उज्यालो अनलाइन

काभ्रे , ७ साउन । चारदोबाटोमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गए पछि बनेपा तनावग्रस्त बनेको छ । बा २ क ३९३४ नम्बरको टिप्परले बा ८३ प ५०७७ नं को मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।

Advertisement

प्रत्यक्षदर्शीका अनुसार पहिला ठक्कर दिँदा मोटरसाइकलबाट लडेर सामान्य घाइते उनलाई पुनः टिप्परले किचेको थियो । चारदोबाटोमा मोबाइल पसल सञ्चालन गर्दै आएका मधुर दाहालका अनुसार टिप्पर चालकले आफ्नो साइडको ढोका खोलेर हेरेर पुनः किचेको बताए ।

‘पहिला टिप्परले ठक्कर दियो, सामान्य लडेका मोटरसाइकल चालकलाई टिप्पर चालकले आफ्नो साइडको ढोका खोलेर किचिन्छ कि किचिदैन भन्दै हेरेर पुनः किच्यो’, दाहालले भने ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार टिप्परको ठक्करबाट नमोबुद्ध नगरपालिका खनालचोकका ५७ वर्षीय जितबहादुर तामाङको ज्यान गएको छ । मृतकलाई शीर मेमोरियल अस्पतालमा राखिएको छ । आक्रोशित भिडले ट्रिपर चालकलाई कुटपिट गरेका छन भने टिप्परमा आगजनी गरेका छन् ।

टिप्पर चालक नुवाकोट जिल्लाको बिदुर –१, का २९ वर्षीय सुधन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना बढ्यो भन्दै उपत्यकामा दिउँसो टिप्पर चल्न नदिने सरकारको निर्णयपछि त्यसको प्रत्यक्ष असर काभ्रेमा परेको छ । काभ्रेमा पनि दिउँसोको समयमा चल्न नदिने माग स्थानीयले गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!