चितवन, ७ साउन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

यहाँ आज पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उनको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताए । उनले उठाएका माग जायज छ भन्दै उनले काँग्रेसको नेतृत्वमा रहेको सरकारले उनको मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताए ।

उनले भने, “अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो, यस कारण समस्या भएको हो ।” उनले पार्टीभित्रको विवाद महाधिवेशनले सल्टाउने विश्वास व्यक्त गर्दै अब हुकुमी शैलीमा पार्टी नचल्ने बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!