गौतमबुद्ध विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिँदै

गौतमबुद्ध विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिँदै

काठमाडौँ, २२ साउन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडान गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै रहेको सो प्रणालीलाई विस्तार गर्ने लक्ष्यका साथ सरकारले रु ४० लाखभन्दा बढी लगानी गरेर उक्त प्रणाली जडान गर्न लागेको हो । सो प्रणाली जडानका लागि अत्यावश्यक उपकरण केही आइसकेको र केही आउने क्रममा छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ ...
मोरङ्गको भारतीय सीमावर्ती क्षेत्रमा थप चार बोर्डर आउट पोष्ट स्थापना हुने

मोरङ्गको भारतीय सीमावर्ती क्षेत्रमा थप चार बोर्डर आउट पोष्ट स्थापना हुने

विराटनर, २२ साउन । मोरङ्ग जिल्लाको दक्षिण भारतीय सीमावर्ती क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन थप चार वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपी स्थापना गरिने भएको छ । दक्षिणी सीमा क्षेत्रवाट हुने अवैध हातहतियार र लागुपदार्थ ओसारपसार एवं चोरीतस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल गणले आउट पोष्ट स्थापना गर्ने भएको हो । सीमावर्ती क्षेत्रको डोरिया, सिक्टी, जहदा र तारेगामामा क्षेत्रमा आउट पोष...
खोलामा डुबेर एकै परिवारका दुई बालबालिका बेपत्ता

खोलामा डुबेर एकै परिवारका दुई बालबालिका बेपत्ता

इटहरी, २२ साउन । स्थानीय झरना खोलामा डुबेर आज एकै परिवारका दुई बालबालिका बेपत्ता भएका छन् । । सुनसरी रामधुनी नगरपालिका–५ स्थित सुनसरी मोरङ सिँचाइ नहरको उत्तरपट्टिको डिलमा घर भएका दिनेश खड्काको ९ वर्षीय छोरा अश्विन र ११ वर्षीया छोरी सिर्जना बिहान घरमा खाना खाएर भाँडावर्तन धुने क्रममा खोलामा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । सुनसरी मोरङ सिँचाइ आयोजनाको मूल नहर मुनिबाट बग्ने स्थानीय झरना खोल...
अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइने

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइने

काठमाडौँ, २२ साउन । युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाउने निर्णय गरेको छ । आज मन्त्रालयमा सरोकारवाला निकायबीच भएको बैठकले यही साउन २४ देखि ३० गतेसम्म विभिन्न कार्यक्रम गरी सो दिवस साताव्यापी मनाउने निर्णय गरेको मन्त्रालयका सहायक प्रवक्ता महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए । कार्यक्रमअन्तर्गत सरोकारवाला संघसंस्थासँगको सहकार्यमा सरसफाइ, रक्तदान, सेवामूलक, चेतन...
एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान

एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान

पोखरा, २२ साउन । इण्डोनेशियामा हुने १८औँ एशियाली खेलकूदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली आज पोखराबाट त्यसतर्फ प्रस्थान गरेको छ । टोलीलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रीय महासचिव शैलेन्द्र राउत, नेपाल खेलकूद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठकलगायतले बिदाइ गरे । प्रथम पटक एशियाली खेलमा समावेश गरिएको प्याराग्लाइडिङ खेलमा सहभागिता जनाउनेमा नेपालबाट पाँच पुरुष र ती...
जम्मु काश्मिरमा ४ जना भारतीय सेनाको मृत्यु

जम्मु काश्मिरमा ४ जना भारतीय सेनाको मृत्यु

श्रीनगर, भारत, २२ साउन । भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन् । गुरेजमा आठजना आतङ्ककारीले प्रवेश गर्न खोजेका थिए । ती आठ जनामध्ये सेनाको कारबाहीमा चार जनाको मृत्यु भएको...
सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै

सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै

पाँचथर, २२ साउन । भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ । नेपाल सिक्किमबीचको प्रवेशविन्दु चिवा भञ्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ । उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पु¥याउनाका साथै सिक्किम र नेपाल जोड्ने पहिलो स्तरीय सडक सम्पर्क हुने बताइएको छ । सय किमीसम्म सिम...
‘मानव तस्करीलाई नेपालले गम्भीररुपमा लिएको छ’ – गृहमन्त्री

‘मानव तस्करीलाई नेपालले गम्भीररुपमा लिएको छ’ – गृहमन्त्री

काठमाडौँ, २२ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मानवतस्करी, बेचविखन र यस सम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीर रुपमा लिएको बताएका छन् । इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीको जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीर रुपमा ...
सर्पले डसेको किशोरीलाई झारफूक गर्दा मृत्यु

सर्पले डसेको किशोरीलाई झारफूक गर्दा मृत्यु

वीरेन्द्रनगर, २२ साउन । सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पले डस्दा मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१० जामुकी १४ वर्षीय हरिकला उपाध्यायलाई सर्पले डस्दा आज बिहान मृत्यु भएको हो । जामुस्थित बाढीपीडितको शिविरमा पालमुनी बस्दै आउनुभएकी हरिकलालाई सर्पले डसेपछि झारफुक गर्दागर्दै मृत्यु भएको हो । बिहान ५ बजेतिर उनलाई सर्पले डसेपछि उपचार गर्नुको सट्टा झारफुकमै बढी ध्यान दिँदा ८...
नेपालले आज एसियन गेम्सको तयारीस्वरुप पहिलो मैत्रीपूर्ण खेल खेल्दै

नेपालले आज एसियन गेम्सको तयारीस्वरुप पहिलो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ, २२ साउन । एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल यही साउन २५ गते थाइल्यान्डको यू–२३ टोलीसँग खेल्नेछ । थाइल्याण्डको १० दिने प्रशिक्षणपछि नेपाली टोली ...
उत्पादनमूलक दश कम्पनीको बजार मूल्य शून्य

उत्पादनमूलक दश कम्पनीको बजार मूल्य शून्य

काठमाडौँ, २२ साउन । विगतमा राम्रै आम्दानी गर्ने कूल १० वटा उद्योग तथा कम्पनीका दुई करोड ६४ लाख ३९ हजार ७५६ कित्ता शेयरको मूल्य करीब शून्य हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपनि ती कम्पनीका शेयर विगत लामो समयदेखि खरीद बिक्री भएको छैन । उनीहरुले स्टकमा हालसम्म सम्पर्क समेत गरेका छैनन् । करीब रु दुई अर्ब ६४ करोड ३९ लाख ७५ हजार ६०० बराबरको लगानीकर्ताको लगानी करीब डुबेको छ । स्टकमा कारो...
अमेरिकाद्वारा इरान विरुद्ध कडा, एकतर्फी प्रतिबन्धको घोषणा

अमेरिकाद्वारा इरान विरुद्ध कडा, एकतर्फी प्रतिबन्धको घोषणा

वासिङ्टन, २२ साउन । संयुक्तराज्य अमेरिकाले इरानमाथि कडा, एकपक्षीय प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा ऐतिहासिक, बहुपक्षीय आणविक सम्झौताबाट बाहिरिने घोषणा गरेपछि कठोर दण्ड सहितका प्रतिबन्धहरु लगाउने जनाएको हो । दुई चरणमा लगाइने अमेरिकी प्रतिबन्धहरुमध्ये पहिलोमा अमेरिकी बैंक नोटहरु तथा कार र गलैंचा समेतका प्रमुख उद्योगहरुको पहुँचसम्बन्धी रहेका छन् । इरान...
डिएनए परीक्षणबाट जनावरको क्षेत्र छुट्याउन सम्भव

डिएनए परीक्षणबाट जनावरको क्षेत्र छुट्याउन सम्भव

ललितपुर, २२ साउन । जनावरको शरीरको कुनै पनि अङ्गका आधारमा त्यो कुन क्षेत्रको जनावर हो, अब सजिलै छुट्याउन सकिने भएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले गत वर्षबाट जनावरको डिएनए परीक्षण शुरु गरेपछि कुन जनावरको अङ्ग हो भन्ने मात्रै होइन कहाँको जनावर हो भन्ने समेत छुट्याउन सकिने भएकोे जनाएको छ । जनावर कुन क्षेत्रकोे छुट्याउन सक्दा आन्तरिक चोरी हो वा अन्तर्राष्ट्रिय चोरी भन्ने छुट्टिने प्रयोगशाल...
मोबाइल हरायो ? चिन्ता नगर्नुस्

