फोहोर व्यवस्थापनमा चुनौती, महामारीको खतरा बढ्यो

फोहोर व्यवस्थापनमा चुनौती, महामारीको खतरा बढ्यो

काठमाडौँ, २२ साउन । काठमाडौको फोहोर व्यवस्थापन कठिन बन्दै जाँदा महामारीको खतरा बढ्ने देखिएको छ । फोहोरको कारण पानीजन्य रोग देखा पर्न थालेको छ । सबैभन्दा धेरै फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाले पानीजन्य रोग फैलन नदिन सजकता अपनाउन आग्रह गरेको छ । कामपाका वरिष्ठ जनस्वाथ्य अधिकृत राजेन्द्र घिमिरेले पानीको कारण झाडापखाला, हैजा, रगतमासी, जन्डिसलगायतका रोग बढ्न जाने सम्भावना बढेको बत...
अख्तियारका ४ आयुक्तले पाए सफाइ

अख्तियारका ४ आयुक्तले पाए सफाइ

काठमाडौँ, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन् । सर्वाेच्चले २ वर्षपछि खारेज गर्ने फैसला सुनाएको हो । २०७३ मंसिर १ गते अधिवक्ता दक्षबहादुर क्षत्रीले उनीहरुको योग्यता नपुगेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा ...
२०७५ साउन २२ गते मंगलबार/आजको राशिफल

२०७५ साउन २२ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल साउन २२ गते। मंगलबार। इश्वी सन् २०१८ अगस्ट ७ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– एकादशी, २५:१९ बजेउप्रान्त द्वादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आत्मविश्वासको कमीले काममा पछि परिनेछ। अर्थ अभावले पनि अलि सताउन सक्छ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा बोलीको प्रभावले काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले विद्या ...
गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

सोलुखुम्बु, २१ साउन । गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ । तीन दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि आज सुरक्षा समितिको बैठक बसेर गृहमन्त्रालयमा सहयोगका लागि अनुरोधपत्र पठाइएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । शव माथि नदेखिएको, ताल चिसो र गहिरो भएकाले उद्धारक...
मोरङका प्रजिअ केसीले भने ‘वाढीपीडितकोे फ्रिज भएको रकम पुनः फर्काउन पहल गर्छु’

मोरङका प्रजिअ केसीले भने ‘वाढीपीडितकोे फ्रिज भएको रकम पुनः फर्काउन पहल गर्छु’

विराटनगर, २१ साउन । मोरङमा केहि दिनअघि सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मोरङका वाढीपीडितकोे नाममा आएर फ्रिज भएको रकम पुनः फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । मोरङका बाढीपीडितका लागि तत्काल राहत प्रदान गर्न गृह मन्त्रालय मार्फत पठाएको ३ करोड ८० लाख रकम वितरण हुन नसकि फ्रिज भएको थियो । जिल्ला प्रशासन कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ केसीले सो...
जापानको एक विद्यालय परिसरमा दोस्रो विश्वयुद्धतिरका तीन हजार हतियार फेला

जापानको एक विद्यालय परिसरमा दोस्रो विश्वयुद्धतिरका तीन हजार हतियार फेला

टोकियो, जापान, २१ साउन । जापानको एक प्राथमिक विद्यालय परिसरबाट दोस्रो विश्वयुद्धको समयका भएको विश्वास गरिएका करिब तीन हजार थान हतियार फेला परेको विद्यालयका अधिकारीले सोमबार बताएका छन् । टोकियो महानगरको निसिटोकियो क्षेत्रमा रहेको तानासी प्राथमिक विद्यालयको भवन निर्माणका लागि जमिन खन्ने क्रममा भेटिएका एक हजार ४०० बन्दूक, एक हजार २०० खड्ग (युद्धमा प्रयोग गरिने धारिला हतियार), आठ थान हाते बम र ३०२ ...
इन्डोनेसिया भूकम्पमा परी मृत्यु हुनेको संख्या ९८ पुग्यो

