आज विश्व दृष्टि दिवस: सन् २०२० सम्म २५ प्रतिशत अन्धोपनलाई घटाइने

आज विश्व दृष्टि दिवस: सन् २०२० सम्म २५ प्रतिशत अन्धोपनलाई घटाइने

काठमाडौँ, २५ असोज । सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका छन् । ‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाऔँ’ भन्ने नाराका साथ आज उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउन विश्व दृ...
मानसिक रोगी बढेकामा चिन्ता

मानसिक रोगी बढेकामा चिन्ता

काठमाडौँ, २५ असोज । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गरेका छन्। संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन र आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्गठन, ओईसीडीको संयुक्त आयोजनामा संयुक्त अधिराज्यको राजधानी लण्डनमा बु...
कपिलवस्तुकै सांसद बुद्ध भारतमा जन्मिएको प्रचार गर्दै

कपिलवस्तुकै सांसद बुद्ध भारतमा जन्मिएको प्रचार गर्दै

काठमाडौँ, २५ असोज । प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद साह विशिष्ट अतिथिका रुपमा उपस्थित भए । कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा ...
२०७५ असोज १३ गते शनिवार/आजको राशिफल

२०७५ असोज १३ गते शनिवार/आजको राशिफल

भारतको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्र एक नरभक्षी बघिनी (मादा टाइगर)का कारण चिन्तित छ । ‘टी १’ नामको यो बघिनीले पछिल्लो केही दिनभित्र यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको छ बताइएको छ । यो बघिनीलाई समात्न वन विभागले प्रयास गथ? सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवस...
९ सय किशोरीले आज रेडियो बहस गर्ने

९ सय किशोरीले आज रेडियो बहस गर्ने

काठमाडौँ, २५ असोज । सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर आज (असोज २५ गते) देशभरिका ९ सय किशोरीले आफ्नै सवालमा एकैपटक बहस गर्ने भएका छन् । किशोरीले सामुदायिक रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखिएका बालिका र किशोरीको समस्या तथा तिनको न्यूनीकरणका लागि आफ्नो नेतृत्वमा भइरहेको पहलबारे जानकारी गराउनेछन् । कार्यक्रममा ३ सय किशोरी एक दिनका लागि रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् । भन...
इन्जिनियरिङ कलेजमा करोडौं अनियमितता, ३३ करोड ७६ लाख बेरुजु

इन्जिनियरिङ कलेजमा करोडौं अनियमितता, ३३ करोड ७६ लाख बेरुजु

काठमाडौँ, २५ असोज । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकले ३३ करोड ७६ लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको पाइएको छ । कलेजको लेखापरीक्षण प्रतिवेदनअनुसार उक्त रकम अनियमितता भएको पाइएको हो । कलेजका अध्यक्ष लम्बोदर न्यौपाने, सूर्यबहादुर केसी, लवराज भट्टराई, रामरत्न उपाध्याय र उपेन्द्र गौतमले ३३ करोड ७६ लाख ७३ हजार रुपैयाँ अनियमितता गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। सञ्चालक समिति सदस्य हर...
सुपरमाई हाइड्रोको परीक्षण उत्पादन शुरु

सुपरमाई हाइड्रोको परीक्षण उत्पादन शुरु

फिक्कल, २५ असोज । इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलाबाट सञ्चालित आयोजनाले बुधबारदेखि परीक्षण उत्पादन थालेको हो । उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ । इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना ...
वामदेवलाई संसदमा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन सुझाव

वामदेवलाई संसदमा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन सुझाव

काठमाडौं, २५ असोज । उपचुनावमार्फत वामदेव गौतमलाई संसदमा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन स्थानीय नेताहरूले नेकपाका अध्यक्षद्वयलाई सुझाव दिएका छन्। प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र गौतमलाई त्यहाँबाट उठाउने तयारी थालेपछि उक्त क्षेत्रका नेता बुधबार केपी ओली र पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका थिए। प्रदेश सांसद वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र न्ह...
२०७५ असोज २५ गते बिहीबार/आजको राशिफल

२०७५ असोज २५ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल असोज २५ गते। बिहीबार। इश्वी सन् २०१८ अक्टोबर ११ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– द्वितीया, ७:१० बजेउप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। विभिन्न सहयोग र उपहार प्राप्त ह...
नोबेलद्वारा लगातार चार दिन निःशुल्क शिविर: मोरङ र सुनसरीका पच्चिस सय बिरामी लाभान्वित

नोबेलद्वारा लगातार चार दिन निःशुल्क शिविर: मोरङ र सुनसरीका पच्चिस सय बिरामी लाभान्वित