मोबाइल हरायो ? चिन्ता नगर्नुस्

काठमाडौँ, २२ साउन । तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्काे खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् । किनभने मोबाइल हराउनुअगावै तपाईंको मोबाइलका सबै डाटाहरु त्यो कम्पनीमा सुरक्षित रहेका हुन्छन् । तर तपाईंले आफ्नो मोब...
बच्चाले गर्भावश्थामै अंश पाउने

बच्चाले गर्भावश्थामै अंश पाउने

काठमाडौँ, २२ साउन । हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनुपर्ने नयाँ व्यवस्था गरिएको हो । सगोलको सम्पत्तिमा पति, पत्नी, ...
चौथो श्रीमतीको आश्वासन दिएपछि…

चौथो श्रीमतीको आश्वासन दिएपछि…

भीमदत्तनगर, २२ साउन । डडेल्धुराकी २२ वर्षीया एक युवतीलाई श्रीमान्ले पाँच वर्षदेखि वास्ता गर्न छाडेपछि बिचल्लीमा पर्नुभयो । कलिलो उमेरमै विवाह गर्नुभएकी ती युवतीलाई श्रीमान्ले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह(दलाल)को फन्दामा पर्नुभयो । ती युवतीको अवस्थालाई नजिकबाट नियाल्दै आएका डडेल्धुरा अमरगढी नगरपालिका–८ का रुपेन्द्र पाण्डेयले अनेकौँ प्रलोभनमा पारेर भारत लग्दैगरेको अवस्थामा कञ्चनपुरको पश्चिम...
साफ यू–१५ महिला फूटबल टोली भुटान प्रस्थान

साफ यू–१५ महिला फूटबल टोली भुटान प्रस्थान

काठमाडौँ, २२ साउन । भुटानमा हुने दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान ग¥यो । टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, पाँच अफिसियल र एक खेल पत्रकार छन् । भुटानको थिम्पुमा यही साउन २४ देखि भदौ २ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालसँगै यो समूहमा अघिल्लो विजेता बंगलादेश र पाकिस्तान छन् । प्रतियोगिताको यो दोस्रो संस्कर...
लिम्बूवानलगायतका दलको बन्दले पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित

लिम्बूवानलगायतका दलको बन्दले पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित

इलाम, २२  साउन । बन्दका कारण  पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान गरेका हुन् । बन्दमा लिम्बूवान जनता पार्टी नेपाल, खम्बुवान मुक्ति मोर्चा संघीयवादी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीलगायत सात पार्टीले ऐक्यवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ । वर्तमान सं...
चार वर्षीया बालिका बलात्कारको आरोपमा गजमेर  पक्राउ

चार वर्षीया बालिका बलात्कारको आरोपमा गजमेर पक्राउ

भद्रपुर, २२ साउन । चार वर्षीया छिमेकी बालिका बलात्कार गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिकाका एक किशोरलाई प्रहरीले आज पक्राउ गरेको छ । अर्जुनधारा–२ घर भएका १५ वर्षीय विजय गजमेर पक्राउ परेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । साउन १६ गते दिउँसो अभियुक्तको घरमा खेल्न पुगेकी बालिकालाई घरमा कोही नभएको मौका छोपी गजमेरले बलात्कार गरेको उजुरी...
नवजात शिशु हत्या गर्ने आमा पक्राउ

नवजात शिशु हत्या गर्ने आमा पक्राउ

लमजुङ, २२ साउन । नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए । परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको ...
काेरिया जाने कामदारले अाफन्त लान पाउने