इन्डोनेसिया भूकम्पमा परी मृत्यु हुनेको संख्या ९८ पुग्यो

मताराम, इन्डोनेसिया, २१ साउन । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ । सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै दुई हजार पर्यटकहरूलाई पनि उद्धारगरी फिर्ता गरिएको जनाएका छन् । भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन् भने चौतर्फी असर परेको र मानिसहरु त्रसित अवस्थामा रहेको समाचारमा जनाइएको छ । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बो...
विराटनगरको प्राईम सहकारीका फरार सञ्चालक सुवेदी पक्राउ

विराटनगरको प्राईम सहकारीका फरार सञ्चालक सुवेदी पक्राउ

विराटनगर, २१ साउन । विराटनगर–९ बाटारोड स्थित प्राइम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बिष्णु सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । ठगि गरेको आरोपमा प्राइम सहकारीका उपाध्यक्षसमेत रहेका सञ्चालक सुवेदीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । पक्राउ परेका सुबेदी नेपाल टेलीकम विराटनगरको क्षेत्रीय कार्यलयमा कार्यरत कर्मचारीसमेत हुन् । यसअघि प्रहरीले आइतबार पोखराबाटै सहकारीका मुख्य सञ्चालक ईश्वर श्रेष...
भोजपुरमा बालक मृत फेला

भोजपुरमा बालक मृत फेला

भोजपुर, २१ साउन । भोजपुरको सुन्तलेमा सोमबार एक वालक मृत अवस्थामा भेटिएका छन् । स्थानीय वालकुमार तामाङ्गका १३ वर्षीय छोरा सुवास तामाङ्ग भोजपुर नगरपालिकाको सुन्तले–हेलौछा सडक खण्डमा वनाईएको पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । वालकलाई स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चरित्रविक्रम कार्की नेतृत्वको टोली घटनास...
आमा उपचार गर्न गएको मौका पारी सौतेलो बाबुद्वारा छोरीलाई बलात्कार

आमा उपचार गर्न गएको मौका पारी सौतेलो बाबुद्वारा छोरीलाई बलात्कार

वीरेन्द्रनगर, २१ साउन । सुर्खेतको भेरीगंगा नगरपालिका¬५ मा बालिकालाई बलात्कार भएको छ । सौतेलो बाबुले शुक्रबार दिउँसो आफ्नै घरमा छोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । बाख्रा गोठालो गएकी छोरीलाई घरमा बोलाएर ३० वर्षीय लोकेन्द्र दंगालले बलात्कार गरेको इलाका प्रहरी कार्यालय छिञ्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । ‘आमा उपचारका लागि नेपालगञ्ज गएको मौकामा दुई बहिनी गो...
हत्यामा संलग्न तीन जना १५ वर्षपछि पक्राउ

हत्यामा संलग्न तीन जना १५ वर्षपछि पक्राउ

उर्लाबारी, मोरङ, २१ साउन । हत्यामा संलग्न फरार तीन जनालाई घटना भएको १५ वर्षपछि प्रहरीले मोरङको बुढीगंगा गाउँपालिकाबाट पक्राउ गरेको छ । साविकको डंग्राहा गाविस–६ का ६० वर्षीय गारीलाल विश्वासको हत्यामा संलग्न बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ५१ वर्षीय भवरलाल मण्डल, ४० वर्षीय ईश्वरचन्द गच्छदार र ३८ वर्षीय श्रवण गच्छदारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवम् ...
दक्षिण कोरियामा रहेका नेपाली कामदारले आफन्त भेट गर्न पाउने

दक्षिण कोरियामा रहेका नेपाली कामदारले आफन्त भेट गर्न पाउने

काठमाडौँ, २१ साउन । रोजगार अनुमति प्रणाली(इपिएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङसिकबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत पार्कले कोरियामा काम गर्ने नेपाली कामदारका आफन्तलाई भेटघाट गर्न जाने अवसर मिला...
भक्तपुर र बालकोट डुबानमा, बाढीले बगाएर ल्यायो किशोरको शव

