ्रान्ससँग चार-तीन गोल अन्...
कोरियन भाषा परीक्षामा ८९ प्रतिशत परीक्षार्थी फेल !

कोरियन भाषा परीक्षामा ८९ प्रतिशत परीक्षार्थी फेल !

काठमाडौँ, १७ जेठ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले सार्वजनिक गरेको कोरियन भाषा परीक्षाको नतिजामा ८९ प्रतिशत परीक्षार्थी फेल भएका छन् । ईपीएस कोरिया शाखाले सार्वजनिक गरेको नतिजा अनुसार भाषा परीक्षामा ७ हजार ९ सय ९६ जना परीक्षार्थी मात्र पास भएका छन् । यो संख्या गत वर्षको भन्दा ४ हजार २ सय कम हो । गत वर्ष १२ हजार १ सय ८ जना पास भएका थिए । यसपटक कृषितर्फ २ हजार ९ सय ६८ र उत्पाद...
इपीजीद्वारा साझा प्रतिवेदन तयार

इपीजीद्वारा साझा प्रतिवेदन तयार

काठमाडौँ, १७ जेठ । नेपाल–भारतबीच विगतका सन्धी/सम्झौता पुनरावलोकनका लागि राय सुझाव दिन गठित प्रवुद्ध व्यक्ति समुह (इपीजी)ले साझा प्रतिवेदन तयार गरेको छ । तोकिएको २ वर्षे कार्यअवधि अगावै इपीजीको नवौं बैठकले साझा प्रतिवेदन तयार गरेको हो । निकै चर्चामा रहेको सन् १९५० को शान्ति तथा मैत्री सन्धी, जलस्रोत, खुला सीमा व्यवस्थापन, व्यापार, पारवहन लगायतका विषय समेटेर एउटै प्रतिवेदनलाई अन्तिम रुप दिइएको सम...
धनकुटामा बजार अनुगमन: म्याद गुज्रेका खाद्यवस्तु नष्ट

धनकुटामा बजार अनुगमन: म्याद गुज्रेका खाद्यवस्तु नष्ट

धनकुटा, १७ असार । धनकुटामा बजार अनुगमन गरी म्याद गुज्रेका खाद्यबस्तु नष्ट गरिएको छ । धनकुटा बजार, हिले र जोरपाटीमा म्याद गुज्रेका खाद्यवस्तु छ्याप्छ्याप्ती भएको जनगुनासो आएपछि बजार अनुगमन गरी म्याद गुज्रेका खाद्यबस्तु नष्ट गरिएको हो । अनुगमन टोलीले बजारका होटल, औषधि पसल, किराना पसल लगायतमा अनुगमन गरेको थियो । औषधि, चाउचाउ, कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटी, भुजा, मसला, खानेतेल, मिनरल वाटर, ...
उरुग्वेसँग २–१ को हारपछि पोर्चुगल पनि विश्वकपबाट बाहिरियो

उरुग्वेसँग २–१ को हारपछि पोर्चुगल पनि विश्वकपबाट बाहिरियो

काठमाडौँ, १७ जेठ । रसियामा जारी विश्व कपको गएराती भएको नक आउट चरणको दोस्रो खेलमा पोर्चुगल उरुग्वेसँग २–१ गोलले हार व्यहोर्याे । यससँग उरुग्वे क्वाटरफाइनलमा प्रबेश गरेको छ भने पोर्चुगल नक आउट चरणबाटै बाहिरिएको छ । उरुग्वेको क्वाटरफाईनलको यो यात्रा ८ वर्षपछिको हो । खेलको सातौँ मिनेटमा १–० गोलले अग्रता लिएको उरुग्वे विरुद्ध पोर्चुगलले खेलको ५५ औँ मिनेटमा गोल फर्काउँदै बराबरीमा खेल ल्यायो । खेलको...
२०७५ असार १७ गते आइतबार/आजको राशिफल

२०७५ असार १७ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल असार १७ गते। आइतबार। इश्वी सन् २०१८ जुलाई १ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– तृतीया, १५:२२ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा ल...
फ्रान्ससँग पराजित हुदै विश्वकपबाट बाहिरियो अर्जेन्टिना

फ्रान्ससँग पराजित हुदै विश्वकपबाट बाहिरियो अर्जेन्टिना

एजेन्सी । फ्रान्ससँग पराजित हुदै अर्जेन्टिना विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलबाट बाहिरिएको छ । विश्वकप फुटबलको पहिलो प्रिक्वाटरफाइनलमा फ्रान्ससँग ४–३ गोलअन्तरले पराजित हुदै अर्जेन्टिना विश्वकपबाट बाहिरिएको हो । खेलको १३औं मिनेटमा इन्टोइनी ग्रिज्म्यानले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका थिए । मार्कुस रोजोले आफ्नो डिबक्सभित्र बाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको...
सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