विराटनगर, २४ असोज । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले बिगत चार दिनको अवधिमा मोरङ र सुनसरीका चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार ५ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । मोरङको कानेपोखरी, पथरीशनिश्चरे, वेलवारी र सुनसरीको इटहरीमा निःशुल्क शिविर सञ्चालन गरी २ हजार ५ सय ८ जना बिरामीको निःशुल्क उपचार गरिएको हो । गत आईतवार कानेपोखरी गाउँपालिका–५ रमाईलोमा भएको शिविरमा ५ सय ६...
विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ हुने

विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ हुने

मोरङ, २४ असोज । विराटनगर र मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा पुन ‘विराट ट्रेड एक्स्पो २०७५’ हुने भएको छ । मोरङ व्यापार संघले विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आउँदो पौष ६ देखि १४ गतेसम्म विराट ट्रेड एक्स्पो गर्ने जनाएको छ । यसपटकको एक्स्पोमा स्वदेशी मात्र नभएर विदेशको समेत स्टलहरू रहने जनाइएको छ । भारत, श्रीलंका र स्वेदशको गरि २ सय ७५ वटा स्टल रहने मेला संयोजक अनुपम राठीले जा...
धनकुटा कांग्रेसले जागरण अभियान थाल्ने

धनकुटा कांग्रेसले जागरण अभियान थाल्ने

धनकुटा, २४ असोज । नेपाली कांग्रेसलाई सशक्त र क्रियाशिल बनाउन पार्टिले जागरण अभियान संचालन गर्ने भएको छ । उक्त जानकारी धनकुटाको छथरजोरपाटी को सिधुवामा आयोजित कार्यक्रममा दिइएको हो । बडादशैं, दिपावली, नेपाल सम्वत तथा छठ लगायत सम्पूर्ण चाड पर्वको अवसरमा वुधवार सिधुवामा कांग्रेस छथरजोरपाटी गाउँ कार्य समितिले शुभकामना कार्यक्रम सहित क्रियाशिल सदस्यताको प्रमाण वितरण कार्यक्रम समेत आयोजना गरेको छ । क...
मापसे गर्ने चालकको पुनः परिक्षा लिंदै मोरङ प्रहरी, फेल भए कारवाही

मापसे गर्ने चालकको पुनः परिक्षा लिंदै मोरङ प्रहरी, फेल भए कारवाही

मोरङ, २४ असोज । अधिकांस दुर्घटनामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाईएपछि प्रहरीले कडाई गरेको छ । दुर्घटना न्युनिकरण र सवारी चालकमा सचेतना फैलाउने उद्देश्यले मोरङ प्रहरीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लिखित परिक्षा लिन शुरु गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँच गर्ने क्रममा मापसे गरी सवारी साधन चलाउने मोटरसाईकल ७४, ट्रक २, ट्याक्टर ४, टेम्पो ५ ...
कृषिका माध्यमबाट प्रदेश नं. १ लाई समृद्ध बनाउने योजनाः मुख्यमन्त्री राई

कृषिका माध्यमबाट प्रदेश नं. १ लाई समृद्ध बनाउने योजनाः मुख्यमन्त्री राई

इटहरी, २४ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जैविक कृषि उत्पादनमा जोड दिनुपर्ने बताउएका छन् । समावेशी नेपाल प्राइभेट लिमिटेडले सुनसरीको इटहरी उपमहानगरपालिकामा पहिलो पटक स्थापना गरेको तरकारीजन्य डिपार्टमेन्ट स्टोरको आज उद्घाटनगर्दै उनले कृषिका माध्यमबाट प्रदेश नं. १ लाई समृद्ध बनाउने योजना प्रदेश सरकारको छ भने । मुख्यमन्त्री राईले हिमाल, पहाड र तराईका विभिन्न जिल्लाका किसानलाई सङ्ग...
ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखे

ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखे

बेत्रावती, २४ असोज । दशैँ पर्वका अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका बेलकोटगढीमा १३८ परिवारले आज सामूहिकरुपमा घटस्थापना गरी जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका– १० स्थित नीरञ्जना भगवति मन्दिरमा बडादशैँका लागि ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखेका हुन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा विसं १८०१ मा नुवाकोटमाथि विजयी हासिल गरेपश्चात् शुरु भएको सामूहिक जमरा राख्ने परम्परा...
बंगलादेशमा १९ जना विरुद्ध मृत्युदण्डको फैसला

बंगलादेशमा १९ जना विरुद्ध मृत्युदण्डको फैसला

ढाका, २४ असोज । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए । तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आ...
गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलन शुक्रबारदेखि

गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलन शुक्रबारदेखि

काठमाडौँ, २४ असोज । गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरुको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)ले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गैर आवासीय नेपाली...
प्रदेश योजना आयोग गठन गरिने

