काठमाडौं ।  कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात महिना नाघ्दासमेत प्रहरीले हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न सकेको छैन । अनुसन्धानमा एक पछि अर्को शैली अपनाइरहेको प्रहरीले अहिले भने ‘ह्युमन इन्टेलिजेन्स’ लाई केन्द्रमा राखेर काम गरिरहेको छ ।

Advertisement

हत्यामा संलग्नको खोजीमा प्रहरीले हालसम्म २६ जनाको डीएनए परीक्षण गरिसकेको छ भने १ हजारभन्दा बढीसँग सोधपुछ गर्दै निगरानी राख्दै आएको छ । तर, हालसम्म अपनाइएका हरेकजसो अनुसन्धानका प्रक्रियामा असफल भएपछि प्रहरीले फेरि ‘ह्युमन इन्टेलिजेन्स’मार्फत अनुसन्धानलाई अघि बढाएको छ । गत १० साउनमा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले ‘ह्युमन इन्टेलिजेन्स’मार्फत प्रहरीले घटनाको समयलाई पुनः तत्कालिक अवस्थाबाट हेर्ने र घटनास्थल वरपर त्यसबखत भेटिएकाको तत्कालीन जानकारी लिने जनाएकाे खवर राजधानी दैनिकमा राखिएको छ । ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!