काेरिया जाने कामदारले अाफन्त लान पाउने

काठमाडौँ, २२ साउन । नेपाली कामदारलार्इ करार अवधिमा कम्तीमा एकपटक अाफ्नाे परिवारलार्इ काेरिया लैजान दिने व्यवस्था गर्न  काेरिया सहमत भएकाे छ । श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण विष्टले यसअघिकाे भेटमा काेरियन राजदूत पार्क याेंगिसलार्इ कामदारकाे सम्झाैता अवधिभित्र काेरियामै अाफ्ना परिवारका सदस्यलार्इ भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका थिए । काेरियाले याे याेजनाकाे अाैपचारिक घाेषणा...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

उर्लाबारी, मोरङ, २२ साउन । सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे३प ६६९४ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे३प ९३१० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नंको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत्यु भएको हो । उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेली...
इन्डोनेसिया भूकम्पमा परी मृत्यु हुनेको संख्या डेढ सय पुग्यो, हजारौँ संरचना ध्वस्त

इन्डोनेसिया भूकम्पमा परी मृत्यु हुनेको संख्या डेढ सय पुग्यो, हजारौँ संरचना ध्वस्त

मताराम, इन्डोनेसिया, २२ साउन  । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १४० नाघेकाे विभिन्न सञ्चारमाधयमले जनाएका छन् । सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै दुई हजार पर्यटकहरूलाई पनि उद्धारगरी फिर्ता गरिएको जनाएका छन् । भूकम्पका कारण हजारौँ घर र अन्य भाैतिक संरचनाहरु ध्वस्त भएका छन् भने चौतर्फी असर परेको र मानिसहरु त्रसित अवस्थामा रहेको समाचारमा जनाइ...
अमेरिका पठाइदिने भन्दै लाखाै‌ँ ठगी गर्ने पूर्वसांसद मिठाराम हिरासतमा

अमेरिका पठाइदिने भन्दै लाखाै‌ँ ठगी गर्ने पूर्वसांसद मिठाराम हिरासतमा

काठमाडौँ, २२ साउन । अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट लाखौं रुपैया ठगी गरेको आरोपमा पूर्वसांसद मिठाराम विश्वकर्मा वैदेशिक रोजगार विभागको हिरासतमा परेका छन्। नेपाली कांग्रेसबाट सांसद, पुनःस्थापनापछि अन्तरिम व्यवस्थापिका  संसदको सदस्य बनेका विश्वकर्मा ४ हप्तादेखि वैदेशिक रोजगार विभागको हिरासतमा परेका हुन्। विश्वकर्मा पर्वतका हुन्। उनीमाथि कुश्माका २ युवालाई अमेरिका पठाइदिन्छु भन्दै २५ ...
प्रहरीसँग प्रतिकार गर्न नसक्ने पेन्टरसँग पेस्तोल !

प्रहरीसँग प्रतिकार गर्न नसक्ने पेन्टरसँग पेस्तोल !

काठमाडौँ, २२ साउन । बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ । आइतबार साँझ पेप्सीकोला टाउन प्लानिङको डेराबाट अपहरणमा परेका निशान खडकालाई सोमबार मध्यान्ह १२ बजेतिर मात्रै प्रहरीले मृत अवस्थामा फेला पार्‍यो । घटना विवरणअनुसार अपहरणकारी भनिएका दुवैजना आरोपी पेसेवर अपराधी होइनन् । किनकि, अपह...
‘कि भ्रष्टाचारी सकिए कि म सकिएँ’

‘कि भ्रष्टाचारी सकिए कि म सकिएँ’

काठमाडौँ, २२ साउन । कि भ्रष्टाचारी सकिए कि म सकिएँ, म पदमा रहुँ वा नरहुँ त्यो गौण कुरा हो तर भ्रष्टाचारी उम्किन हुँदैन, पुर्वकानुन् न्याय तथा संसदीय मामिलामन्त्री शेरबहदुर तामाङले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो — जवसम्म सार्वजनिक पदमा बसेका ब्यक्तिले सम्पत्ति सार्वजनिक गर्दैनन् तबसम्म सुशासन र भ्रष्टाचार निवारण नारामै मात्र सीमित हुन्छ । तामाङले १५ दिनअघि कानुन्मन्त्रीबा रा...
‘ओइ बुढा, एक्लै नमर्नु है, सँगै मरौंला’