भक्तपुर र बालकोट डुबानमा, बाढीले बगाएर ल्यायो किशोरको शव

भक्तपुर, २१ साउन । विगत २४ घण्टादेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले आज एक किशोरको शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा बाबुआमासँग टहरामा बस्दै आएका १७ वर्षीय राजेश श्रेष्ठको शव आज करीब ११ बजे भक्तपुर नगरपालिका–१ सल्लाघारी इवामुरा मेमोरियल अस्पतालअगाडि रूखमा अड्किएको अवस्थामा भे...
धनकुटामा तीन दिनसम्म बिभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने 

धनकुटामा तीन दिनसम्म बिभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने 

धनकुटा, २१ साउन । धनकुटामा तीन दिनसम्म बिभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने  भएको  छ । युवाको  क्षेत्रमा काम गर्ने जिल्लाका विभिन्न निकायको  संयुुक्त पहलमा युवा दिवस बिशेष कार्यक्रम गर्न लागिएको हो । अगष्ट १२ मा पर्ने अन्तर्राष्ट्रिय युवा दिवस नेपाली पात्रो  अनुसार यस वर्ष साउन २७ गते  परेको छ । दिवसको अवसरमा साउन २५ गते  रक्तदान कार्यक्रम र विपद व्यवस्थापनमा युवाको भूमिका वि...
छत्तिसगढमा १४ माओवादी विद्रोही मारिए

छत्तिसगढमा १४ माओवादी विद्रोही मारिए

छत्तीसगढ, २१ साउन । भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् । सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् । सुक्माका प्रहरी अधिकृत अभिषेक मीनाका अनुसार, गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दोहोरो भिडन्त भएको थियो । प्रहरीले उक्त स्थानको वरपर थप लडाकू रहेको आशंकामा खोजतलासलाई तीव्र बनाएको छ । यही महिनाको सुरुमा...
देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २१ साउन । मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ । मनसुन न्यूनचापीय रेखा नेपाल नजिक (खासगरी मध्य र पश्चिम क्षेत्र) भएकाले काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति काठमाडौँसहित मध्य र पश्चिमका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । बुध...
कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

काठमाडौँ, २१ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकन डलरबाट ४११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटबापत रु ४११ अमेरिकी डलर अर्थात ४५ हजार २...
लोकसेवा आयोग बल्ल संघीय ढाँचामा, धनकुटामा प्रदेशस्तरीय कार्यालय रहने

लोकसेवा आयोग बल्ल संघीय ढाँचामा, धनकुटामा प्रदेशस्तरीय कार्यालय रहने

काठमाडौँ, २१ साउन । सरकारले लोकसेवा आयोगको संरचना संघीय ढा“चाअनुसार रूपान्तरण गर्दै सातै प्रदेशमा आयोगका प्रदेशस्तरीय कार्यालय खोल्ने निर्णय गरेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले संघीय लोकसेवाको संगठन संरचना र नया“ दरबन्दी स्वीकृत गर्दै सातै प्रदेशमा कार्यालय खोल्ने निर्णय गरेको हो। लोकसेवा आयोगका प्रशासन महाशाखा प्रमुख सहसचिव जानकीराम बरालले आयोगको संघीय रूपान्तरण भएको र अब त्यसैअनुसार कार्यसञ...
एउटै वडाका १६१ महिला इराकमा

एउटै वडाका १६१ महिला इराकमा

चौतारा, २१ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा धिमिरेले बताउनुभयो । माइती नेपालले प्रत्येक घरमा गएर हालै सर्भेक्षण गरेको थियो । गाउँपालिकाको सो वडामध्ये साविक मार्मिङ गाविस– ४ का छ...
‘मिनी पार्लियामेन्ट’ बैठक: मौलिक हक कार्यान्वयन गर्न असोज ३ भित्र विधेयक पेश

