पोखरा, २० फागुन । पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परेको छ । दुर्घटनामा परेर दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् । माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर रहेको छ भने अर्का एकजना सामान्य घाइते भएको बताइएको छ । घाइते दुबैजनाको नाम हालसम्म खुलेको छैन ।
गम्भिर घाइते भएको एक विदेशी विद्युतको तारमा जेलिँदै भूइँमा खसेका थिए । विद्युतको तारमा छोएर झरेका गम्भिर घाइते विदेशी नागरिकलाई स्थानीयले प्रहरीलाई बुझाएका छन् ।