प्रदेश योजना आयोग गठन गरिने

विरानगर, २४ असोज । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको योजनाबद्ध विकासका लागि प्रदेश योजना आयोग गठन गर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगद्वारा आज आयोजित दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा उनले प्रदेश सरकारले यस सम्बन्धमा विज्ञसँग छलफल गरेको र आद्यवधिक विकास योजना सम्बन्धी बैठकको निर्णय केही दिनमा सार्वजनिक ...
सामूहिक दशैँघर–विधिपूर्वक जमरा पूजा

सामूहिक दशैँघर–विधिपूर्वक जमरा पूजा

इटहरी, २४ असोज । विगत बीस वर्ष अघिदेखि इटहरीमा सार्वजनिक दशैँघर स्थापना गरेर सार्वजनिक रुपमा जमरा राख्दै आएका इटहरीवासीले यो वर्ष पनि विधिपूर्वक पूजापाठ गरेर दशैँघरमा जमरा राखेका छन् । इटहरी उपमहानगरपालिकामा लामो समयदेखि विशेष ढङ्गले सतसङ्ग मन्दिरसँगको सहकार्यमा दशैँ बढाइँसमेत गर्दै आएका इटहरीवासीले यो वर्ष झनै व्यवस्थित ढङ्गले दशैँको जमरा राख्ने कार्यदेखि दशैँघरलाई भव्यरुपमा स्थापना गरिएको अध्...
विमल ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै

विमल ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै

काठमाडौँ, २४ असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दैछन् । भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा आज डेब्यु गर्न लागेका हुन् । अन्तिम समयमा च्यासल युथ क्लबमा अनुबन्धित भएका विमलले सोही क्लबबाट कप्तानको भूमिकासहित आज ‘ए’ डिभिजन लिगमा डेब्यु गर्ने क्लबले जनाएको छ । विमललाई लिन अन्य क्लबले प्रयास...
धनकुटामा गौचनको पहिलो स्मृति दिवस

धनकुटामा गौचनको पहिलो स्मृति दिवस

धनकुटा, २४ असोज । निर्माण व्यवसायी शरदकुमार गौचनको पहिलो स्मृति दिवसका अवसरमा निर्माण व्यवसायी संघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । गौचनको गत वर्ष  घरबाट कार्यालय जाने क्रममा गोलि हानी हत्या भएको थियो । संघका जिल्ला अध्यक्ष भवानी शंकर चाम्लीङको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य यज्ञप्रसाद खतिवडा, धनकुटाका निर्माण व्यवसायी अर्जुन केसी, यज्ञ राईले शोक मन...
हनुमान ढोकासहित देशभर घटस्थापना

हनुमान ढोकासहित देशभर घटस्थापना

काठमाडौँ, २४ असोज । हनुमानढोकास्थित दशैँ घरमा बिहान ७ः१५ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दशैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो । घटस्थापनासँगै आज यहाँ राखिएको जमरा विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि प्रसादका रुपमा राष्ट्रपति कार्यालयमा लैजाने गरिन्छ । गणतन्त्र स्थापना हुनु अघि हन...
धनकुटाका दुई विद्यालयले पाए उत्कृष्ट बाल क्लव पुरस्कार

धनकुटाका दुई विद्यालयले पाए उत्कृष्ट बाल क्लव पुरस्कार

धनकुटा, २४ असोज । धनकुटाको त्रिवेणी मावि र श्रीमान टंक माविका बाल क्लव धनकुटा नगरपालिकाका उत्कृष्ट बाल क्लवबाट पुरस्कृत भएका छन्। सामुदायिक विकास मञ्च ईलाम र धनकुटाले नगरका ५ विद्यालयमा आयोजना गरेको बाल अधिकार तथा शान्ति शिक्षा परियोजना अन्तर्गत उक्त क्लव उत्कृष्ट भएका हुन। २०७२ सालबाट सञ्चालन भएको यस परियोजनाबाट त्रिवेणी माविका त्रिवेणी बाल क्लव र टंक माविका मधुगंगा बाल क्लव पुरस्कृत भएको जनाई...
धनकुटाको कुरुलेतेनुपामा बृद्धाको शव फेला

धनकुटाको कुरुलेतेनुपामा बृद्धाको शव फेला

धनकुटा, २४ असोज । धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपामा आज बिहान एक वृद्धाको शव फेला परेको छ । कुलोमा घोप्टो परेको अवस्थामा स्थानीय ६५ वर्षिया बुद्धरानी याख्खाको शव फेला परेको प्रहरीले जनाएको छ । छोरा मंगलप्रसादको घर गएर फर्कदै गर्दा उनका देवर गंगाप्रसादले शव फेला पारेका हुन् । बुद्धरानीलाई मृत अवस्थामा भेटेपछि गंगाप्रसादले प्रहरीलाई खबर गरेका थिए । प्रहरी परिचालन गरि घटनाको बिषयमा अनुस...
पिप्लेमा पहिलो पटक बस पुग्यो

