विराटनगर, ६ साउन । प्रदेश नं १ सरकारले धरान उपमहानगरपालिकाका नगर प्रमुख स्व. तारा सुब्बाको उपचारमा लागेको खर्च व्यहोर्ने भएको छ ।

Advertisement

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नगर प्रमुख सुब्बाको उपचार खर्चमा लागेको रकममध्ये रु तीन लाख प्रदेश सरकारले व्यहोर्ने निर्णय भएकोे जानकारी दिए ।

त्यसैगरी विभिन्न मन्त्रालयबाट तयार पारिएको विधेयकको मस्यौदा प्रदेशसभामा टेबल गर्नका लागि सैद्धान्तिक स्वीकृतिसमेत प्रदान गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका कार्कीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!