काठमाडौँ, २३ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले विश्वमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउएका छन ।

आज एफइएस नेपालले आयोजना गरेको ‘खेल तथा आप्रवासन अन्तरसम्बन्ध’ विषयमा आयोजित विश्व सम्मेलको समापन कार्यक्रममा मन्त्री विष्टले रोजगारदाताले श्रमिकको जीवन गुणस्तरीय तथा सम्मानजनक वातावरणको सिर्जना गरी तिनले पाउनुपर्ने सेवासुविधा, सुरक्षा, अधिकार, सामाजिक तथा आर्थिक व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

उनले आगामी सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आयोजक राष्ट्र कतारले खेल मैदान निर्माण गर्न भित्र्याइएका धेरै विदेशी श्रमिकमाथि दवावपूर्ण कार्य गर्नु नहुनेमा जोड दिए ।

मन्त्री विष्टले आगामी दुई महिनाभित्र श्रमिकको योगदानका आधारमा सामाजिक सेवा शुरु गरिने जानकारी दिए । उनले योग्यता र क्षमताका आधारमा रोजगारीको व्यवस्था गरिने बताउँदै योग्य र दक्ष युवा मात्र वैदेशिक रोजगारीलाई उपयुक्त हुने स्पष्ट गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!