पिप्लेमा पहिलो पटक बस पुग्यो

तेह्रथुम, २४ असोज । म्याङलुङ नगरपालिका–४ पिप्लेमा पहिलो पटक बस पुगेको छ । गाउँसम्म पुग्ने सडक स्तरोन्नति गरिएपछि गाउँबाटै दैनिक बस सेवा शुरु भएको हो । म्याङलुङ बसपार्कदेखि पिप्लेको जनता आधारभूत विद्यालयसम्म दैनिक बस सेवा शुरु भएको वडाध्यक्ष रामबहादुर खड्काले बताए । मङ्गलबार पिप्लेमा पहिलो पटक बस पुगेको हो । दैनिक बेलुका ४ बजे बसपार्कबाट र बिहान ७ बजे पिप्लेबाट बस छुट्ने तेह्रथुम बस काउन्टरका प्रम...
२०७५ असोज २४ गते बुधबार/आजको राशिफल

२०७५ असोज २४ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल असोज २४ गते। बुधबार। इश्वी सन् २०१८ अक्टोबर १० तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– प्रतिपदा, ७:५९ बजेउप्रान्त द्वितीया।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। घरमा सुख र समृद्धिको आगमन हुनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्ध...
दिपिका भइन् ‘फेस अफ प्रान लिच्ची’

दिपिका भइन् ‘फेस अफ प्रान लिच्ची’

काठमाण्डौं, २३ असोज । नायिका दिपिका प्रसाईं बहुराष्ट्रिय कम्पनी प्रानको ‘फेस अफ प्रान लिच्ची’ घोषणा भएकी छन् । चलचित्र ऐश्वर्यबाट नेपाली फिल्ममा डेब्यू गरेकी नायिका प्रसाईंलाई राजधानीमा आज भएको कार्यक्रममा प्रानले यस्तो घोषणा गरेको हो । यो घोषणासँगै अब नायिका प्रसाईंले डेढ वर्षसम्म प्रान लिच्चीको बजार विकास र विस्तारमा काम गर्नेछिन् । प्रानका विज्ञापन, फोटो सुट, म्यूजिकल कार्यक्रम, सोसल मिडिया ...
बुधबारदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग पुनः शुरु हुँदै

बुधबारदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग पुनः शुरु हुँदै

काठमाडौँ, २३ असोज । यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि पुनः शुरु हुँदैछ । ए डिभिजन लिग निर्देशक सञ्जिव मिश्रका अनुसार २४ गते लिग शुरु हुने र २७ गतेदेखि पुनः एक महिनाका लागि लिग स्थगित हुनेछ । एन्फाले २४, २५ र २६ गतेभित्र पहिलो चरणको खेल सकाउने जनाएको छ । त्यसपछि दशैँ, तिहार र छठको बिदा अवधिभर ए...
दुई महिनाभित्र श्रमिकको योगदानका आधारमा सामाजिक सेवा शुरु गरिने

दुई महिनाभित्र श्रमिकको योगदानका आधारमा सामाजिक सेवा शुरु गरिने

काठमाडौँ, २३ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले विश्वमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउएका छन । आज एफइएस नेपालले आयोजना गरेको ‘खेल तथा आप्रवासन अन्तरसम्बन्ध’ विषयमा आयोजित विश्व सम्मेलको समापन कार्यक्रममा मन्त्री विष्टले रोजगारदाताले श्रमिकको जीवन गुणस्तरीय तथा सम्मानजनक वातावरणको सिर्जना गरी तिनले पाउनुपर्ने सेवासुव...
विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशतः मुद्रा कोष

विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशतः मुद्रा कोष

वासिङ्टन, २३ असोज । अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । आगामी वर्ष आर्थिक वृद्धिमा कमी आउन सक्ने कोषको भनाइ छ । संयुक्तराज्य अमेरिका र चीनबीचको बढ्दो व्यापार तनावले व्यापार क्षेत्रको वृद्धिमा कमी आउने भएकाले पनि कोषले सन् २०१८ र २०१९ को विश्वको आर्...
विश्व हुलाक दिवस: चिठीपत्र घटे पनि पार्सल सेवा बढ्दो

विश्व हुलाक दिवस: चिठीपत्र घटे पनि पार्सल सेवा बढ्दो

काठमाडौँ, २३ असोज ।  कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न सकेको छैन । प्रविधि र समयको मागअनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दो छ । विश्वमा हुलाकले उच्चस्तरीय सेवा प्रदान गरे पनि नेपालमा आवश्य...
error: Content is protected !!