काठमाडौँ, २० फागुन । सैनिक मञ्च टुँडिखेलमा सेना दिवस मनाउने क्रममा प्यारासुटबाट फ्रि फलको क्रममा एक सैनिक घाइते भएका छन् । महाशिवरात्रिको अवसरमा नेपाली सेनाले सेना दिवसको विशेष कार्यक्रम गरिरहेको छ ।
सेना दिवस विशेष समारोहमा सेनाका विभिन्न टोली आतिबाजी, शस्त्राभ्यासहितका विभिन्न कौशल प्रस्तुत गरिरहेका छन् ।
यहि क्रममा प्यारासुटको सहायतमा विमानबाट फ्रि फलका लागि हामफालेका एक सैनिक घाइते भएका छन् । उनलाई तत्काल एम्बुलेन्स मार्फत उपचारका लागि वीर अस्पताल लगिएको छ ।