- संगालोखबर सम्वाददाता

धनकुटा, ७ साउन । धनकुटा नगरपालिका–६ को सावेत होटलमा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।

Advertisement

होटल सञ्चालक धनकुटा नगरपालिका–६ का ४५ वर्षीय तेजबहादुर थापासहित धनकुटा–७ का घट्टराज भट्टराई, यज्ञ पराजुली, धनकुटा–९ का लेखबहादुर राई र संखुवासभा चैनपुर–५ का महेन्द्र डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा प्रहरी निरीक्षक नेतृत्वको टोलीले होटलमा छापा मारेर तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

तासको खालबाट तीन बुङ ताससहित ७१ हजार ३ सय ८० रुपैयाँ नगदसमेत बरामद भएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए ।

पक्राउ परेकाहरुबिरुद्ध जिल्ला अदालतमा जुवा ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ । मुद्दा दायर गरी अदालतबाट ५ दिन म्याद थप गरेर घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!