संगालोखबर सम्वाददाता

धनकुटा, ७ साउन । धनकुटामा आईतवार बिरोध प्रदर्शनसहित नेपाल तरुण दलले प्रद्यानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । डा.गोबिन्द केसीको समर्थनमा राजधानीमा शनिवार गरिएको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेत्र र मुल्यबृद्धिको बिरोधमा प्रदर्शन गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाईएको हो ।

Advertisement

‘डा.गोविन्द केसीको माग पुरा गर, चर्को मुल्य वुद्धि फिर्ता गर’ लगायत नारा लगाउँदै बजारमा प्रदर्शन गरियो । बजारमा बिरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

कांग्रेश जिल्ला सभापति अग्निप्रसाद पौडेलले प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाललाई ज्ञापनपत्र प्रदान गरी प्रद्यानमन्त्रीसमक्ष पुर्याउँन आग्रह गरे । प्रजिअ खनालले पनि प्रद्यानमन्त्रीसमक्ष ज्ञापनपत्र पुर्याउँने प्रतिवद्धता जनाए ।

ज्ञापनपत्र बुझाउने क्रममा तरुण दलका जिल्ला अध्यक्ष दिनेश राईले देशमा निशेधित क्षेत्र तोकिएको प्रति पनि बिरोध जनाए । तरुण दलका क्षेत्रीय सभापति तिलक महतले डा.केसीको जिवन रक्षा गर्न सरकारले चासो नदेखाएकाले आन्दोलनमा उत्रनु परेको बताए ।

सोहि क्रममा प्रशासन कार्यालय अगाडी कोणसभा गरिएको थियो । सभामा बोल्ने बक्ताहरुले तरुण तलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत लगायत नेता कार्यकर्तामाथी राजधानीमा भएको आक्रमणको निन्दा एवं बिरोध गरे ।

चिकित्सा शिक्षा विधेयक पूर्णरुपमा पारित गर्नुपर्ने, इन्टरनेटमा लगाइएको १३ प्रतिशत कर खारेज गर्नुपर्ने, चर्काे मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, संविधानको धारा ९१ को पालना गर्नुपर्ने लगायत बिषयमा उनीहरुले जोड दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!