एजेन्सी । भारत–पाकिस्तानविच जारी विवादमा बलिउड नायिका प्रियंका चोपडाले सामाजिक सञ्जालमा गरेको ट्विटको पाकिस्तानीहरुले बिरोध गरेका छन् । प्रियंका संयुक्त राष्ट्रसंघ अन्तर्गत युनिसेफको गुडवील एम्बेस्डर हुन् ।

हालै प्रियंकाले भारत र पाकिस्तानबीच भइरहेको युद्धको स्थितीमा एकोहारो भएर भारतीय सेनाको पक्षमा लागेर बोलेको भन्दै पाकिस्तानीहरुले आपत्ती जनाएका हुन् ।

प्रियंकाले भारतीय एअरफोर्सले पाकिस्तानको बालाकोटमा गरेको हवाई आक्रमणपछि खुशियाली मनाउँदै ट्विटरमा ‘जय हिन्द’ लेखेकी थिइन् । साथै उनले इण्डियन आर्मफोर्सलाई ह्यब्सट्याग पनि गरेकी थिइन् । सोही ट्वीटलाई पाकिस्तानीले विरोधको विषय बनाएका छन् । पाकिस्तानीले संयुक्त राष्ट्रसंघलाई ट्याग गर्दै प्रियंकालाई युनिसेफको गुडवील एम्बेस्डरवाट हटाउन माग गरेका छन् ।

आलोचना गर्नेहरुले भनेका छन् ‘शान्तिको पहल गर्नुपर्ने व्यक्तिले युद्धमा रमाएको अनुभूति भयो त्यसकारण उनलाई हटाउनुपर्छ ।’उनीहरुले अगाडी भनेका छन् ‘संयुक्त राष्ट्रसंघको दूत हुनुको नाताले प्रियंका निष्पक्ष र शांतिको पक्षमा रहनुपथ्र्यो अब प्रियंकाले देखाएको हर्कतले उनी यसको योग्य रहिनन् तुरुन्त उनलाई सो पदबाट हटाउनुपर्छ ।’

प्रियंका चोपडाको हर्कतप्रति असहमती जनाउँदै दुई हजार बढी पाकिस्तानीहरुले हस्ताक्षर गरेर
प्रियंकाको बिरुद्धमा संयुक्त राष्ट्रसंघको मूख्यालयमा बुझाउन तयारी गरेरका छन् । विभिन्न देशमा कन्सर्टमा ब्यस्त प्रियंकाले भने यस विषय बारे मुख खोलेकी छैनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!