चितवनका किसानले दूध बाँडेर विरोध जनाए
चितवन, ७ साउन । दूधको मूल्य समायोजनको माग गर्दै दुग्ध किसानले आज दूध बाँडेर प्रदर्शन गरेका छन् ।
दूधको अतिरिक्त मूल्य घटाएको विरोधमा यसअघि सडकमा दूध पोखेर आन्दोलन गर्दै आएका किसानले आज रत्ननगरस्थित पूर्व–पश्चिम राजमार्गको बकुलहर चोकमा दूध बाँडेर विरोध प्रदर्शन गरेका हुन् ।
दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोपमा उनीहरु गएको शुक्रबारदेखि आन्दोलनमा थिए । मूल्य समायोजन नगरेसम्...