‘मिनी पार्लियामेन्ट’ बैठक: मौलिक हक कार्यान्वयन गर्न असोज ३ भित्र विधेयक पेश

काठमाडौँ, २१ साउन । ‘‘नमस्कार ! म भानुभक्त ढकाल । मोरङ क्षेत्र ३ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधित्व गर्छु । म यस समिति (कानून, न्याय तथा मानवअधिकार समिति)को पदेन सदस्य ।’’ “कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पनि हुँ भन्नुप¥यो नि ?” बैठक स्थलबाट सुझाव आयो । नवनियुक्त मन्त्री ढकालले तत्काल जवाफ फर्काइदिनुभयो, ‘‘कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको मन्त्री पदको...
प्रतिनिधिसभाः सार्वजनिक सुरक्षा विधेयक प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाः सार्वजनिक सुरक्षा विधेयक प्रस्ताव स्वीकृत

काठमाडौँ, २१ साउन । प्रतिनिधिसभाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक २०७५ दवाफार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघि गृहमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा शिक्षा वि...
बीमा कम्पनीका शेयर: बजार घटे, शाख घटेन

बीमा कम्पनीका शेयर: बजार घटे, शाख घटेन

काठमाडौँ, २१ साउन । धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर घटे पनि बजारको शाख राखिरहेको छ । नेपाल स्टक एक्सचेञ्जमा सातवटा जीवन बीमा कम्पनी र १५ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् । ती कम्पनीका शेयर अघिल्लो वर्षको तुलनामा ठूलोमात्रामा घटे पनि जलविद्युत्, बैंक तथा वित्तीय संस्थाको तुलनामा भने कमै रहेको छ । निर्जीवन ...
तुलसीपुरलाई ‘स्पोर्टस् सिटी’का रुपमा विकास गरिने

तुलसीपुरलाई ‘स्पोर्टस् सिटी’का रुपमा विकास गरिने

काठमाडौँ, २१ साउन । प्रदेश नंं ५ मा रहेको दाङको तुलसीपुर उपमहानगरपालिकालाई मुलुककै पहिलो स्पोर्टस् सिटी (खेलकूद नगरी)का रुपमा विकास गरिने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्वारा गठित कार्यदलले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार तुल्सीपुर स्पोर्टस् सिटीका लागि उपयुक्त हुने देखिएको छ । गत पुसमा राखेप सञ्चालक समितिका सदस्य विनोद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन कार्यदलल...
भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

काठमाडौं, २१ साउन ।  काठमाडौँ महानगरपालिका वडा नं ३२ काँडाघारी टाउन प्लानिङबाट अपहरण गरी भक्तपुरको मध्यपुरथिमिमा ल्याइएका बालकको अपहरणकारीले हत्या गरेका छन् । बालक अपहरण गरी हत्या गर्ने दुई अपहरणकारीको भने सूर्यविनायक जंगलमा प्रहरीसँगको भिडन्तमा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो । महाशाखाबाट खटिएर आएका प्रहरी नायब उपरीक्षक रुगम ...
घाँस काट्न गएकी महिलालाई बाघले लग्यो

घाँस काट्न गएकी महिलालाई बाघले लग्यो

रत्ननगर, २१ साउन । चितवनको भरतपुर महानगरपालिका–वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ । स्थानीय राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिनुभयो । उनलाई बाघले आक्रमण गरेको देखेपछि बेहोस भएका अर्का एकजनालाई उपचारका लागि अस्पताल लगिएको र एक जनाले भने भागेर ज्यान जोगाएका थिए । प...
पोखराबाट मुस्ताङका लागि छुटेको बस दुर्घटना, १६ घाइते, ६ को अवस्था गम्भिर

