पोखरा, १७ असार । पोखराको विशेष साहित्यिक अभियान अक्षरयात्राको १५५ औँ श्रृंखला काहुँखोला पुगेको छ ।

Advertisement

गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्राको यो श्रृंखला जनकल्याण समिति काहुँखोलाको समन्वयमा सम्पन्न भएको हो ।

‘जीवन र जगत्को यथार्थवोधका लागि अक्षरयात्रा’ भन्ने मूल नारासहित हुँदै आएको अक्षरयात्रामा झन्डै दुई दर्जन स्रष्टाले सिर्जना वाचन गरेको गजल सन्ध्याका अध्यक्ष अमृत सुवेदीले जानकारी दिए ।

साहित्यिक पर्यटनको अवधारणालाई आत्मसात् गर्दै देशका विभिन्न ठाउँमा अक्षरयात्रा सम्पन्न गर्दै आएको बताउँदै उनले यस पटक स्रष्टाले असार १५ गतेसँग सम्बन्धित कविता सुनाएर स्थानीय जनकल्याण समितिको सभाहल रोमाञ्चक बनेको थियो ।

बढ्दो जनसंख्या र पूर्वाधारले पोखरा अस्तव्यस्त भइसकेको भन्दै काहुँखोलालाई जोगाउन कविले कवितामार्फत आह्वान गरेका थिए । अक्षरयात्राका परिकल्पनाकारमध्येका एक प्रकट पगेनी ‘शिव’ले जनकल्याण समितिले सामाजिक काम गर्दै आएको भन्दै काहुँखोलालाई बचाउन पनि नेतृत्व लिन आग्रह गरे ।

अक्षरयात्रामा रुपिन्द्र प्रभावी, कपिल शर्मा, हेमन्त हितैसी, सौगात पोखरेल, शंकर ज्ञवाली, प्राञ्जल, युवराज त्रिपाठी, सुदर्शन पौडेल, धर्मराज पौडेल, लक्ष्मी भट्टराईले सिर्जना वाचन गर्नुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!