नैरोबी, २० फागुन ।  केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान करिब ८ बजे उक्त हेलिकप्टर लेक टुर्कानामा दुर्घटनाग्रस्त भएको बताएको छ । हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो ।

दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन ।

टुर्कानालाई गत वर्ष युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!