पोखराबाट मुस्ताङका लागि छुटेको बस दुर्घटना, १६ घाइते, ६ को अवस्था गम्भिर

पर्वत, २१ साउन । मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नं को बस सडकबाट करीव ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार छ जना गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अञ्चल अस्पता...
पानी रङको शहर पोखरामा पानी रङका कला

पानी रङको शहर पोखरामा पानी रङका कला

पोखरा, २१ साउन । यसै त पोखरा धेरै पानी पर्ने ठाउँ हो । वर्षात्को याम भएका कारण क्षणभरमा पानी पर्नु र घाम लाग्नु यतिखेर यहाँको दैनिकीजस्तै बनेको छ । पोखराको यस्तै मौसममा पोखरा आर्ट ग्यालरीमा गरिएको समता चित्रकला प्रदर्शनी २०७५ मा वर्षात् र पोखरा आसपासको वातावरणको जीवन्त चित्रण गरिएका तस्वीर प्रदर्शनमा राखिएको छ । वरिष्ठ कलाकार वात्स्यायन, बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थसहित पछिल्लो पुस्ताका नवो...
आणविक निरस्त्रीकरणमा प्रतिबद्धता पूरा गर्न उत्तर कोरियासँग आग्रह

आणविक निरस्त्रीकरणमा प्रतिबद्धता पूरा गर्न उत्तर कोरियासँग आग्रह

सिओल, २१ साउन । दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान) र अन्य १७ राष्ट्रका विदेश मन्त्रीहरुले उत्तर कोरियालाई आणविक निरस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । सिंगापुरमा सम्पन्न आसियान क्षेत्रीय मञ्च (एआरएफ) का विदेश मन्त्रीहरुको सम्मेलन पश्चात सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “आणविक निशस्त्र कोरियाली प्रायःद्वीप स्थापना गरी दिगो शान्ति र स्थायित्व ल्याउन सबै सम्बद्...
सिकागोमा गोली चल्दा पाँचको मृत्यु, दर्जनौं घाइते

सिकागोमा गोली चल्दा पाँचको मृत्यु, दर्जनौं घाइते

वासिङ्टन, २१ साउन । अमेरिकी सहर सिकागोमा आइतबार अराह्न भएको हिंसात्मक घटनामा गोली लागेर पाँच जनाको मृत्यु हुनुका साथै अरु ४४ जना घाइते भएका छन् । सिकागोका प्रहरी प्रमुख फ्रेड वालरले पत्रकार सम्मेलन गरी गोली हानाहानको यो घटनामा असामाजिक गिरोहहरुको संलग्नता रहेको बताउनुभयो । “सिकागोमा यो हिंसात्मक घटना साँझपख भएको छ । सडकमा खुलेआम गोली चलाउनु कुनै पनि स्थितिमा स्वीकार्य हुँदैन, दोषीमाथि कडा कानुन...
राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, २१ साउन । नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट शृङ्खला खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेदरल्याण्ड्ससितको एकदिवसीय खेलमा नेपालको प्रदर्शन राम्रो रहेको बताए । पहिलो खेल कमजोर ब्याटिङ्का कारण गुमाए पनि दोस्रोमा उत्कृष्ट खेल प्रदर्शन गर...
२० मुलुकका उच्च सैनिकको अभ्यास शुरु

२० मुलुकका उच्च सैनिकको अभ्यास शुरु

काठमाडौँ, २१ साउन । विपद्को समयमा मानवीय उद्धारमा खटिदा बहुर्राष्ट्रिय सेनाबीच सम्पर्क कायम गरी सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने उद्देश्यले २० मुलुकका उच्च सैनिकको अभ्यास आजदेखि यहाँ शुरु भएको छ । अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमाण्डको सहयोगमा नेपाली सेनाद्वारा आयोजित उक्त अभ्यासमा आ–आफना देशका सैनिकले सञ्चालनमा ल्याएका दुरसञ्चार ( सिग्नल) मार्फत बहुर्राष्ट्रिय सेनाबीच विप...
error: Content is protected !!