संगालोखबर सम्वाददाता

काठमाण्डौं, २३ असोज । नायिका दिपिका प्रसाईं बहुराष्ट्रिय कम्पनी प्रानको ‘फेस अफ प्रान लिच्ची’ घोषणा भएकी छन् । चलचित्र ऐश्वर्यबाट नेपाली फिल्ममा डेब्यू गरेकी नायिका प्रसाईंलाई राजधानीमा आज भएको कार्यक्रममा प्रानले यस्तो घोषणा गरेको हो ।

Advertisement

यो घोषणासँगै अब नायिका प्रसाईंले डेढ वर्षसम्म प्रान लिच्चीको बजार विकास र विस्तारमा काम गर्नेछिन् । प्रानका विज्ञापन, फोटो सुट, म्यूजिकल कार्यक्रम, सोसल मिडिया तथा सामाजिक काममा उनी सहभागि हुँने प्रान कम्पनीले जनाएको छ ।

बहुराष्ट्रिय कम्पनी प्रानसँग आवद्ध भएर काम गर्न पाउँदा आफु उत्साहित भएको नायिका प्रसाईंले प्रतिक्रिया दिएकी छन् । ‘प्रान जस्तो प्रतिष्ठित कम्पनीसँग जोडिएर काम गर्न पाउँदा धेरै खुसी छु ।’ उनले भनिन् ‘अव प्रान लिच्चीका उत्पादनलाई नेपाली बजारमा स्थापित गर्न लागिपर्नेछु ।’

यता, प्रान लिच्ची जुसको आधिकारिक आयातकर्ता तथा विक्रेता उद्यत फुड एण्ड वेभरेजका प्रवन्ध निर्देशक संगम केसीले नायिका प्रसाईसँग सहकार्य गरेर काम गर्दा प्रान लिच्चीको बजार विस्तारमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

बंगलादेशमा सन् १९८१ मा स्थापना भएको प्रान कम्पनीले सन् २००८ बाट नेपालमा १ सय भन्दा बढी प्रकारका उत्पादन बिक्रिवितरण गर्दै आएको छ ।

१० बर्षदेखि नेपाली बजारमा खपत हुँदै आएका प्रानका उत्पादन उपभोक्तामाझ थप लोकप्रिय बन्दै गएको कम्पनीको दावी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!