ओखलढुंगा, १६ असार  । सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक वृद्ध पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोपमा लिखु गाउँपालिकाका ६० वर्षीय भक्त बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार बिहान आफ्नै घरमा बसीरहेकी बालिकालाई उनले जबरजस्ती करणी गरेको पिडित बालिकाको परिवारले जनाएको छ । घरमा कोहि नभएको समयमा अभियुक्त श्रेष्ठले बालिकालाई जबरजस्ती गर्दै गरेको आफूले भे...
अन्तर्राष्ट्रिय ओलम्पिकमा खेलाडी छनोटका लागि राष्ट्रव्यापी प्रतियोगिता सम्पन्न

अन्तर्राष्ट्रिय ओलम्पिकमा खेलाडी छनोटका लागि राष्ट्रव्यापी प्रतियोगिता सम्पन्न

काठमाडौँ, १६ असार । बौद्धिक तथा विकासोन्मुख अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय ओलम्पिकमा सहभागी गराउन खेलाडी छनोटका लागि राष्ट्रव्यापी प्रतियोगिता आज सम्पन्न भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शुक्रबारदेखि शुरु भएको उक्त प्रतियोगितामा एथलेटिक्स, फुटबल र बसी खेल खेलाइएको थियो । बसी युरोप र संयुक्त राज्य अमेरिकामा खेल्ने विशेष खेल हो । स्पेसियल ओलम्पिक नेपा नामक सामाजिक संस...
शेयर बजारमा यस साता एक अर्ब बढीको कारोबार

शेयर बजारमा यस साता एक अर्ब बढीको कारोबार

काठमाडौँ, १६ असार । धितोपत्र बजारमा यस साता कूल १८६ कम्पनीको रु एक अर्ब चार करोड १६ लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार ३६ लाख ७९ हजार ६०० कित्ता शेयर यस साता खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा ७ दशमलव २५ प्रतिशत कम हो । गत साता १९० कम्पनीको ४९ लाख ६१ हजार ११० कित्ता शेयर रु एक अर्ब १२ करोड ३१ लाख एक हजार बराबरका खरिद बिक्री भएका थिए । साताको ...
नेकपाका नेता असारे काकासहित दर्जनौँ नेता कार्यकर्ता पक्राउ

नेकपाका नेता असारे काकासहित दर्जनौँ नेता कार्यकर्ता पक्राउ

काठमाडौँ, १६ असार । नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरी दाहाल ‘असारे काका’ र पदम राई ‘विकास’लाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार दिउँसो पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेका बेला नेपालटारस्थित मनमैजुका ग्रामीण आदर्श माविबाट असारे काका र राईलाई कार्यक्रमस्थलबाट भर्खरै गिरफ्तार गरिएको नेकपाले जनाएको छ । ‘असारे काका’ पार्टीको सल्लाहकार समिति संयोजक र राई पोलिटब्यूरो सदस्य हुन् । विभिन्न ...
चीनमा भएको दुर्घटनामा परी १८ को मृत्यु, १४ घाइते

चीनमा भएको दुर्घटनामा परी १८ को मृत्यु, १४ घाइते

चाङ्सा, चीन, १६ असार । चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् । स्थानीय अधिकारीले दुर्घटना र यसबाट भएका हताहतको शनिबार जानकारी दिएका छन् । स्थानीय समयानुसार शुक्रबार बेलुका ८ः४१ मा दुर्घटना भएको थियो । तिव्रगति आएको बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन...
तीन किलो सुनसहित दुईजना पक्राउ

तीन किलो सुनसहित दुईजना पक्राउ

काठमाडौँ, १६ असार । महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका क्रममा भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको हो । परिसरका प्रमुख विश्वराज पोखरेलले मारुती ८०० लेखेको गाडीको एयर फिल्टरबाट ल्याउँदै गरेको अवस्थामा उक्त सुन ...
टिकापुर घट्नाको प्रतिबेदनहरु सार्वजनिक गर्न सरकारसँग माग

टिकापुर घट्नाको प्रतिबेदनहरु सार्वजनिक गर्न सरकारसँग माग

काठमाडौँ, १६ असार ।  पूर्व सांसद रुक्मणी चौधरीले टिकापुर घट्नाको बारेमा तयार पारिएका प्रतिबेदनहरु सार्वजनिक गर्न सरकारलाई आग्रह गरेकी छन् । रिपोर्टर्स क्लब नेपालमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले असार १३, १४ र १५ गते जारी गरेको ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक गर्नको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व सभासद चौधरीले यस्तो माग गरेकी हुन । २०७२ भदौ ७ गते कैलाली जिल्लाको टिकापुरम...
error: Content is protected !!