‘ओइ बुढा, एक्लै नमर्नु है, सँगै मरौंला’

काठमाडौँ, २२ साउन । ‘ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला। छोरीहरु कता छन्, म त मर्न लागें, तपाईंलाइ कस्तो छ’, आइतबार बिहान भेरी नगरपालिका–३ ठाँटीबजारस्थित पानीनाउला जाने बाटोको छेउमा पहिरो खसेर पुरिएकी सितला लुहारको अन्तिम क्षणको बोली हो यो। पहिरोले उनीसहित उनका श्रीमान् लालबहादुर लुहार र तीन छोरीलाई पनि पुरेको थियो। पुरिएकै अवस्थामा उनले श्रीमान् लालबहादुरसँग भनेकी थिइन्, ‘यहाँबाट मलाइ निकाल्न...
अपहरणकारी मात्र होइन, प्रमाण पनि मारियो

अपहरणकारी मात्र होइन, प्रमाण पनि मारियो

काठमाडौँ, २२ साउन । काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार पनि चार बजेपछि विद्यालयबाट फर्किए । आमा चमेलीले गार्डेन चोकमा सञ्चालन गरेको चिया पसलमा खाजा खाए । ज्यामिरे–९ सिन्धुपाल्चोक घर भएकी चमेलीले सात वर्षदेखि यही क्षेत्रमा पसल चलाउँदै आएकी छिन् भने उनका श्रीमान् मलेसियामा मजदुरी गर्छन् । विद्यालयबाट निशान आउँदा नियमित ग्राहक गोपाल तामाङ पसलमै थिए । चमेली...
जापानले पनि दक्षिण कोरियाले जस्तै सरकारमार्फत् कामदार लैजाने

जापानले पनि दक्षिण कोरियाले जस्तै सरकारमार्फत् कामदार लैजाने

काठमाडौँ, २२ साउन । जापानले पनि दक्षिण कोरियाले जस्तै सरकारमार्फत् नेपालबाट कामदार लैजान प्रस्ताव गरेको छ। विभिन्न क्षेत्रमा कामदार अभाव भोगेपछि नेपालबाट कामदार लैजाने प्रकृया अघि जापानले बढाएको हो। जापान नेपालीका लागि आकर्षक रोजगार गन्तव्य हो। जापानमा नेपालीले मासिक तीन लाख रुपैयाँसम्म सहजै कमाउन सक्छन्। जापानले सात वर्षअघि प्रशिक्षार्थी कामदार लैजाने घोषणा गरेपनि नेपाली म्यानपावर कम्पनीले ८ ...
एकदिवसीयमा एेतिहासिक जितपछि भारत र पाकिस्तानसँग खेल्ने सपना

एकदिवसीयमा एेतिहासिक जितपछि भारत र पाकिस्तानसँग खेल्ने सपना

काठमाडौँ, २२ साउन । २२ वर्षपछि नेपाली क्रिकेट टिमले सपनाको यात्रा तय गरेको छ । चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता अनि डेब्यु एक दिवसीय सिरिजमा नेदरल्यान्ड्ससँग १–१ को बराबरीको नतिजा निकालेकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार नेपालमा भव्य स्वागत गरिएको छ । नेपालले एक दिवसीय क्रिकेटमा पहिलाेपटक जितको इतिहास रचेर टाेली स्वदेश फर्केकाे हाे । यस सफलतालगत्तै अब टाेलीले भारत र प...
विवाह गर्ने उमेर अब २० बर्षपछि

विवाह गर्ने उमेर अब २० बर्षपछि

काठमाडौँ, २२ साउन । हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ । वि.सं. १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको मुलुकी ऐन विस्थापित गरी भदौ १ देखि लागू हुन लागेका ६ कानुनी संहिता र त्यससम्बन्धी कार्यविधिमा बालविवाह र बहुविवाहसम्बन्धी नयाँ व्यवस्था गरिएको हो । सर्वाेच्च अदालत...
error: Content is protected !!